logo
२०८३ मंसिर ६, आईतबार |
☰
📰
🔍
✕

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले लिए पद तथा गोपनीयताको शपथ

प्रभातफेरी अनलाइन२५ पटक पढिएको | मंसिर ६, २०८३ | आईतबार
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले लिए पद तथा गोपनीयताको शपथ

जनकपुरधाम / मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। उहाँलाई मधेश प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णले शपथ गराउनुभएको हो।

जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेश प्रदेश संसदीय दलका नेता यादव संविधानको धारा १६८ को उपधारा ३ अनुसार मुख्यमन्त्री नियुक्त हुनुभएको हो।

यादवले दोस्रो पटक मधेश प्रदेश सरकारको नेतृत्व सम्हाल्न लाग्नुभएको छ। शपथपछि उहाँले सात दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिने बताउनुभएको छ।