Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख २७, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

युवा नै रुपान्तरणका वाहक हुन् देशलाई समृद्धितर्फ उन्मुख गराउने हो भने नेतृत्व युवाले पाउनुपर्छ- नेता सुवेदी

प्रभातफेरी अनलाइन ७२१८ पटक पढिएको प्रकाशित मिति: २०७७ बैशाख १७, बुधबार (६ साल अघि)
युवा नै रुपान्तरणका वाहक हुन् देशलाई समृद्धितर्फ उन्मुख गराउने हो भने नेतृत्व युवाले पाउनुपर्छ- नेता सुवेदी

प्रल्हाद शर्मा हुमागाइ

पनौती/विश्वलाई कोभिड १९ ले आक्रान्त बनाइरहेको अवस्थामा पनौतीका युवाहरुले अनुकरणीय भूमिका निभाएको संविधान सभाका सांसद एवं नेकपाका नेता रामहरि सुवेदीले एक कार्यक्रम बिच बताउनुभएको छ ।

मुलुक लकडाउनको ३५औं दिन पार गरिरहँदा पनौतीका युवाहरुले दैनिक बिहान ४५÷५० बेलुका ४५÷५० विपन्न मजदुरहरुलाई खानाको व्यवस्थापन गरी विषम् परिस्थितिमा युवाहरुले अनुकरणीय योगदान गरेको तथ्य नेता सुवेदीले उजागार गर्नुभएको छ । सुवेदीका अनुसार युवा नै रुपान्तरणका वाहक हुन् । अबको नेतृत्व युवाले पाउनुपर्छ । यदि यस्तो हुन सकेन भने शहीदहरुले बगाएको रगतको अवमूल्यन हुने खुलासा समेत नेता सुवेदीले व्यक्त गर्नुभयो । असहाय, विपन्नहरुको दैनिकीलाई सहज रुपमा खानाको व्यवस्थापन गर्नु युवाहरुले प्रत्येक नागरिकलाई प्रेरणा जगाएका छन् । यसरी खाना खुवाउने क्रममा आठ वर्षको बालक देखि ७०÷७५ सम्मका वृद्धा समूहले सडकको जीवन व्यतित गर्नुले पनि अबको जिम्मेवारी युवाले पाउनुपर्ने नेता सुवेदीको तर्क थियो ।

अहिले नेपाल मात्र होइन विश्व नै जटिल परिस्थितिमा गुज्रिन पुगेको छ । यो अवस्थामा युवाहरुले संयमताका साथ आफ्नो भूमिकालाई उच्च राख्नुको विकल्प छैन भन्नुहुँदै नेता सुवेदीको थप कथन थियो– कुनै पनि नागरिकले अभिभावकत्व विहिन भएको अनुभूति गर्नु नपर्ने किसिमले युवाहरुले आफूलाई समर्पित गर्नुपर्ने नेता सुवेदीले जिकिर गर्नुभयो ।

सोही क्रममा विगत ३५ दिनदेखि अनवरत रुपमा खटिएका पनौती युवा मञ्चसँग आबद्ध युवाहरुको ढुकढुकी सौगात बस्नेतको कथन थियो– सहयोगी हातहरुको कारण आजका दिनसम्म दैनिक हामीले ४५ देखि ५० जनालाई साँझ बिहानको खाना व्यवस्थापन गर्दै आएका छौं । यसबाट पनौती युवा मञ्च सहयोगी मनहरुप्रति आभार व्यक्त गर्दै ति तड्पिएका आत्माहरुमा मलमपट्टि लगाउने कार्य भएको आफू र आफ्नो समूहले महसुस गरेको धारणा राख्नुहुँदै यसबाट पनौती क्षेत्रभित्र सडक पेटीमा रुमलिएका आत्माहरुका साथ बटुवाहरुको समेत आत्माले सन्तुष्टि प्राप्त गरेको बस्नेतको ठहर छ । बस्नेतका अनुसार यस किसिमको व्यवस्थापन गर्न नसकेको भए यो ३५ दिनको दौरानमा पनौतीमा अप्रिय घटनाहरु घट्न सक्थे । कतिको जीवनलिला अन्त हुन्थ्यो । यो अभियानले सडकमा पिल्सिएका धेरैले पुनर्जीवन पाएको बस्नेतको कथन थियो ।

पनौती युवा मञ्चले सुरुका दिनदेखि निरन्तर रुपमा आज ३८औं दिनसम्म सडकमा अलपत्र रहेका बालकदेखि वृद्धहरुसम्मलाई खानपानको व्यवस्थापन गरेर पनौती क्षेत्रलाई अस्तव्यस्त हुनबाट जोगाएको छ । यसरी युवाहरुको सक्रियतामा भएको यो कार्यलाई पनौती क्षेत्रभित्रका व्यवसायीहरुले सक्दो सहयोग गरेको युवाहरु बताउँछन् ।

  • युवा नै रुपान्तरणका वाहक हुन् देशलाई समृद्धितर्फ उन्मुख गराउने हो भने नेतृत्व युवाले पाउनुपर्छ- नेता सुवेदी
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

    अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

  • पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

    पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

  • मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

    मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

  • प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

    प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख २३ गते बुधबार

    २०८३ साल वैशाख २३ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0