Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन ७, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

जनताले माने न्यायालय हो अनि न्यायाधिश हो ः नेता चौलागाईं

प्रभातफेरी अनलाइन ४९९९ पटक पढिएको प्रकाशित मिति: २०७७ माघ २१, बुधबार (५ साल अघि)
जनताले माने न्यायालय हो अनि न्यायाधिश हो ः नेता चौलागाईं

काभ्रे । असंवैधानिक, अलोकतान्त्रिक कदमका विरुद्ध आयोजित विरोध सभालाई सम्बोधन गर्ने क्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य एवं प्रवास संयोजक युवराज चौलागाईंले जनताले माने न्यायालय हो, जनताले माने न्यायाधिश हो, संविधानको अक्षर हेरेर नभई ! कुनै नेताको अनुहार हेरेर अदालत निर्णयमा पुग्छ भने नेपाली जनता त्यस्तो अदालतको आदेशको विरुद्ध जाईलाग्ने बताउनुभएको छ ।

न्यायालयप्रति इंकित गर्दै नेता चौलागाईंको थप कथन थियो– अहिले प्रधान न्यायाधिशको जुन किसिमको गतिविधि गरिरहेका छन्, त्यसमा केपी ओलिको गन्ध आएको छ । तसर्थ ओलिको गन्ध, ओलिको छायाँ यदि न्यायालयमा देखिन्छ भने नेपाली जनताको करबाट पालिएका न्यायमूर्तिहरु पनि जनताको कठघरामा उभिनुपर्ने हुन्छ । यदि जनमतको अवज्ञा भयो भने नेपाली जनताले न्यायालय पनि छाड्ने छैनन् । अदालतले जनताको सम्मान गरोस्, अदालतले संविधानको सम्मान गरोस्, हामी अदालतको सम्मान गर्छाैं । अदालतले जनताको सम्मान गरिदियोस् भन्ने हामी आन्दोलनकारीको आग्रह हो । अदालतले संविधान हेरेर सत्यतथ्य परक निर्णय गरेमा हाम्रो आपति छैन । यदि कसैको अनुहार हेरेर निर्णयमा पुग्छ भने अदालतले पनि एकपटक इतिहास पल्टाउन समेत नेता चौलागाईंले अदालतलाई आग्रह गर्दै न्यायालयप्रति चुनौती दिन पछि पर्नु भएन ।

केपी ओलिको संसद विघटन र चुनाव घोषणा एउटा नाटक मात्रै हो । यो केटाकेटी खेलौना जस्तै हो । चुनाव त्यति सहजै हुने यात्रा पनि होइन र कुनै पनि हालतमा वैशाखमा चुनाव पनि हुने छाँटकाँट पनि छैन । यो त मात्रै नौटंकी गरिएको हो । त्यसैले ओलिको यो नौटंकीभित्र कोही पनि नभुलौं भन्दै नेता चौलागाईंले माघ २८ गतेको राजधानी केन्द्रित आन्दोलन मात्र नभई यसले लामो यात्रा पनि तय गर्नपर्ने हुन्छ । त्यसका लागि पनि हामी नेपाली जनतासँग आग्रह गर्न चाहन्छौं, साथ दिनुहुनेछ भन्न पछि पर्नुभएन । आफ्नो सम्बोधनका क्रममा ओलि सरकारले कम्युनिष्ट कार्यभारलाई लत्याएर जुन किसिमको गतिविधि गरेको छ, त्यसका विरुद्ध उसका कुनै पनि छेकबारले रोक्न नसक्ने बताउनुभएको छ ।

तस्वीर ः रमेशप्रसाद तिवारी

देशभक्तिपूर्ण आन्दोलनले ति अवरोधहरुलाई चिर्नेछ र समग्र नेपाली भूमि आन्दोलित हुनेछ । जसले सडकबाट सत्ता कब्जा गर्न गरेका आन्दोलनहरु यसका उदाहरणहरु हुन् । जुन किसिमको भ्रम छरेको छ ओलिले ति भ्रमका खेतीहरु धेरै दिन टिक्न सक्ने छैनन् । त्यसको जवाफ सडकबाट दिनेछौं । यो व्यवस्था बचाउन हामी सडकमा आएका हौं, त्यसका लागि नेपाली जनता तयार छ । संविधान सभाबाट बनेको संविधानको संरक्षण गर्न हामी खबरदारी गरिरहेका छौं । जुन खबरदारीमा जनलहर आएको छ, त्यसको आँकलन अधिनायकवाद प्रतिगमनको नाइके ओलिले आँकलन पनि गर्न सक्ने छैन । हामी आफैंभित्रबाट आएको कु पक्षका विरुद्ध आन्दोलनमा छौं भन्नुहुँदै नेता चौलागाईं थप्नुहुन्छ– अहिले सडकमा जुन किसिमको जनसागर देखिएको छ, त्यसका लागि ओलिका झुण्ड केही होइनन् । ति झुण्ड बाहेक सबै सडकमा ओर्लिएका छन् । संविधान बचाउनु छ, सीमित अधिकारहरुको सुरक्षा गर्नुछ, सुशासन कायम गर्नुछ । त्यसका लागि हाम्रो आन्दोलन समर्पित छ । जुन उद्देश्य सहित जनताले मतदान गरेर पठाएका थिए, त्यसलाई कुठाराघात गर्ने काम यो सरकारले गरेको छ । त्यसका विरुद्ध हाम्रो सशक्त आन्दोलन हो यो । जसबाट फेरि जनताका अधिकारहरु सुनिश्चित गर्नेछौं, गरिबका अनुहारमा मुस्कान ल्याउनेछौं, हेपिएकाहरुलाई सम्मान दिनेछौं भन्ने अठोटका साथ आन्दोलनमा आएका छौं । यो म्यादी सरकार ढल्नेछ, बढीमा यसको आयोग १ महिनाभन्दा टाढा जानेछैन भन्ने विश्वास आफूले लिएको धारणा राख्नुहुँदै ओलिको बोलीमा विश्वास गर्नु प्रत्येक नेपालीको भुल हो । जनताको तहबाट माथि उठ्दै असंवैधानिक कदमका विरुद्ध लडौं, खबरदारी गर्नु अपराध हो भने हामी अपराधी नै हुन तयार छौं ।

ओलिको अहम्ताले यो मुलुकलाई गम्भीर दुर्घटनातर्फ निम्त्याउनेछ । सम्भवतः अहम्ताले संकटकाल ननिम्त्याउला भन्न सकिन्नँ । सैनिक शासन लगाएर सत्ता टिकाउने रणनीतिमा ओलि देखिन्छ । त्यसैले पनि न्यायप्रेमी जनसमुदायले त्यसका विरुद्ध आफूलाई सशक्त रुपमा उभ्याउन जरुरी छ । हेक्का रहोस्, ओलिले देशबाट सधैंका लागि संघीयता खोस्दै छ । सर्वाेच्च अदालतमा देखिएका गतिविधिहरुतर्फ इंकित गर्दै नेता चौलागाईंको थप कथन थियो– कसैले मानोस् या नमानोस् अन्तिम न्यायाधिश जनता नै हुन् । जनताको अदालतबाट हुने निर्णय नै अन्तिम हुनेछ । हामी अदालतको सम्मान गर्छाैं, अदालतले जनताको सम्मान गर्नेछ भन्ने विश्वास हामीले लिएका छौं । अदालतले जनभावनालाई कुल्चिने प्रयत्न ग¥यो भने त्यो उसका लागि चुनौतीपूर्ण हुनसक्छ । तसर्थ, केपी ओलिमार्फत् केही उपादयता चाहेकाहरुले उदण्ड किसिमबाट ओलिलाई प्रयोग गरिरहेका छन् । जसको कारण प्रतिगमन नै यो मुलुकको प्रमुख मुद्दा भएको छ । निरंकुशतालाई जनताले ढाल्छन्, आजसम्मको इतिहासमा सत्ताले जनता हराएको छैन । तसर्थ पनि यो आन्दोलनबाट प्रतिगमन सदाको लागि अन्त्य हुने विश्वास नेता चौलागाईंले राख्नुभएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन ६ गते बुधबार

    २०८२ साल फागुन ६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    बहुप्राविधिक शिक्षालय स्थानान्तरणमा जनअसन्तुष्टि

    बहुप्राविधिक शिक्षालय स्थानान्तरणमा जनअसन्तुष्टि

    काभ्रे–२ मा बसुन्धरा हुमागाईको समाजवादी संकल्प कृषि, पूर्वाधार र रोजगारीमार्फत् समृद्धिको एजेण्डा

    काभ्रे–२ मा बसुन्धरा हुमागाईको समाजवादी संकल्प कृषि, पूर्वाधार र रोजगारीमार्फत् समृद्धिको एजेण्डा

    नेकपाको सरकार बने डेढ बर्षभित्र देश पूर्ण रुपमा विद्युतीकरण हुन्छ

    नेकपाको सरकार बने डेढ बर्षभित्र देश पूर्ण रुपमा विद्युतीकरण हुन्छ

    दुप्चेश्वरमा कांग्रेस र एमाले परित्याग गरी सयौं नेता-कार्यकर्ता कम्युनिस्ट पार्टीमा प्रवेश

    दुप्चेश्वरमा कांग्रेस र एमाले परित्याग गरी सयौं नेता-कार्यकर्ता कम्युनिस्ट पार्टीमा प्रवेश

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0