Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ५, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

आवासिय क्षेत्रका बारेमा राज्य निरिह जस्तै भएको छ, तर स्थानीय सरकारले अनुकरणीय योगदान दिएको छ

प्रभातफेरी अनलाइन ५१०७ पटक पढिएको प्रकाशित मिति: २०७६ फागुन २७, मंगलबार (६ साल अघि)
आवासिय क्षेत्रका बारेमा राज्य निरिह जस्तै भएको छ, तर स्थानीय सरकारले अनुकरणीय योगदान दिएको छ

भेष वहादुर दनुवार
तत्कालिन राष्ट्र निर्माता पृथ्वीनारायण शाहको महावाणीलाई आत्मसाथ गर्ने हो भने पनि नेपालीहरुको रहनसहन, परम्परा, संस्कृति र संस्कारका साथमा आवासलाई पनि जोडिएको देखिन्छ । हो, त्यही वाक्य सापट लिएर हेर्ने हो भने पनि खेति योग्य जमिनमा खेति गर्नु र खेति नहुने जग्गामा घर बनाई बस्नु भन्ने नारा नेपाल एकिकरण गर्ने अभियानमा नै आएको नारा हो । नेपालमा रहेका पुराना शहर मल्लकालिन तथा नेवार बस्ति सहितका शहर हेर्ने हो भने यो कुरा तथ्य रुपमा देख्न सकिन्छ । मल्ल कालिन समयको शहर तथा नेवार बस्तिका पुराना शहरका साथै एकिरणका क्रममा रहेका शहर हेर्ने हो भने सबै व्यवस्थित रुपमा खेतियोग्य जमिन भन्दा बाहिर रहेको देखिन्छ । काभ्रे पलाञ्चोक जिल्लामा हेर्ने हो भने पनि पुराना साना शहर सांगा भञ्जाञ्गको बस्ति, बनेपा लायकु दरवार क्षेत्र, धुलिखेल, खड्पु बजार, नाला बजार, दाप्चाको हटिया बजार, भमरकोट, होक्से बजार, पालञ्चोक जस्ता आज पनि पहिचान रहेको क्षेत्र पुराना बस्ति रहेको क्षेत्र बजार हुन । ति बजार खेति योग्य जमिन भन्दा अलि बाहिर बनेका तथ्य पाउन सकिन्छ ।

पछिल्लो सयम विकासको क्रम संगै सडक सञ्जालले एकक्षेत्र बाट अर्को क्षेत्र र स्थानलाई जोडने क्रममा विकास निमार्ण कार्य सहज र सरल रुपमा सम्पन्न र कम लागतमा गर्ने क्रममा अधिकांस सडक सञ्जाल समथर भूभागबाट बनेका छन् । यस क्रममा अरनिको राजमार्ग बनेपा पुरानो बजार बाट बाहिर तर खेतियोग्य जमिनको विचभागबाट निमार्ण भएको छ । बनेपा पनौति खोपासी सडक अधिकांश क्षेत्र खेतियोग्य जमिनमा बनेका छन् । पांचखाल फाटको विचबाट अरनिको राजमार्ग पुरानो राजमार्ग जुन रविओपि अनैकोट हुदै पांचखाल पुरानो बजार हुदै जोडिएको थियो । पांचखालको तामाघाट बजार बोहोेरे दोभान जाने सडक उत्पादनशिल जग्गाको विचबाट निमार्ण गरिएको छ । नमोबुद्ध नगरपालिकाको विवि राजमार्ग काशिखण्ड बेशिको विच भूभागबाट निमार्ण गरिएको छ । यि सबै सडक सञ्जाल आवश्यक हुन तर उत्पादनशिल जग्गाबाट किन बनाइए भन्ने एउटा बिचार योग्य कुरा पनि रहेको छ भन्ने हो ।

अझ पछिल्लो समयमा हेर्ने हो भने विकास क्रमसंगै बनेका राजकुलोमा बनेका सडक सञ्जाल । लिच्छविकाल, मल्लकाल, सहित युगिन समय काल खण्डमा निमार्ण भएका र जोगाईएका संरचना राजकुलो खेतमा सिंचाई गर्न मात्र निमार्ण गरिएका थिएनन । ति राजकुलो मार्फत जमिनमा गरिएको पानिको स्र्रोत रिचार्ज (पुनर भरण) मार्फत नियमित पानीको स्रोत सिमसार कुवा पधेरा र ईनार मार्फत सहज र सरल रुपमा पानीको स्रोत सहजै निरन्तरता पाएको थियो तर पछिल्लो समय पानीको मुहान कुवा, पधेरो, ईनारमा पानी नआएर हाराकार भएका समाचार सुन्नमा पाईन्छ । सडक निमार्णको क्रममा मासिएका राजकुलो र सडकमा बनेका पक्कि नालिको कारण पछिल्लो समयमा जमिनमा पानी पुनरभरण हुन सकिरहेको अवस्था छैन जसको कारण पानीको श्रोतको अभावमा शहमा समस्या विकराल बनेको छ । हरेक नागरिक, स्थानिय सरकार, नितिगत रुपमा रहेको निकाय मार्फत यस्ता संरचनाको उचित संरक्षण र सम्वद्र्धन गरिएन भने हरेक नया शहर, प्रस्तावित नया शहर तथा राजकुलो मासिएका कारण समस्यामा पर्ने पुराना शहर र त्यस शहरमा बस्ने मानिसको पानीको कारण हुने समस्या साच्चै कहाली लाग्दो छ ।

पानीकै स्रोतको अवस्था हेर्ने हो भने पुरानो स्रोत संरक्षण अन्र्तगत पहाडको उच्च भुभागमा बनाइएको पोखरी अहिले पनि विर्सन नसक्ने काभ्रेको डराउने पोखरी, नारायणस्थान पोखरी, बांकि पोखरीहरुको नाम खासै पछिल्लो पुस्ताले सुनेको पनि छैन देख्ने कुरै भएन । यस्ता पानी पुनरभरण गर्ने पोखरी हरुमा कहि विद्यालय बनाइएका छन । कहि सार्वजनिक भवन बनाइएका छन कहि पार्क बनाइएका छन । यस्ता पोखरीमा बर्षाको पानी संकलन गर्न सामुदायिक रुपमा हरेक नागरिक जम्मा भई वर्षाको पानी उक्त पोखरी सम्म पु¥याउने नाली खन्न सबै जुटने गर्थे जसको कारण पनि पानीको स्रोतको रुपमा कुवा पधेरो र ईनारमा पानीको मात्रा सहजै पाउन सकिन्थ्यो । तर पछिल्लो समय संरक्षण गर्नु पर्ने पोखरी नाश गरेपछिको परिणमा हरेक कुवा सुकेका छन । ईनारमा पानी आउदैन । यसर्थ पनि पानीको स्रोत सुरक्षित गर्न हरेक नागरिक लागी पर्नु पर्ने आवश्यक्ता रहेको छ । काभ्रेको ससन्र्दभमा धुलिखेल नगरपालिकाको देविस्थान जंगलमा नगरपालिका मार्फत बर्षातको पानी पुनर भरण पोखरी निमार्ण कार्य गत आर्थिक वर्षबाट नै शुरु गरिएको छ । बनेपा नगरपालिका ले पनि भैसेपाटि क्षेत्रको जंगलमा पुनर भरण पोखरी निमार्ण कार्य यस वर्ष सम्पन्न गरिसकेको छ भने नाला क्षेत्रमा पनि सिमसार क्षेत्र निमार्ण कार्य गत आर्थिक वर्षबाट नै सुरु गरिएको छ । यस्ता अभियान अति आवश्यक रहदै गएको छ । वर्षातको पानी पुनर भरण (रिचार्ज) प्रणालि विकास गर्ने हो भने पानीको स्रोतमा खासै समस्या कम हुने कुरामा दुई मत छैन । यसर्थ पनि आगो ताप्नु मुडाको कुरा सुन्नु बुडाको भन्ने यर्थातनै हो ।

पानी र जिवन भने जस्तै जीवन र खाद्यान्नको उत्तिकै महत्व रहेको छ । विकास क्रम संगै खेति योग्य जमिन खण्डीकरण र आवास क्षेत्रमा परिणत भएका छन् । खेति योग्य जमिनलाई आवास क्षेत्रमा परिणत गर्न हामी आफैले प्रसय दिईरहेको छौं । हामि प्रसय दिने भने धारे हात स्थानिय सरकार, हाम्रो सरकार, यो सरकार, त्यो सरकार भनेर भन्ने उक्ति राम्रै सुन्न पाईन्छ । यस कार्यमा अझ पछिल्लो समय तिव्र गतिमा सहयोग पु¥याउने कार्य घर जग्गा कारोबार मार्फत पनि भएको छ । खेति योग्य जमिनमा सडक सञ्जाल जोडनु । व्यवस्थित आवास क्षेत्रमा काम गर्ने व्यवसायिलाई कम लागतमा व्यवसायिक घर जग्गा कारोवार गर्न सकिने भएको कारण पनि समथर जग्गाहरुमा कारोवार सहजै भएको पाउन सकिन्छ । यस कार्यमा पनि अझ पछिल्लो समय व्यथितीहरु सृजना भएका छन् । यस्ता व्यथिती समयमै निण्न्त्रण गर्न नसकिएको खण्डमा विकराल अवस्था सृजना हुने देखिन्छ । सबै स्थानिय सरकारलाई भुउपयोग निति अनुसार खेतियोग्य जमिन, आवास क्षेत्र, बन जंगल, जलाधार, सिमसार, विविध क्षेत्र निर्धारण गर्ने गरि नक्सांकन गरि पठाउनु भन्ने भुमि व्यवस्था अन्र्तरगत रहेको छ । नितिगत व्यवस्था बनाउने कार्य रहेत पनि जग्गा कारोवार गर्ने व्यक्तिहरुको सञ्जाल मार्फत फरक बाटो अपनाई खेति योग्य जग्गा टुक्राउने कार्य बढिरहेको छ जुन मालपोत कार्यालय, नापि कार्यालय, स्थानिय सरकार जसले सिफारीस गर्छ उनिहरुलाई पक्कै पनि जानकारी रहेकै होला ।

जग्गा किन बेच गर्दा जग्गा धनिबाट किन्ने क्रममा कति जनाको नाम राखेर किन्ने पुर्व तयारी साथ सिफारीसको प्रक्रिया बाटै जग्गा टुक्राउने कार्य हुन्छ । यस क्रममा जति जनाको लागी लिने हो सोहि अनुसार सिफारीस गरी कार्य अगाडी बढछ र मालपोत नापि सबैतिर जग्गा पास पनि हुन्छ । जग्गा पास भई सकेपछि केहि समय पछि अदालत गई हामी जग्गा किन्ने मिल्न सकेनौ भनि छुट्याई पाउ भनि प्रकृया अगाडी बढाई जग्गा किन्ने लाई उपयुक्त हुने घर घडेरीलाई मिल्ने गरी बाटा, धारो पानी, विधुत फोन, सहित उपयुक्त हुने गरी नरम करम मिलाई दिनु होला भन्ने अदालति कागजातको आधारमा जग्गा मालापोत र नापि कार्यालय भित्रबाट अदालतलाइृ समेत बाछिटा हाल्ने काम जग्गा कारोबारीले गरेको पाईन्छ । यसरी जग्गा कारोवार गर्दा खेतियोग्य जग्गा नासिने र कृषि मा ह्रास हुने निश्चित छ । यस्ता विक्रित कार्यलाई रोक्ने अभियान र स्थानिय सरकारको भू उपयोग निति आवश्यक रहेको छ ।

काभ्रेको अधिकांश भुमि कृषि योग्य भूमि भएको आधारमा हरेक स्थानिय सरकारले भूगोल अनुसार नितिगत रुपमा विउ संरक्षण, खाद्यउ उत्पादन, प्रविधि हस्तान्तण, कृषिमा यान्त्रिकिकरण, सिंचाई, कृषि सडक मुहान संरक्षण जस्ता कृषि क्षेत्रमा हरेक स्थानिय सरकारले १० प्रतिशत सम्म बजेट विनियोजन गरेको अवस्था रहेको छ । यस कारण पनि काभ्रेमा कृषि मैत्रि निति रहेको छ । स्थानिय सरकारको वडा गत बजेट सिलिङ्ग हेर्ने हो भने प्रति वडा १० लाख देखि प्रति वडा एक करोड भन्दा माथि बजेट सिलिङ्ग तोकि कार्यान्वयन गर्ने स्थानिय निकाय पनि रहेको छ । यस क्रममा वडा गत बजेटमा कृषि क्षेत्रमा पनि बजेट विनियोजन हेर्ने हो भने अझ स्थानिय सरकार कृषि मैत्रि र कृषि उत्पादन सहित उत्पादन र खपत तथा बजारी करण गरी समुन्नत कृषि मैत्रि जिल्ला बनाउने अभियानमा रहेको पाइन्छ ।

  • आवासिय क्षेत्रका बारेमा राज्य निरिह जस्तै भएको छ
  • तर स्थानीय सरकारले अनुकरणीय योगदान दिएको छ
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    विचार सम्बन्धि थप
  • Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

  • Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • एजेण्डा हराएको राजनीति: सामाजिक सञ्जालको ‘लाइक’ ले बर्बाद हुँदै देशको भविष्य

    एजेण्डा हराएको राजनीति: सामाजिक सञ्जालको ‘लाइक’ ले बर्बाद हुँदै देशको भविष्य

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0