logo
२०८३ मंसिर ५, शनिबार |
☰
📰
🔍
✕

एनपीएलमा अनलाइन सट्टेबाजी गरेको आरोपमा १ नेपालीसहित ५ जना पक्राउ

प्रभातफेरी अनलाइन७ पटक पढिएको | मंसिर ५, २०८३ | शनिबार
एनपीएलमा अनलाइन सट्टेबाजी गरेको आरोपमा १ नेपालीसहित ५ जना पक्राउ

काठमाडौँ / नेपाल प्रिमियर लिग (एनपीएल) मा अनलाइन सट्टेबाजी गरेको आरोपमा दाङबाट पाँच जना पक्राउ परेका छन्।

नेपाल प्रहरीका अनुसार दाङको लमही नगरपालिका–५ रातोडाँडास्थित जस्मिन होटल एण्ड लजबाट उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा एक नेपाली र चार भारतीय नागरिक रहेका छन्।

प्रहरीले सट्टेबाजीमा प्रयोग भएका दुई थान डेस्कटप कम्प्युटर, तीन थान ल्यापटप र १३ थान मोबाइल फोन गरी १८ थान विद्युतीय उपकरणसमेत बरामद गरेको छ।

पक्राउ परेका पाँचै जनालाई बरामद सामग्रीसहित आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि वडा प्रहरी कार्यालय लमहीमा राखिएको प्रहरीले जनाएको छ।