Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८३ जेष्ठ २८, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

काभ्रेमा नसर्ने रोगी बढे–अवस्थी

प्रभातफेरी अनलाइन ४५१२ पटक पढिएको प्रकाशित मिति: २०७६ जेष्ठ १५, बुधबार (७ साल अघि)
काभ्रेमा नसर्ने रोगी बढे–अवस्थी

धुलिखेल-“म स्वस्थ, मेरो देश स्वस्थ” अभियानका सम्बन्धमा जानकारी दिने उद्देश्यले आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै शुक्रबार स्वास्थ्य कार्यालयका प्रमुख नवराज अवस्थीले उक्त भनाई राख्नु भएको हो । उहाँका अनुसार काभ्रेमा नसर्ने रोगका रोगीहरु अत्याधिक बढेको बताउनु हुँदै विशेष गरी मुटुरोग, मृगौला, पार्किन्सस्, अल्झाइमर्स, स्पाइनल इन्ज्युरी, सिकलसेल एनिमियाँ र क्यान्सर पीडितको संख्या दिनानुदिन बढ्दै गएको खुलासा गर्नु भयो ।

नेपाल सरकारले विपन्न नागरिकका लागि दिँदै आएको उपचार कोषबाट यो आर्थिक वर्षमा मात्रै ८ वटा कडा रोगको शीर्षकमा ५३७ जनाले सुविधा लिइसकेका छन् । जस अन्तर्गत ५ करोड ३७ लाख रुपिया खर्च भइसकेको छ । यो खर्च मध्ये सबै भन्दा बढी क्यान्सर पीडितले लिएको प्रमुख अवस्थीको दावी छ । उक्त अन्तरक्रियामा जानकारी गराए अनुसार क्यान्सर पीडित २५४, मुटुरोगी १७३, मृगौला रोगी ७२, स्पाइनल इन्ज्युरी ३२, हेड इन्ज्युरी ४ गरी ५३७ जना रहेको बताउनु भयो । यो सबैको जड भनेको परिवर्तित जीवनशैली, खानपान, व्यायामको अभाव, तनाव लगायतका कारणले नसर्ने रोगी बढेको बताउनु भयो ।

अन्तरक्रियामा सहाभागीहरुको जिज्ञासा मेटाउदै प्रमुख अवस्थीको कथन थियो–अहिले विश्वमा ८० प्रतिशत मानिसको मृत्यू नसर्ने रोगका कारण भएको र त्यसमा पनि ८२ प्रतिशत निम्न आय श्रोत भएका मुलुकमा उपचार नपाएर हुने गरेको बताउनु भयो ।

कार्यक्रममा प्रमुख अवस्थीको आग्रह थियो “म स्वस्थ, मेरो देश स्वस्थ” मेरो वर्ष अभियानलाई सार्थक बनाउन प्रत्येक नागरिकले आफ्नो जीवनशैलीलाई परिवर्तन गराउन आवश्यक छ भन्नु हुँदै आजैबाट मेरा लागि स्वस्थ थाली, ठीक मात्रमा स्वस्थकर तेलको प्रयोग, रङ्गीबिरङ्गी विभिन्न प्रकारका मौसम अनुसारको तरकारीहरुको प्रशस्त मात्रामा सेवन, दैनिक रुपमा एक फलको सेवन, नियमित व्यायाम, कम्तीमा दैनिक आधा घण्टा सरिक हुने, शारीरिक परीक्षण, तनावमुक्त रहने, प्रशस्त मात्रामा सफा र स्वस्थ पानी पिउने, आवश्यक मात्रामा विभिन्न प्रकारका खस्रा अन्नहरुको दैनिक रुपमा प्रयोग गर्ने, ठीक मात्रामा माछा, मासु, दुध तथा दुधजन्य पदार्थ, अण्डा, दाल, गेडागुडीको प्रयोग गर्ने भन्नु भयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर राउतले उच्च रक्तचापको अचुक औषधि आलसको अचार रहेको जानकारी दिनु भएको थियो । उक्त अन्तरक्रियामा जिल्लाका ४ वटै सुरक्षा निकायका प्रमुखहरु र जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो । म स्वस्थ मेरो देश स्वस्थ अभियानलाई सार्थक बनाउन राज्यद्वारा प्रतिपादित यी ८ ओटा सिद्धान्तलाई नभुल्न स्वास्थ्य कार्यालयको आग्रह थियो ।

मेरा ८ प्रतिबद्धता
० म रक्सी, चुरोट र सुर्तीजन्य पदार्थबाट टाढै रहन्छु ।
० म नियमित व्यायाम गर्छु ।
० म स्वस्थ र पोषिलो खाना खान्छु ।
० म नियमित स्वास्थ्य जाँच गराउँछु ।
० म तनाव रहित जीवनशैलीलाई आत्मसात गर्छु ।
० म प्रदुषण नियन्त्रणमा सजग रहँदै आफ्नो घर र समुदाय सफा राख्छु ।
० म ट्राफिक नियमको पालना गर्छु ।
० म मेरो परिवार र समुदायको स्वास्थ्यप्रति सजग रहन्छु ।
काभ्रेपलाञ्चोक जिल्लामा रहेका १ सय १५ वटै स्वास्थ्य सस्थामा यो अभियान गइसकेको उक्त अवसरमा जानकारी गराइएको थियो । हिजो जिल्ला स्वास्थ्य कार्यालय थियो आज प्रदेश सरकारको मातहतमा रहेकोले स्वास्थ्य कार्यालयको दायित्व समन्वयमा मात्र सिमित भएको गुनासो पनि उक्त अन्तरक्रियामा पाखिएको थियो । यो अभियानलाई भुम्लु गाउँपालिकाले यस अघि नै सम्पन्न गरिसकेको छ । कार्यक्रमको सञ्चालन स्वास्थ्य निरिक्षक सुरेश पासवानले गर्नुभएको थियो भने कार्यक्रमको प्रमुख आतिथ्यता प्रमुख जिल्ला अधिकारी कृष्णबहाद

  • काभ्रेमा नसर्ने रोगी बढे–अवस्थी
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ २७ गते बुधबार

    २०८३ साल जेठ २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0