Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन ७, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सरकारको पछिल्लो निर्णयले चौतर्फी प्रशंसा बटुलेको छ- महिला स्वास्थ्य स्वयं सेविका

प्रभातफेरी अनलाइन ६९२५ पटक पढिएको प्रकाशित मिति: २०७६ चैत्र २५, मंगलबार (५ साल अघि)
सरकारको पछिल्लो निर्णयले चौतर्फी प्रशंसा बटुलेको छ- महिला स्वास्थ्य स्वयं सेविका

आर.एल.श्रेष्ठ
बनेपा/नेपाल सरकारको सोमबारको निर्णयलाई प्रत्येक नागरिकसँग प्रत्यक्ष सम्पर्कमा रहनुहुने महिला स्वास्थ्य स्वयं सेविका लगायत यससँग सरोकार राख्ने सबै तह र तप्काले प्रशंसा गरेका छन् ।

कोरोना भाइरस विरुद्ध क्रियाशील रहेका महिला स्वास्थ्य स्वयंसेविकालाई लक्षित गरी क्रियाशिलताको आधारमा प्रोत्साहन भत्ता स्वरुप एक हजार पाँच सय दिने सरकारको उक्त निर्णयलाई सबैले अनुकरणीय कार्यको संज्ञा दिएका छन् । हिजोको दिन मातृ शिशु मृत्युदर अन्तको लागि खेल्नुभएको अतुलनीय भूमिकाले महिला स्वास्थ्य स्वयंसेविकाहरुको समर्पण आज आएर कोसेढुंगा सावित भएको छ । जसको मूल्यांकन गरिएको महसुस महिला स्वास्थ्य स्वयंसेविकाहरुले गर्नुभएको छ । सरकारको यो कदमले महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई प्रोत्साहन मिलेको यस क्षेत्रमा समर्पित हुनेहरुले खुशी मान्नुपर्ने धारणा राख्नुहुन्छ रिता लामा । पनौती नगरपालिका वडा नं. ७ मा आफ्नो कार्यक्षेत्र भएको बताउनुहुने लामा ढिलै भएपनि राज्यबाट जुन प्रयत्न भएको छ, त्यो स्वागतयोग्य भएको छ भन्नुहुन्छ ।

त्यस्तै यसै क्षेत्रलाई कर्मथलो बनाएर समर्पित हुनुहुने नवलपुर जिल्ला मध्यबिन्दु नगरपालिका वडा नं. १४ पोखरीडाँडा निवासी वडा सदस्य एवं महिला स्वास्थ्य स्वयं सेविका अनिसरा मगर (परियार) को कथन छ– यो पेशाप्रति राज्यको आँखा खुलेको महसुस सोमबारको निर्णयले गराएको छ । जुन किसिमबाट सेवामा समर्पित हुनुहुने हजारौं महिला स्वास्थ्य स्वयं सेविकाहरुको सम्मानको खातिर निर्णय भएको आभाष मिलेको छ, जसका कारण आज पेशाप्रति जागरुक हुन उर्जा थपिएको महसुस मैले पाएको छु भन्नुहुन्छ अनिसरा ।

त्यसैगरी तनहुँ जिल्ला बन्दिपुर नगरपालिका वडा नं. ११ धरमपानीलाई कार्यक्षेत्र बनाउनुहुने महिला स्वास्थ्य स्वयं सेविका सपना गुरुङको कथन छ– यो पेशाप्रति बाहिरबाट यो समाजले स्वयं सेविकालाई जसरी हेरेको छ तर भित्री यथार्थ निकै भयावह छ । यो संगीन परिस्थितिमा जसरी खटेर काम गरिएको छ, त्यसका बारेमा आफू त्यही क्षेत्रमा समर्पित भएको हुँदा चर्चा गर्ने शब्द नभइरहेको अवस्थामा नेपाल सरकारले जुन निर्णय ग¥यो त्यसलाई स्वागतयोग्य नै मान्नुपर्छ । यसले म जस्ता हजारौं सेवामा समर्पित महिला स्वास्थ्य स्वयं सेविकालाई उर्जा मिलेको छ तर झट्ट हेर्दा त्यति व्यवहारिक नलाग्न सक्ला । वास्तविकता तर्फ इंकित गर्ने हो भने केही मात्रामा सकारात्मक रुपमा लिनु वाञ्छनित हुन्छ भन्ने मेरो विचार छ ।

डोटी जिल्लाको जोरायल गाउँपालिका निरौलीलाई कर्मथलो बनाएर सेवामा समर्पित महिला स्वास्थ्य स्वयं सेविका शारदा छेडालको कथन छ– जुन किसिमले संकटको घडिमा सरकारले महिला स्वास्थ्य स्वयं सेविकालाई सम्झने जर्मको ग¥यो त्यो नै महत्वपूर्ण पाटोको रुपमा लिन सकिन्छ । हिजोको दिनहरुमा महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई राज्यबाट हेर्ने दृष्टिकोण र आजको दिनमा हेर्ने दृष्टिकोणमा आकाश पातलको फरक पाएको मैले महसुस गरेको छु । जसको पछिल्लो उदाहरण नेपाल सरकारले एकपटकलाई भएपनि प्रोत्साहन भत्ता भनेर जुन रकम तोकिएको छ, त्यसलाई महिला स्वास्थ्य स्वयं सेविकाको क्षेत्रमा अनुकरणीय मान्नुपर्छ ।

त्यसैले राज्यको नीति निर्माण तहमा बस्नेहरुले अतितबाट पाठ सिकेर वर्तमानमा उपयोग गरुन् भन्ने कामना पनि गर्दछु भन्नुहुँदै स्वयं सेविका छेडालको थप कथन थियो– जसरी कर्मचारीहरुलाई विकट बस्तीहरुमा गएर काम गरे बापत जुन किसिमको प्रोत्साहन भत्ता दिइन्छ, त्यसैगरी स्वयं सेविकाहरुलाई पनि उनीहरुको कार्यक्षेत्र हेरेर भौगोलिक बनावट अनुसार सम्बोधन गर्ने जमर्काे गरिएमा आफ्नो सेवाप्रति अझै जागरुकता थपिने तर्क गर्नुहुन्छ स्वयं सेविका छेडाल ।

  • सरकारको पछिल्लो निर्णयले चौतर्फी प्रशंसा बटुलेको छ- महिला स्वास्थ्य स्वयं सेविका
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन ६ गते बुधबार

    २०८२ साल फागुन ६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    बहुप्राविधिक शिक्षालय स्थानान्तरणमा जनअसन्तुष्टि

    बहुप्राविधिक शिक्षालय स्थानान्तरणमा जनअसन्तुष्टि

    काभ्रे–२ मा बसुन्धरा हुमागाईको समाजवादी संकल्प कृषि, पूर्वाधार र रोजगारीमार्फत् समृद्धिको एजेण्डा

    काभ्रे–२ मा बसुन्धरा हुमागाईको समाजवादी संकल्प कृषि, पूर्वाधार र रोजगारीमार्फत् समृद्धिको एजेण्डा

    नेकपाको सरकार बने डेढ बर्षभित्र देश पूर्ण रुपमा विद्युतीकरण हुन्छ

    नेकपाको सरकार बने डेढ बर्षभित्र देश पूर्ण रुपमा विद्युतीकरण हुन्छ

    दुप्चेश्वरमा कांग्रेस र एमाले परित्याग गरी सयौं नेता-कार्यकर्ता कम्युनिस्ट पार्टीमा प्रवेश

    दुप्चेश्वरमा कांग्रेस र एमाले परित्याग गरी सयौं नेता-कार्यकर्ता कम्युनिस्ट पार्टीमा प्रवेश

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0