सिन्धु पौडेल
चितवन, भरतपुर
बादलको सिरक ओढेर
लमतन्न सुतेको धर्ति
मस्त निदाइरहेथ्यो
आकाशको छानोमुनि निमग्न
चराचर जगत सुरम्य थियो
प्राणीहरु निस्फिक्री थिए
म निसन्देह जीवन जगत भोगीरहेथें
लग्थ्योस मान्छेले स्वर्ग निर्माण गर्दैछ
र, म भोग्न आतुर छु त्यो भूस्वर्ग !
हिमाल झल्किन्छ मन हरेर
पहाड ढल्किन्छ दिल चोरेर
तराई मस्किन्छ धित मारेर
झरनाको गीत
खोलाको सङ्गीतमा
डाँफेको नृत्य
उता समुद्र ताली बजाउने
मस्त लट्ठिने मान्छे
मान्छेको उन्नति मान्छेले नै सहेन
आयो भुइँचालो
गयो पहिरो
लाग्यो महामारी !
म अब निरीह छु
इतिहासको कठघरामा ठिङ्ग उभिएर
दुरुह मान्छेको दारुण चित्र हेर्दैछु
सुत्न सक्दिन हिजोजस्तो
सपना देख्दिन पहिलेझैं
कसले हान्यो ढुङ्गा
त्यो सुन्दर,शान्त विशाल तलाउमा
जहाँ हिजोको त्यो तेजस्वी मान्छे
आज खिया लागेको फलाम झैं छ
सोच्दैछु
के अब घाम लाग्दैन यो धर्तीमा ?
नहोला बिहान मिरमिरे ??
सक्यो कोरोनाले सर्वश्व ??
कठै, मानव सभ्यता… !
फेरि मेरो अन्तरमन बोल्छ
हरेक कालो रातलाई चिर्दै
एउटा सुनौलो बिहान आए जसरी
घाम झुल्किनेछ आशाको
समस्या सुल्झाउन
आउनेछन् समाधानहरु
दानविय महामारी धपाउन
इश्वर ओर्लिनेछन् धर्तिमा
औसधि बनेर घरघर पुग्नेछ
सफल मानव अन्वेषण
र मुस्कुराउनेछ ब्रह्माण्ड
अब म आशावादी छु
सम्भावित खुशीको
त्यो क्षण सम्झेर ।
प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित
प्रभातफेरी डट कम
बनेपा नपा-५,राजदास मार्ग
९७५१०२८४५०,९८४१४२८४५०
उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७
जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२
सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |