प्रभातफेरी अनलाइन२८६१ पटक पढिएको प्रकाशित मिति: २०७४ बैशाख ४, सोमबार(९ साल अघि)
लिम्पिया धुरा पश्चिमबाट हामीलाई हेर्ने
पाथीभरा उकालीमा काली आई सर्ने
सगरमाथा चुम्नलाई तराई गरा हर्दै
प्राकृतिक सम्पदाले अभ्यास अधिक गर्दै ।।
आयौ तिमी नववर्ष खुशी साटी आगनीमा
घुमी–फिरी नेपालीको पूmल सिरानीमा
नव निर्माण उज्यालिने सपना साकार भइदेलान
सबै जना शुभाशुभ सूर्य उदायझैं होलान् ।।
लक्ष्य उन्मुख नेपालीमा देशले कोल्टे फेरोस्
जाजरकोट देखी तापलेजुङ्गसम्म सबै कुरा जुरोस्
घाम–पानी झरी वर्षा लक्षण आउने दिनमा
शुभकामना यही हाम्रो भाविपिडी जनमा ।।
–
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
ppkavre@gmail.com
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
| संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
| सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |