बनेपा/नेपाल कम्युनिष्ट पार्टीका जुझारु युवा नेता महेश केसीको सुरिखोला हाइड्रो पावर कम्पनी दोलखामा रहेको क्रेनको लठ्ठा चुँडिदा शनिबार बिहान केसीको घटनास्थलमै निधन भएको थियो । उक्त घटनापश्चात् नेता केसीको अन्तिम दाहसंस्कारका क्रममा श्रद्धाञ्जली व्यक्त गर्न पनौती त्रिवेणीघाट आइपुगेका बागमती प्रदेश सदस्य इन्द्रबहादुर थिङ छिन्ताङले कम्युनिष्ट आन्दोलनको एउटा हस्ती अस्ताएको पिडा पोखेका थिए ।
कम्युनिष्ट आन्दोलनको एउटा योद्धा गुमाएका छौं, पार्टीको इमान्दार सिपाही गुमाएका छौं । हामी अहिले अत्यन्तै मर्माहित अवस्थामा श्रद्धाञ्जली व्यक्त गरिरहेका छौं । महेशजीको निधनले कम्युनिष्ट आन्दोलनमा अपूर्णीय क्षति हुन पुगेको छ । यसबाट पार्टी पंक्तिमा आघात पुगेको छ । यसको क्षतिपूर्ति कुनै पनि मूल्यमा प्राप्त हुन नसक्ने नेता थिङले बताउनुभएको थियो । आफूले विश्वासै गर्न नसकेको कसरी त्यो अनकन्टार बस्तीमा पुगेर अप्रिय घटनाको सिकार हुन पुग्नुभयो ! अझै विश्वास लाग्दैन, सधैं नेतृत्व र पार्टी कार्यालयको काममा व्यस्त रहने मान्छे एकाएक दुर्घटनाको खबर सुन्दा पत्याउनै सकेनौं । कति साथीहरुलाई त मैले यो हुनै नसक्ने घटना पनि भनें । हाइड्रो पावर कम्पनीले चलाखीपूर्ण ढंगले जुन प्रक्रिया पूरा ग¥यो, त्यसका बारेमा हाम्रो केही गुनासो छैन । किनकी हाम्रो योद्धा गुनासो पोखेर फर्किँदा पनि फर्किँदैन तर जुन विधि र पद्धति अपनाइयो, त्यसप्रति यो दुःखद घडिमा कम्पनीको व्यवहारप्रति आपत्ति जनाउँदछु । हामीले कहिलेकाहिँ अकल्पनीय घटनाको सिकार हुनुपर्दाे रहेछ । त्यसैको प्रतिबिम्ब आज व्यहोरिरहेका छौं ।
श्रद्धाञ्जली व्यक्त गर्न त्रिवेणीघाट आइपुग्नुभएका पनौती नगरपालिकाका प्रमुख एवं नेकपाका नेता भिम न्यौपानेको कथन थियो– पार्टीले महेशजीको निधनबाट अपूरनीय क्षति व्यहोर्न पुगेको छ । यसबाट पार्टीलाई र पार्टीभित्रका युवापंक्तिलाई संयमित भई शोकलाई शक्तिमा बदल्ने साहस निर्माण गर्नुपर्ने अहिलेको अवस्था रहेको बताउनुभएको थियो ।
शनिबार राती पनौतीको त्रिवेणीघाटमा श्रद्धाञ्जली व्यक्त गर्न पुगेका युवा नेता मिनबहादुर वाइबा (ज्वाला) को कथन छ– युवा संघले एउटा जेहेन्दार योद्धा गुमाएको छ । आफू र आफ्नो पार्टीले यो घटनाको बारेमा विश्वासै व्यक्त गर्न सकिरहेको छैन । अत्यन्तै दुःखद घटनाले प्रताडित बनेका छौं । आफ्नै अगाडि दाहसंस्कार गरेर फर्किएका छौं तर पनि खिसिक्क हाँस्दै टुप्लुक्क आइपुग्छन् कि जस्तो लाग्छ । जस्तोसुकै परिस्थितिमा पनि पार्टीको निर्देशन शिरोपर गरेर एउटा कम्युनिष्ट सिपाहीले निर्वाह गर्ने भूमिका महेशजीले गर्दै आउनुभएको थियो । यथार्थमै भन्नुपर्दा उहाँ युवाहरुको नमूनाका रुपले परिचालित एउटा सिपाही हो । आज हामीले श्रद्धाञ्जली व्यक्त गरिरहँदा युवाहरुले महेशजीको अनुशरण गर्न सके मात्र उहाँप्रतिको सच्चा श्रद्धाञ्जली ठहरिने छ ।
जिल्ला कमिटी सदस्य मर्दनसिं तामाङ (पेमा)– कम्युनिष्ट यात्राको पिल्लर ढलेको छ । पार्टीप्रति त्यति इमान्दार कार्यकर्ता पाउन दुर्लभ नै हुन्छ । पार्टीको निर्देशनलाई शिरोपर गरेर व्यवहारमा उतार्ने एउटा योद्धा हामीले गुमाएका छौं । महेशजीको मृत्युवरणले पार्टीलाई ठूलो आघात पुगेको छ । पार्टीपंक्ति अत्यन्तै दुखित हुन पुगेका छौं । त्यस किसिमको इमान्दार कार्यकर्ता पार्टीले पाउन नसक्ने तामाङको जिकिर थियो ।
त्यस्तै युवा नेता एवं सहयात्री रमेश हुमागाईंको तर्क छ– जनयुद्धदेखि आजसम्म आउँदा हजारौं सहयात्री गुमायौं तर आज जति पिडा कहिल्यै भएन । हाम्रो सहयात्री गुमाउँदाका बारेमा प्रयोग गर्ने शब्द नै मसँग रहेन । अब के नै भन्नु छ र ! एउटा होनहार सारथी हामी युवाले गुमाएका छौं भने कम्युनिष्ट आन्दोलनले सशक्त योद्धाको खाँचो महसुस गर्नेछ । त्यसैले जति नै शब्दहरु ओकलेता पनि सहयात्री महेशप्रति अपुरै हुन जान्छ ।
शनिबार राती त्रिवेणीघाटमा नेपाल कम्युनिष्ट पार्टीको झण्डा र युवा संघको झण्डा ओढाएर स्व. महेश केसीप्रति सम्मान व्यक्त गरिएको थियो । उक्त सम्मान व्यक्त गर्न प्रदेश सदस्यहरु रामहरि सुवेदी, इन्द्रबहादुर थिङ छिन्ताङ, सांसद चन्द्र लामा, पनौती नगरपालिकाका प्रमुख भिम न्यौपाने, नेताहरु कान्छालाल जिम्बा, भोला अर्याल, होमबहादुर खुलाल, सुरेश हुमागाईं, विश्वेश्वर बञ्जारा, सुदर्शन सुवेदी, सरोज कुईंकेल लगायतका सयौं युवा नेताहरुको सहभागिताहरुले मृतक केसीप्रति पुष्प गुच्छा र खादाद्वारा सम्मान व्यक्त गरेका थिए । मृतक महेश केसीको शवमा उनका पिताले दागबत्ती दिएका थिए । सोही घटनाका बारेमा नेकपा काभ्रे जिल्ला अध्यक्ष रेणु चौलागाईंले दुःख व्यक्त गर्दै कम्युनिष्ट आन्दोलनमा अपुरनीय क्षति भएको उल्लेख गर्दै विज्ञप्ति जारी गर्नुभएको थियो ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |