logo
२०८३ अषाढ ११, बिहिबार |
📰
🔍

पितृ उद्धार कोषको स्थापना

प्रभातफेरी अनलाइन५३८१ पटक पढिएको प्रकाशित मिति: २०७६ श्रावण २८, मंगलबार(६ साल अघि)
पितृ उद्धार कोषको स्थापना

पनौती-पछिल्ला दिनहरुमा लायन्स क्लब अफ काठमाडौं इन्द्रेश्वरले सकारात्मक फड्को पार गर्दै गएको अनुभूति सर्वसाधारणले लिइरहँदा अर्काे महत्वपूर्ण कदम चालेको छ । स्वर्गवास भएका आफन्तहरुका बारेमा पितृकार्य केही गर्न पाए हुन्थ्यो भनेर चिन्तित हुनपुग्नु भएका आफन्तहरुका लागि खुशीको आभाष भएको छ ।

वर्षको एक पटक पितृ उद्धार कार्यका लागि भनी कोषको स्थापना गरिएको छ । प्रत्येक लायन्स सदस्यहरुको जन्मदिनलाई केही न केही सकारात्मक कार्यमा समर्पित गर्ने जमर्काे सहित मनाउने क्रममा लायन मच्छेनारायण ताम्राकारको जन्मोत्सवका दिन पनौतीमा रहेको माइती वृद्धाश्रममा पुगी उक्त कोषको स्थापना गरिएको हो । रु. १० हजार १० बाट शुरु भएको उक्त कोषमा जुनसुकै तह र तप्काका नागरिकले सहयोग गर्नसक्ने गरी कोषका बारेमा सार्वजनिक गरिएको लायन्स क्लब काठमाडौं इन्द्रेश्वरका लायन अध्यक्ष रामकुमार बस्नेतले बताउनुभएको छ । उक्त अवसरमा लायन कुमार हुमागाईं काठमाडौं टेम्पल पिसका भिपि हरिशरण बस्नेत, समाजसेवी एवं लायन राजेन्द्र केसी, वृद्धाश्रमका अध्यक्ष रघुनाथ तिमल्सिना लगायतले लायन्स क्लबले समाज रुपान्तरणका लागि खेलेको भूमिका अत्यन्तै अनुकरणीय भएको चर्चा गर्नुभएको थियो ।

आफ्नो जन्मोत्सवका बारेमा लायन मच्छेनारायण ताम्राकार आफू अत्यन्तै सन्तुष्ट रहेको बताउँदै अबका दिनमा जन्मोत्सव मात्र नभई अन्य शुभकार्य, उत्सवहरु पनि यस्तै किसिमले चलाउने प्रयास ग¥यौं भने फजुल खर्चको महिमा रहने छ । हामीले जुन किसिमका खर्च गर्दै आएका थियौं त्यसको कुनै अर्थ थिएन तर आज यति सानो सहयोगले पनि कति ठूलो महत्व राख्न सक्यो । त्यसैले पनि म प्रत्येक युवायुवतीहरुलाई तारे होटल र महँगा रेष्टुरेन्ट होइन वृद्धाश्रम र अनाथालय फर्कन अनुरोध गर्नुभयो । लायन्स क्लब अफ काठमाडौं इन्द्रेश्वरले आफ्ना सदस्यहरुलाई जन्मोत्सवमा फजुल खर्च नगरी सामाजिक सेवामा समर्पित भई मनाउन आग्रह गरे बमोजिम सो कार्यक्रम गरिएको थियो ।