logo
२०८३ अषाढ ११, बिहिबार |
📰
🔍

विजयनगरद्धारा एम्बुलेन्स सञ्चालन

प्रभातफेरी अनलाइन६३३७ पटक पढिएको प्रकाशित मिति: २०७७ कार्तिक ७, शुक्रबार(५ साल अघि)
विजयनगरद्धारा एम्बुलेन्स सञ्चालन

धनीराम कोरी
कपिलवस्तु । कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिकाले बुधवारदेखि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले पिपरी समयमाई मन्दिरमा पुजाआजा गरी एम्बुलेन्स सेवाको उद्घाटन गर्नुभएको हो ।
अध्यक्ष थापाले एम्बुलेन्स सेवा सञ्चालनको उद्घाटन गर्दै यहाँका जनताहरुले अब सजिलै औषधी उपचार सेवा पाउने बताउनुभएको छ । गाउँपालिकाले यहाँका नागरिकहरुको स्वास्थ्यलाई प्राथमिकतामा राखी अगाडी बढिरहेकोे थापाले बताउनुभयो । स्वास्थ्य नै सबैभन्दा ठुलो धन हो भन्दै मानिस स्वास्थ्य रहे मात्र विकासका क्षेत्रमा फड्को मार्न सकिने उहाँले बताउनुभयो ।
गाउँपालिकामा एम्बुलेन्स नहुँदा जनताले सम्बन्धित ठाउँमा पुग्न निकै समस्या भोग्दै आएका थिए । कतिपय अवस्थमा विरामी हुँदा यातायातको साधन नपाउँदा अकालमै मृत्युवरण गर्नुपर्ने जस्ता विभिन्न समस्याहरु भोग्दै आइरहेका थिए भने अबदेखि नागरिकहरुले समयमै औषधी उपचार गर्न एम्बुलेन्स सेवा पाउने भएको गाउँपालिकाका अध्यक्ष थापाले बताउनुभएको छ ।
गाउँपालिकाले आर्थिक वर्ष २०७६÷०७७ को खरिद गर्ने कार्यक्रम रहे तापनि कोरोना भाइरस (कोभिड–१९) को कारण गर्दा यस वर्षको सुरुमै एम्बुलेन्स ल्याएको प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले बताउनुहुँदै एम्बुलेन्स सञ्चालन कार्यविधि अनुसार व्यवस्थापन गर्ने भट्टराईले बताउनुभएको छ ।