Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८३ जेष्ठ २७, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

काभ्रेमा डेंगु रोग संक्रमण, न्यूनिकरण अभियानमा पनौती नगरपालिका अगाडी

प्रभातफेरी अनलाइन ५१६४ पटक पढिएको प्रकाशित मिति: २०७६ भाद्र २५, बुधबार (६ साल अघि)
काभ्रेमा डेंगु रोग संक्रमण, न्यूनिकरण अभियानमा पनौती नगरपालिका अगाडी

प्रल्हाद शर्मा हुमागाई
पनौती-मुलुक डेंगु रोगबाट आक्रान्त भइरहेको अवस्थामा पनौती नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा मंगलबार “डेंगु रोग नियन्त्रणका लागि लामखुट्टेको बासस्थानको पहिचान गरौं, लार्भा नष्ट गर्ने अभियानमा जुटौं” भन्ने मूल नाराका साथ नगरस्तरीय डेंगु नियन्त्रण अभियानको थालनी भएको छ ।

उक्त अभियानको शुभारम्भ गर्दै जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरिक्षक कमलेश मिश्रले डेंगु नियन्त्रणका लागि लार्भा नष्ट नै पहिलो कदम भएको चर्चा गर्नुहुँदै यसको बासस्थानको पहिचान गरी अभियान अगाडि बढाउनु आवश्यक रहेको बताउनुभयो । एकपटकमा एउटा लामखुट्टेले ३ सय वटा फुल पार्दछ, त्यसैले यसको वृद्धि विकासको लागि धेरै ठूलो पानीको आवश्यकता पर्दैन, थोरै पानी भएका खाल्डाखुल्डीले पनि यसको आवश्यकता पूरा गर्छ ।

त्यसैले घर वरिपरिका साना पानी जमेका खाल्डाखुल्डी पुर्न आवश्यक छ । ३÷४ दिनभन्दा बढी पानी जम्न नदिऔं यति मात्र गर्न सके पनि डेंगु रोग नियन्त्रणका लागि केही सहज हुनेछ । अहिले काभ्रे जिल्लामा यो रोगबाट ६ जना संक्रमित भएको तथ्य सार्वजनिक भएको छ । त्यसैले यसलाई अघि बढ्न नदिनका लागि हामी सबैको जिम्मेवारी हो । राज्यको एक्लो प्रयासले यो रोग नियन्त्रण गर्ने सम्भावना छैन । हामी प्रत्येक नेपालीको दायित्वभित्र पर्छ, यो अभियानलाई सफल पार्न । त्यसैले प्रत्येक नगरवासीले आफ्ना घर वरिपरि रहेका पानी जम्ने खाल्डाखुल्डीहरु पुरी आफ्नो घर करेसालाई सफा सुग्घर राख्न सक्यौं भने यो रोगले महामारी रुप लिन सक्दैन । त्यसैले हामी सबैको जिम्मेवारीभित्र पर्ने प्रत्येक क्रियाकलापमा सरिक रहने प्रतिबद्धता जाहेर गरौं भन्दै निरिक्षक मिश्र थप्नुहुन्छ– डेंगु उत्पादनको मुख्य थलो भनेको पानी जमेको टायर, प्लाष्टिकका बोतलहरु, पानी जमेका गमलाहरु हुन् । त्यसैले टायरसँग सम्बन्धित व्यवसाय सञ्चालन गर्ने गाडी धनी र ग्यारेज धनीहरुले यी विषयमा अलिकति पनि चासो राखिदिनु भए यो समस्या निराकरण भएर जानेछ । यस किसिमको लामखुट्टेले दिउँसो मात्रै आक्रमण गर्ने भएकोले यसबाट बच्नका लागि पूरा बाहुला भएका कपडाहरु लगाउने, बट्टा, मट्टितेलका खाली ड्रमहरु, गाडीको टायर घरको वरिपरि नराख्ने । राख्नै परेमा पानी जम्न नदिने, पानी जम्मा पारेका ट्यांकी तथा बाल्टिनमा एक हप्ताभन्दा बढी समय पानी नराख्ने । राख्नै परे राम्रोसँग बिर्काेले छोपेर राख्ने, फूलदानीको पानी कम्तीमा हप्तामा दुई पटक फेर्ने, सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्ने, बालबालिकालाई सुताउँदा पनि झुलभित्रै सुताउने, लामखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मलम पनि लगाउने, घरका झ्यालढोकामा जाली लगाउन आग्रह गर्दै कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।

कार्यक्रममा पनौती नगरपालिका शिक्षा शाखा प्रमुख मधुसुधन अधिकारी, कृषि तथा पशुपंक्षी शाखा प्रमुख मणि सापकोटा, सामाजिक शाखा प्रमुख केशव बञ्जारा, विभिन्न विभागीय प्रमुखहरुका साथ वडा अध्यक्षहरु बुद्धसिं थापा, केशव बञ्जारा, सुधिर सापकोटा लगायतका स्वास्थ्यसँग सम्बन्धित इन्चार्जहरु र स्वास्थ्य स्वयं सेविकाहरुको उपस्थितिमा पनौती नगरपालिका वडा नं. ४, ६ र ७ मा रहेका सम्भावित लार्भाको बासस्थानको खोजी गरी त्यसलाई नष्ट गरिएको थियो । कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखा प्रमुख पुरुषोत्तम तिमल्सिनाले गर्नुभएको थियो भने संयोजन सि.अहेव सिर्जना चौंलागाईंले गर्नुभएको थियो ।

  • काभ्रेमा डेंगु रोग संक्रमण
  • न्यूनिकरण अभियानमा पनौती नगरपालिका अगाडी
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ २७ गते बुधबार

    २०८३ साल जेठ २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0