Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

गीत संगीतले नै मानिसलाई जिउन सिकाउँछःगायक राजु लामा

प्रभातफेरी अनलाइन ५३४० पटक पढिएको प्रकाशित मिति: २०७१ जेष्ठ ३०, शुक्रबार (११ साल अघि)
गीत संगीतले नै मानिसलाई जिउन सिकाउँछःगायक राजु लामा

गायक राजु लामा
रमणीयस्थल मकवानपूरको हेटौडामा आजभनदा करिव २४ वर्ष अगाडि सूर्य तथा कमला लामाको जेष्ठ सुपुत्रको रुपमा यस धर्तीमा आँखा खोलेका राजु लामा अहिलेको स्टेज कार्यक्रमहरुको निकै रुचाइएको नाम हो । आफ्नो गला र प्रतिभाले छोटो समयमा नै आफूलाई एक राम्रो प्रतिभा भएको गायकको रुपमा चिनाइरकेका छन् उनले । कला क्षेत्रमा केहि गर्ने अठोटका साथ गायन क्षेत्रमा संघर्ष गरिरहेका छन् राजु । राजधानी तथा राजधानी बाहिर करिव चार दर्जनको हाराहारीमा स्टेज कार्यक्रम दिइरकेका छन् । जन्मथलो हेटौडा भए पनि काभ्रेको पनौतीमा बसेर आफ्नो गायन यात्रालाई अगाडि बढाएरहेका राजु चाँडै नै आफ्नो एकल एल्वम स्रोतामाझ ल्याउने तयारीमा छन् । नेपालीपन गीत संगीत भने पछि हुरुक्कै हुने नेपाली गीत संगीतलाई अति माया गर्ने उनै प्रतिभावान नव गायक राजु लामासँग मध्यमार्ग साप्ताहिकको कला मनोरञ्जन विशेषको लागि अमरकृष्ण चन्दले गरेको कुराकानीको साराँशः–

कला क्षेत्रमा के देखेर लाग्नुभयो ?

मेरो ठूलो सौख थियो सानैदखिको गीत गाउने । यस क्षेत्रमा लागेर आफूलाई र आफ्नो प्रतिभालाई सबै सामु चिनाउने अनि नाम कमाउने सौखले गर्दा यस क्षेत्रमा लागें । रहरै रहरले यस क्षेत्रमा लागियो । अहिले त यो क्षेत्र मेरो जीवनको एउटा पाटो नै बनिसक्यो । निकै प्यारो लाग्छ यो क्षेत्र मलाई । नसा नै भईसक्यो गीत संगीत त अब ।

कहिलेदेखि यो क्षेत्रमा लाग्नुभयो ?

गाउन थालेको त सानैदेखि हो गाउँघरतिरको कार्यत्रमहरुमा । २०५८ सालदेखि चाहिँ प्राय जसो साना ठूला कार्यक्रमहरुमा गाउन थालें ।

अहिलेसम्म के के गर्नुभयो त ?

अहिले सम्म खासै केहि गर्न पाएको छैन । काम गर्ने अवसर नै त्यति पाएको छैन । यो क्षेत्रमा पनि चाकडी र चाप्लुसी चल्दोरहेछ । म त चाकडी चाप्लुसी गर्न जान्दिन त्यसैले पनि मैले राम्रो अवसर पाएको खोजीमा छु ।

अहिले चाहिँ के गर्दैहुनुहुन्छ ?

अहिले म आफ्नै एकल एल्वमको गृहकार्यमा लागिरहेकोछु । गीत त था शब्दहरु बनाईरहेको छु चाँडै नै स्रोताहरु माझ एल्वम ल्याउने कोशिशमा छु ।

यस क्षेत्रमा लागेर के फाइदा भो त ?

अहिलेसम्म त यस क्षेत्रमा लागेर मैले आफ्नो नाम र पहिचान पाएँ । फाइदा भन्नु नै धेरै नेपाली कलाप्रेमीहरुले चिन्छन् त्यहि हो फाइदा । धेरै स्रोताहरुले मेरो प्रस्तुतीलाई मन पराईदिनु भएकोछ । धेरै गर्न सक्छौ मेहनत गर्दै अगाडि बढ भन्नु भएको छ । त्यहि दर्शक स्रोताहरुको माया र पे्ररणाले नै मलाई अगाडि बढ्न हौसला मिलेको छ ।

यस क्षेत्रमा टिक्न सक्ने आधार के छ तपाईंसँग ?

म आफूलाई त यस क्षेत्रमा टिक्ने प्रशस्त आधार छ जस्तो लाग्छ तर त्यो कुरा त मलाई भन्दा पनि अरुलाई जसले मेरो कला र प्रतिभा देखेको छ उनीहरुलाई थाह हुने कुरा हो । दर्शक स्रोताहरुको माया र प्रेरणा पनि मेरो टिक्ने आधार हो भन्ने मलाई लाग्छ । चाकडी चाप्लुसीबाट आउनेहरुको भविष्य लामो हुँदैन । आफ्नै प्रतिभा देखाएर आउनेहरु ढिलै भए पनि पछि सम्म टिकिरहन सक्छ ।

कस्तो गीत बढी गाउन मन लाग्छ त ?

अहिलेसम्म त प्राय सबै किसिमका गीतहरु गाइरहेको छु तर विशेषगरि सेन्टिमेन्टल गीत बढी गाउन मन लाग्छ । तयसपछि मात्र रोमान्टिक गीत गाउन मन लाग्छ ।

यस क्षेत्रमा के कस्ता विकृति विसंगति देख्नुभएको छ ?

खासै मैले त बुझ्न सकेको छैन तर जति बुझ्दै गयो त्यति विकृति छ यस क्षेत्रमा जस्तो लाग्दै गएको छ । यहाँ प्रतिभा भन्दा पनि चाकडी र चाप्लुसीको भरमा अघि बढ्ने धेरै छन् । खुट्टा तान्ने प्रवृत्ति धेरै छन् । पूरै ज्ञान नभएकाहरुले चलचित्र क्षेत्रको बदनाम गराईरहेका छन् । नक्कल बढ्दो छ । नयाँ प्रतिभाले त अबसर पाउनै गाह्रो छ । नयाँलाई शोषण गर्ने प्रवृत्ति पनि छ ।

तपाईलाई मन पर्ने प्रतिभा ?

मलाई मन पर्ने प्रतिभाहरु निमा रुम्बा, भरत सिटौला आदि हुन् ।

तपाईलाई यो क्षेत्र मन पर्नाको कारण ?

मलाई यो क्षेत्र यस कारण मन पर्छ कि गीत संगीतले नै प्राणीहरुलाई जिउन सिकाउँछ । आजको आधुनिक युगमा गीत संगीतबाटठ कोहि पनि अछुतो रहन सक्दैन ।

तपार्इं आफु यस क्षेत्रमा लागेर सन्तुष्ट हुनुहुन्छ ?

सन्तुष्ट नै छु भन्नुपर्ला । आफ्नो छुट्टै पहिचान र नाम छ । साथिभाईको माया र सहयोग पाएकोछु । कला क्षेत्रबाट नै ।

फुर्सदको समय कसरी बिताउनुहुन्छ ?

गीत संगीत सुनेर, धर्मकर्म र घुमफिरमा नै समय बिताउने गर्छु ।

माया के हो ?

मायाको परिभाषा दिन गाह्रो छ । मायालाई जसले जसरी बुझ्छ त्यसरी व्याख्या गर्दै आएको पाइन्छ तर मेरो  विचारमा जीवन जिउने आधार नै माया हो । माया बिना जीवन अपुरो हुन्छ ।

जीवन के हो ?

जीवन एउटा यात्रा हो । दुःख सुखको मिश्रण हो । यो यात्रामा अनेकौं मोडहरु आउँछन् ती मोडहरुलाई कुशलतापूर्वक पार गर्नु नै जीवनको लक्ष्य हो जस्तो लाग्छ ।

सेक्स के हो ?

सेक्सलाई प्राकृतिक नियम मान्न सकिन्छ । यो एउटा वंश विस्तारको माध्यम पनि हो । यसको सदुपयोग गर्न जान्नुपर्छ । सदुपयोग गर्न नजाने यसले जीवनलाई नै तहस नहस बनाइदिन सक्छ ।

बिहे अघिको सेक्स……………… ?

एकदमै गलत अनि नाजायज हो ।

अन्तमा…………… ?

सर्वप्रथम त मध्यमार्ग साप्ताहिक र तपाईंलाई धन्यवाद । अनि सबै मिलेर आफ्नो मौलिक कला र संस्कृतिको संरक्षण सम्बद्र्धन गरौं भन्न चाहन्छु । कला र संस्कृति लोप भए हामी हाम्रो पहिचान र अस्तित्व गुमाउन पुग्छौं । त्यसैले आफ्नो अस्तित्वको रक्षा आफै गरौं भन्न चाहन्छु । वथबलगबmबचण्द्दटठ२थबजयय।अयm

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अन्तरबार्ता सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0