Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८३ जेष्ठ ३०, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सानो सहयोगले कसैको जीवनमा आमूल परिवर्तन गर्छ भने किन नगर्ने -कर्माचार्य, स्वास्थ्य चौकीमा सुत्केरी गराए, प्रोत्साहन भत्ता दिन आफू तयार-नास्नानी

प्रभातफेरी अनलाइन ६३६३ पटक पढिएको प्रकाशित मिति: २०७६ चैत्र १२, बुधबार (६ साल अघि)
सानो सहयोगले कसैको जीवनमा आमूल परिवर्तन गर्छ भने किन नगर्ने -कर्माचार्य, स्वास्थ्य चौकीमा सुत्केरी गराए, प्रोत्साहन भत्ता दिन आफू तयार-नास्नानी

प्रल्हाद शर्मा हुमागाई

पनौती/कार्यक्रमका प्रमुख आकर्षक पनौती नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष रामचन्द्र नास्नानीले सुत्केरी आमाहरुका लागि वडा समितिको तर्फबाट हुनसक्ने जुनसुकै सुविधा दिन तयार भएको खुलासा गर्नुभएको छ ।

स्वास्थ्यचौकीमा आएर सुत्केरी गराउनुहुने प्रत्येक महिलाले खाली हात जानु पर्ने छैन । वडा समिति तथा सामाजिक व्यक्तित्वहरुको तर्फबाट प्रोत्साहन स्वरुप केही न केही सहयोग जुट्ने छ । त्यसैले यो अभियानलाई बढीभन्दा बढी गर्भवती महिलाहरुमाझ पु¥याउनुपर्ने वडा अध्यक्ष नास्नानीको कथन थियो ।

त्यसैगरी अर्का आकर्षक जसले स्वास्थ्यचौकीमा आएर सुत्केरी गराएबापत ५ हजार ५ सय ५५ नगद, दुई लिटर तोरीको तेल र १ क्रेट अण्डा दिएर सुत्केरी हुन स्वास्थ्यचौकी नै जानुपर्छ भन्ने भावनालाई आकर्षित गर्नुहुने सामाजिक युवा व्यक्तित्व एवं जुझारु युवा वडा नं. ७ का वडा सदस्य पुरुषोत्तम कर्माचार्यको कथन छ– आफ्नो सानो सहयोगले कसैको जीवनमा आमूल परिवर्तन आउँछ भने किन सहयोग नगर्ने भन्ने सामाजिक भावनाकै कारण बर्थिङ्ग सेन्टर शुभारम्भ भएको दिन उद्घोष गरेअनुसारको वाचा पूरा गरेको स्मरण गराउनुहुँदै अब नगरपालिकाले आफ्नो वचनबद्धता पूरा गरिदिन्छ भने यो सहयोगलाई आफू निरन्तर दिन तयार रहेको वक्ता कर्माचार्यले स्पष्ट पार्नुभयो ।

कार्यक्रममा नेपाल सरकारको तर्फबाट घोषित प्रोत्साहन भत्ता ३ हजार ८ सय र पुरुषोत्तम कर्माचार्यबाट घोषणा भएको नगद र अन्य सहयोग एकसाथ वितरण गरिएको थियो । गत मंसिर ३० गतेबाट सुत्केरी सेवा आरम्भ भएको पनौती स्वास्थ्यचौकीमा चैत २ गतेसम्म घोषित सुविधा प्राप्त गर्नेहरुमा सुष्मिता रुम्बा खानीखोला गापा, रश्मी देउला पनौती नपा र सुनिता हुमागाईं दलिन्चोक रहेको बताइएको छ ।

गत आइतबार पनौती नगरपालिका वडा नं. ७ काठुँगणेश स्थानमा रहेको सुत्केरी सेवा केन्द्र (स्वास्थ्यचौकी) मा चहलपहल बाक्लै देखिन्थ्यो । पनौती नगरपालिका वडा नं. ६, दलिन्चोक निवासी सुनिता हुमागाईं नवजात शिशुलाई काखमा लिएर बस्नुभएको थियो भने वरिपरि महिला स्वास्थ्य स्वयंसेविकाहरुको बाक्लो घेराबन्दी थियो । त्यही बिच पनौती नगरपालिका वडा नं. ७ का वडा सदस्य जुझारु युवा पुरुषोत्तम कर्माचार्यको आगमन हुन्छ सबैमा हार्दिकता व्यक्त गर्दै स्वागत गर्नुहुन्छ । तत्पश्चात् नगर प्रमुख भीम न्यौपानेज्यूलाई फोन सम्पर्क गर्नुहुन्छ । सम्भवतः प्रमुखज्यूबाट असमर्थ जनाएको हुनुपर्छ, त्यतिबेलासम्म केही सञ्चारकर्मी र वडा अध्यक्षज्यूको पनि आगमन हुन्छ । यसबेलासम्म कार्यक्रम के भन्ने भेउ प्रायः कसैलाई हुन्न । जब स्वास्थ्यचौकी प्रमुख हेमलत्ता मस्राङ्गीले सबै उपस्थित जनहरुलाई केन्द्रिकृत गर्दै सभास्थलतिर जान आग्रह गर्नुहुन्छ । अझै पनि कार्यक्रम के भन्ने आशय खुल्दैन, जब कार्यक्रम सञ्चालक दिनेश घिमिरेबाट कार्यक्रमको शुभारम्भ हुन्छ । सुरुमै कार्यक्रमको अध्यक्षता गर्दै कार्यक्रममाथि प्रकाश पार्न आग्रह हुन्छ, तबमात्र कार्यक्रमको औचित्यता खुल्छ ।

सुत्केरी सेवा केन्द्रको भरपुर उपयोग गर्न सकियो भने सुत्केरी हुन नसकेर मृत्युवरण हुनेको संख्या न्यून गर्न सकिने धारणा मस्राङ्गीको थियो । स्वास्थ्य संस्थामा सुत्केरी गराएबापत राज्य र समाजसेवीबाट जुन प्रोत्साहन भत्ताको व्यवस्था भएको छ, यो अभियानका लागि कोसेढुंगा सावित हुने तर्क राख्नुहुँदै आगामी दिनहरुमा पनि यस किसिमको सहयोगको निरन्तर अपेक्षा राख्दै सम्पूर्ण सहयोगी हातहरुप्रति कार्यालय प्रमुख मस्राङ्गीले आभार व्यक्त गर्नुभएको थियो ।

  • प्रोत्साहन भत्ता दिन आफू तयार-नास्नानी
  • सानो सहयोगले कसैको जीवनमा आमूल परिवर्तन गर्छ भने किन नगर्ने -कर्माचार्य
  • स्वास्थ्य चौकीमा सुत्केरी गराए
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • तारा अधिकारीको नयाँ गीत ‘नभनेका कति कुरा’ सार्वजनिक

    तारा अधिकारीको नयाँ गीत ‘नभनेका कति कुरा’ सार्वजनिक

  • अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

    अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

  • पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

    पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

  • मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

    मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ २७ गते बुधबार

    २०८३ साल जेठ २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    टुक्का साहित्य

    टुक्का साहित्य

    बुद्धिचाल र म

    बुद्धिचाल र म

    बुचाकोट दुर्घटना अपडेट : १६ जना घाइतेको उपचार हुँदै, ८ मृतक मध्ये ६ जनाको सनाखत

    बुचाकोट दुर्घटना अपडेट : १६ जना घाइतेको उपचार हुँदै, ८ मृतक मध्ये ६ जनाको सनाखत

    पनौती नगरको शिक्षा नगरकै नियन्त्रण रहनु पर्ने बाध्यता : नगर प्रमुख भण्डारी

    पनौती नगरको शिक्षा नगरकै नियन्त्रण रहनु पर्ने बाध्यता : नगर प्रमुख भण्डारी

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0