Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन २९, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

मण्डनदेउपुरको समस्या कर्मचारी र दुई “ब” – प्रमुख वाइबा

प्रभातफेरी अनलाइन ६२२१ पटक पढिएको प्रकाशित मिति: २०७६ श्रावण २८, मंगलबार (६ साल अघि)
मण्डनदेउपुरको समस्या कर्मचारी र दुई “ब” – प्रमुख वाइबा

 

कुन्ता-काभ्रेपलाञ्चोक जिल्लाको कान्छो नगरपालिकाको रुपमा स्थापित मण्डनदेउपुर नगरपालिकाले आफ्नो नगरमा समस्याको रुपमा कर्मचारी अभाव भएको खुलासा गरेको छ ।

शनिबार आयोजित सहयोग वितरण कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं नगर प्रमुख टोकबहादुर वाइबाले मण्डनदेउपुरको मुख्य समस्या कर्मचारी अभाव र प्राकृतिक रुपमा बँदेल र बाँदर भएको गुनासो व्यक्त गर्नुभयो । नगरवासीले चाहेको बेला एउटा कागजको टुक्रा पनि पाएका छैनन् भन्नु हुँदै संघिय सरकारले तोकेका कर्मचारी केन्द्रमै थुप्रिने तर स्थानीय सरकार कर्मचारी अभावमा काम ठप्प हुन बाध्य हुने अवस्था आएको छफ्नो नगरमा समस्याको रुपमा कर्मचारी अभाव भएको खुलासा गरेको छ ।

शनिबार आयोजित सहयोग वितरण कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं नगर प्रमुख टोकबहादुर वाइबाले मण्डनदेउपुरको मुख्य समस्या कर्मचारी अभाव र प्राकृतिक रुपमा बँदेल र बाँदर भएको गुनासो व्यक्त गर्नुभयो । नगरवासीले चाहेको बेला एउटा कागजको टुक्रा पनि पाएका छैनन् भन्नु हुँदै संघिय सरकारले तोकेका कर्मचारी केन्द्रमै थुप्रिने तर स्थानीय सरकार कर्मचारी अभावमा काम ठप्प हुन बाध्य हुने अवस्था आएको छ । जसोतसो प्रशासनिक काम त चलेको छ तर आर्थिक तर्फ जनप्रतिनिधिले केही गर्न मिल्दैन । यो अवस्थामा सिफारिश दस्तुर लिने कर्मचारी समेत वडाहरुमा नभएको खुलासा समेत नगर प्रमुख वाइबाले गर्नुभयो । कर्मचारी छैनन्, प्रशासनिक भवन छैनन् तर पनि नगरवासीलाई समस्या महसुस हुन दिने छैनौं । यावत् समस्याको बीचबाट नगर अगाडि बढ्ने छ । जसले हाम्रोमा निखारता मिल्ने छ भन्नुहुँदै प्रमुख वाइबा भन्नुहुन्छ– तपाईंहरुले तिरेको कर तपाईंहरुकै पोल्टामा आएको छ । यसको सही सदुपयोग गर्नुहुनेछ भन्ने अपेक्षा राखेको भन्नु हुँदै नगरका प्रत्येक विकास निर्माण नगरवासीको खबरदारिता हुन आवश्यक छ । पारदर्शी ढंगबाट कुनै काम हुँदै भने जानकारी दिनुस् हामी ठाउँको ठाउँमा कारवाही गर्दछौं । यो दायित्व नगरवासीको हो नगरवासीले खबरदारी नगर्ने हो भने हाम्रा समस्या समाधान हुन नसक्ने जिकिर पनि नगर प्रमुख वाइबाले गर्नुभयो ।

सम्बोधनकै क्रममा मण्डनदेउपुर नगरभित्र अंग्रेजी माध्यमको अध्यापन शुरु गरिएको स्मरण गराउँदै अब झोले शिक्षा हुन नसक्ने बताउँदै शिक्षालाई बालकक्षा देखि नै अंग्रेजी माध्यम शुरु गरेको स्पष्ट पार्दै अब अंग्रेजी माध्यमको विद्यालय खोज्दै अभिभावक भौतारिनु नपर्ने बताउनु हुँदै निर्वाचनका अवस्थामा नगरवासी बीचमा उद्घोष भएका वचनहरु पूरा हुँदै जाने बताउनुभयो । जस्तैः पिउने पानी, पक्की सडक, स्वास्थ्य लगायतका पक्ष फड्को पार गरिसकेको समेत जानकारी दिनुभएको थियो भने शिक्षा र स्वास्थ्य बिना नगरको सफल नहुने बाँदर र बँदेल नगरको अर्काे समस्याको रुपमा भएको बताउनु हुँदै कानूनभन्दा माथि कोही नभएकोले त्यसको बारेमा नगर चिन्तित भएको समेत नगर प्रमुख वाइबाले खुलासा गर्नुभयो ।

किसानहरुका लागि कृषि उपज सामग्री र विद्यालयहरुका लागि खेलकुद र शैक्षिक सामग्री वितरण समारोहलाई नगरका विभिन्न वक्ताहरुलाई सम्बोधन गर्नुभएको थियो । राजनैतिक पार्टी प्रतिनिधि विदूर सापकोटा, रामहरि सापकोटा, जनप्रतिनिधि झलक प्रसाद पौडेल, नारायण लम्साल, सामग्री सप्लायर्स महेन्द्र प्रसाद कर्णेल लगायतका वक्ताहरुले कार्यक्रमका सकारात्मक पक्षका बारमो चर्चा गरेका थिए ।
कार्यक्रमको सञ्चालन गर्दै प्रमुख प्रशासकीय अधिकृत प्राणनाथ न्यौपानेले कार्यक्रमको औचित्य प्रकाश पार्दै कृषि सामग्री तर्फ ५४ लाख ६ हजार अनुदान मार्फत् १ सय ९ वटा मिनी टे«लर र ३९ वटा पावर थ्रेसर वितरण गरिएको र शिक्षा तर्फ ५ लाख बराबरको आर्थिक रकमबाट नगरभित्रका ३९ वटा विद्यालयका लागि शैक्षिक तथा खेलकुदका सामग्री हस्तान्तरण गरिएको बताउनुभयो ।

  • मण्डनदेउपुरको समस्या कर्मचारी र दुई “ब” - प्रमुख वाइबा
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

    अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

  • पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

    पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

  • मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

    मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

  • प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

    प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0