Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

आवास निर्माणमा छिमेकी मुलुकबाट कामदार

प्रभातफेरी अनलाइन ६४०२ पटक पढिएको प्रकाशित मिति: २०७४ बैशाख ४, सोमबार (८ साल अघि)
आवास निर्माणमा छिमेकी मुलुकबाट कामदार

चण्डेनी मण्डन/ रोजगारको खोजीमा युवाहरु विदेश तथा शहर पस्न थालेपछि गाँउमा छिमेकी मुलुक भारतबाट कामदार ल्याएर नीजि आवास निर्माणमा भूकम्पपीडितहरु जुटेका छन । काभे्रमा मात्र ८० हजार आवास तथा सयौको संख्यामा विद्यालय, स्वास्थ्य चौकी पुननिर्माण गर्ने समयमा युवाको अभाव भएपछि छिमेकी मुलुक भारतबाट कामदार ल्याएर पुन निर्माणको काम गर्नुपरेको भूकम्पपीडितहरुको गुनासो छ ।
युवाहरुको अभावमा अधिकास गाँउहरुमा भूकम्पपछिको आवास निर्माण प्रभावित बनेको छ । विनासकारी भूकम्प पछि जिल्लामा जनशक्ति विदेशीने क्रम बढेसंगै छिमेकी मुलुक भारतबाट आएका कामदार तथा वृद्ध, वृद्धा र महिला पनि पुन निर्माणको काममा लागिपरेका छन् ।
छिमेकी मुलुक भारतका कामदारबाट घर बनाउनँदै गर्नुभएको मण्डन देउपुर नगरपालिका १० का ७७ वर्षिय देवकृष्ण नेपालले युवाहरुको अभाव भएपछि भारतको विहारबाट आएका कामदार मार्फत घर बनाउन थालेको बताउनुभयो । ‘काम गर्ने मान्छे छैन, खेताला पनि पाईदैन, कति समय छाप्रोमा विताउनु ।’ नेपालले भन्नुभयो, ‘ एक छोरा विदेश गएको, अन्य दुई रोजागारीका लागि शहर बसेका छन ।, घरमा बुढाबुढी मात्र छौ, घर बनाउन कामदार नपाएकाले ठेकदार मार्फत छिमेकी मुलुक भारतबाट आएका कामदारहरुलाई ठेक्कामा घर बनाउन जिम्मा दिएको बताउनुभयो । उहाँले गाँउ कै साइला तामाङलाई एक लाख ५० हजारमा दुई कोठे घर बनाउन ठेक्का दिनुभएको थियो । ‘सबै सामाग्री हामीले नै किन्दिनुपर्छ, जम्मा हृारो लगाइदिएको मात्र डेढ लाख दिनुपर्छ ।’ नेपालले भन्नुभयो ।
एकैपटक पुननिर्माण सुरु हुन थालेपछि गाँउमा दक्ष जनशतिmको अभाव हुन थालेको छ । भूकम्प गएको दुई बर्ष बित्न लाग्दा समेत पर्याप्त मात्रमा दक्ष कामदार नहुदाँ गाम्रीण भेगका भूकम्पपीडितहरु ठेकेदार मार्फत महङ्गो मूल्य तिरेर आवास निर्माणमा लागि परेका छन । भारतको विहारबाट आएका २५ जना युवाहरु अहिले चण्डेनी मण्डन गाँउमा कामदारको रुपमा काम गरिरहेको भारतको विहारबाट काम गर्न आएका राम रितले बताउनुभयो । हामी यो गाँउमा मात्र २५ जना भन्दा बढी छौ, उहाँले भन्नुभयो, ठेकेदार मार्फत काम गरिरहेका छौ ।
चण्डेनी मण्डन र बल्थली गाँउको पुननिर्माणको जिम्मा लिएको कारितास नेपालले ७९ जनालाई कालिगढ तालिम दिएको कारितास नेपालका इन्जिनियर सागरकुमार तिवारीले जानकारी दिनुभयो । ‘चण्डेनीमा ६४ र बल्थलीमा १५ लाई कालिगढ तालिम दिएका छौ भने भूकम्पप्रतिरोधि आवास निर्माणका लागि छिमेकी मुलुकबाट आएका कामदारलाई समेत तालिम दिएका छौ ।’ उहाँले भन्नुभयो, अझै भारतबाट आएका कामदारलाई तालिम दिन लागेका छौ ।
जिल्ला प्रशासन कार्यालयमा पासपोर्ट बनाउनेको घुइचो लाग्ने गरेको छ । भूकम्प अघि दैनिक ३० देखी ५० वटा सम्म पासपोर्टका लागि निवेदन आउथ्यो अहिले दैनिक ८० देखि एक सय जना सम्म पासपोर्टका लागि जिल्ला प्रसाशन आउने गरेको साहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा बताउनुभयो । ‘भुकम्प पछि विदेश जानका लागि पासपोर्ट बनाउने युवाको संख्यामा वृद्धि भएको छ ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

  • प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

  • बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

  • पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0