Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८३ जेष्ठ २८, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

नमुना सामुदायिक विद्यालयमा नीजिको पुस्तक, अंग्रेजि माध्यमबाट अध्यापन

प्रभातफेरी अनलाइन ६७८७ पटक पढिएको प्रकाशित मिति: २०७६ चैत्र ४, मंगलबार (६ साल अघि)
नमुना सामुदायिक विद्यालयमा नीजिको पुस्तक, अंग्रेजि माध्यमबाट अध्यापन

पाँचखाल/पछिल्लो समयमा आएर गुणस्तरीय आधुनिक शिक्षा हासिल गर्ने क्रममा विद्यार्थीहरुले अंगे्रजी माध्यमलाई प्राथमिकता दिदा सामुदायिक विद्यालयहरुले पनि विद्यार्थीको चाहना अनुसारको शिक्षा प्रदान गर्न सुरु गरेका छन् ।

अभिभावकहरुले आफ्नो छोरा छोरीको चाहना अनुसारको शिक्षा दिनको लागि ठुलो धनराषि खर्चगरेर नीजि विद्यालयमा अध्यापन गराउंदै आएका छन् । जुन माध्यमिक तह सम्मको शिक्षा सामुदायिक विद्यालयहरुमा निःशुल्क रुपमा अध्यापन गराउंदै आएको छ । सरकारी विद्यालयमा अंगे्रजी माध्यम नभएकै कारण अभिभावकहरुले नीजि विद्यालयमा अध्यापन गराउन बाध्य रहेका थिए ।

अभिभावक तथा विद्यार्थीहरुको चाहनालाई मध्यनजर राख्दै पाँचखाल नगरपालिका वडा नं १२ मा रहेको आजाद नमुना माध्यमिक विद्यालयले कक्षा नर्सरी देखि कक्षा १० सम्म अंगे्रजी तथा नेपाली माध्यम बाट शिक्षा प्रदान गर्दै आएको छ ा नीजि विद्यालयमा अगे्रजीमा मात्रै अध्यापन गराउंदै आएकोमा विद्यार्थीहरुको चाहानालाई मध्य नजर राख्दै दुवै भाषामा शिक्षा प्रदान गरेको विद्यालयका शिक्षक बैकुण्ठ न्यौपानेले बताउनु भयो ।

३ नं प्रदेश सरकार, सामाजिक विकास मन्त्रायलको मुल्याङ्कनको आधारमा अव्वल विद्यालय सावित भई नमुना विद्यालय विकासको लागि छनोट भएको विद्यालयले विद्यार्थीहरुको हितको लागि थप नयाा ढंगको कार्यहरु गर्दै जाने तयारी गरेको विद्यालयका प्रधानाध्यापक प्रल्हाद प्रसाद तिमल्सिनाले बताउनु भयो । प्राअ तिमल्सिनाको अनुसार आगामी शैक्षिक सत्रबाट विद्यार्थीहरुलाई सुबिधा दिने उद्देश्यले भेडाबारी र बोहोरे दोभान सम्म विद्यालय बस सञ्चालन गर्ने तयारी गरेको बताउनु भयो । विद्यार्थीहरुको चाहना अनुसारको गुणस्तरीय शिक्षा प्रदान गर्नु विद्यालयको कर्तव्य भएकोले दुई माध्यमबाट शिक्षा प्रदान गरेका छौं । यस बर्षको एसाईई परिक्षामा ७५ जना बिद्यार्थी सहभागि हुंदैछन जसमध्य ३५ जना अंगे्रजी माध्यम र ४० जना नेपाली माध्यमका रहेका छन् ।

नमुना विद्यालय विकासको लागि विद्यालयले २५ बर्षे गुरुयोजना बनाएको छ , जसमा ७६ करोड बजेट प्रस्ताव गरेको छ । नमुना बिद्यालय छनोट भएपछि प्रदेस सरकारले पहिलो बर्षको लागि ५० लाख बजेट विनियोजन गरी सकेको छ । विद्यालयको योजना निर्माणको लागि थप ६ लाख उपलब्ध भएको छ । हाल विद्यालयमा ७ सय ३५ जना बिद्यार्थीहरु अध्ययन गरी रहेका छन् । आगामी शैक्षिक सत्रमा १ हजार विद्यार्थी पु¥याउने लक्षका साथ अगाडी बढेको छ । ३ नं प्रदेशमा रहेको विद्यालयहरु मध्यबाट १० विद्यालय छनोटमा परेकोमा काभे्र जिल्लामा दुई विद्यालय नमुना विद्यालय विकासको लागि छनोटमा परेको हो । जसमा आजाद माध्यमिक विद्यालय र चौरी देउराली गाउंपालिकामा रहेको खाँडादेवि माध्यमिक विद्यालय रहेको छ ।

सरोकार वालाहरुको सुझावको आधारमा नमुना विद्यालय गुरुयोजना मस्यौदा निर्माण सम्पन्न गरी सार्वजनिक गर्ने कार्य शनिबार सम्पन्न भएको छ । सो कार्यक्रममा पाँचखाल नगर शिक्षा शाखा प्रमुख दिनानाथ पन्थिले कक्षा १२ उतिर्ण तथा एसाईई परिक्षा उतिर्ण गरी बाहिरीने बिद्यार्थी भन्दा बढी विद्यार्थी भर्ना हुने वातावरण विद्यालयले मिलाउनु पर्ने बताउनु भयो । विगतको भन्दापनि थप गुणस्तरीय शिक्षा प्रदान गर्ने वातावरणको लागि शिक्षकहरुको गुणस्तर राम्रो हुनुपर्ने सुझाव राख्नु भयो । नगरपालिकाले धेरै सकारात्मक ढंगबाट हेरेकोले विद्यालयको हितको लागि कार्य गर्ने बिषयमा आफुले पहल गर्ने बताउनु भयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर दनुवारको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विद्यालयका शिक्षक बैकुण्ठ प्रसाद न्यौपानेले कार्यक्रम संञ्चालन गर्नुभएको थियो भने विद्यालयका प्रधानाध्यापक प्रल्हादप्रसाद तिमल्सिनाले स्वागत मन्तव्य राख्दै कार्यक्रमको वारेमा प्रकास पार्नुभएको थियो । उक्त कार्यक्रममा पाँचखाल नगरपालिका शिक्षा अधिकृत उदय कोईराला, शिक्षासेवि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु,पाँचखालका विभिन्न विद्यालयका प्रधानाध्यापकहरु, विद्यालयमा अध्ययनरत विद्यार्थीहरु, समाजसेवी लगाएतको उपस्थितिमा गुरु योजना मस्यौदाको बारेमा बृहत छलफल भएको थियो ।

  • अंग्रेजि माध्यमबाट अध्यापन
  • नमुना सामुदायिक विद्यालयमा नीजिको पुस्तक
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ २७ गते बुधबार

    २०८३ साल जेठ २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0