Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ जेष्ठ २, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

कोरोनाको महामारीबाट संयम होऔं

प्रभातफेरी अनलाइन ६७०२ पटक पढिएको प्रकाशित मिति: २०७८ बैशाख १५, बुधबार (५ साल अघि)
Post Thumbnail

दोस्रो लहरको कोरोना संक्रमणपछि पनि मानिसले जनस्वास्थ्यका मापदण्ड पालना नगरेको, भीडभाड हुने कार्यलाई जारी राखेकाले संक्रमण तीव्र रूपमा फैलिरहेको छ । कोरोनाको महामारी फैलदै गर्दा सरकारले भिडभाड हुने ढंगको कुनै कार्य नगर्न निर्देशन दिएपनि व्यवहारमा उतार्न नसक्दा नेपाली जनताहरु त्रसित भएका छन् । सरकारको निर्देशनमा विद्यालय बन्द भयो तर अन्य भिडभाड हुने ढंगको कार्य निरन्तर रुपमा हुदै गर्दा सम्बन्धित निकायको मौनताले रोगको प्रकोप फैलने संभावना बढ्दो छ । महामारीको बारेमा सरकारले कडाई नगर्दैमा नेपाली जनताहरुले लापर्वाही गर्नु संक्रमणलाई बढाउनु हो ।

हरेक प्रकारको कार्यक्रममा २५ जनाभन्दा बढीको उपस्थिति हुन नहुने सरकारी निर्देसन छ । तर सरकारको निर्देसनलाई पालना नगर्नु भनेको संक्रमणलाई फैलाउने कार्यलाई टेवा पु¥याउने हो । धार्मीक मान्यता अनुसार लामो समयसम्म शुक्र अन्ध भए, जुन समयमा कुनैपनि शुभ कार्य गर्न नहुने धार्मिक मान्यता अनुसार माघ रफाल्गुण महिनामा कुनैपनि शुभ कार्य हुन सकेन । जसको कारण बैशाख महिनामा विवाह, ब्रतबन्ध, सप्ताह मात्रै नभएर मठ मन्दिरम दर्शन गर्नेहरुको भिडभाड रहेको छ । नेपालको बिभिन्न शक्तिपिठहरुमा भक्तजनहरुको लर्को ठुलै छ । जसका कारण कोरोनाको महामारी फैलने संभावना बढी रहेको छ । यस्तो भयावह अवस्थालाई मध्य नजर राख्दै भिडभाडमा सहभागी नहुनाको साथै स्वास्थ्य मापडण्ड पुरा गर्न जरुरी रहन्छ ।

हिन्दुधर्म अनुसार गरिने विभिन्न शुभ अशुभ कार्यहरु गर्दा स्वास्थ्य मापदण्ड पुरा नगरेको पाईन्छ । जसको कारण महामारी फैलने खतरा बढ्दै छ । यस्तो जटिल अवस्थामा गरीने हरेक प्रकारको कार्यमा स्वास्थ्य मापदण्ड पालना गर्दै सामाजिक दुरी कायम गरी भिडभाड नहुने ढंगबाट कार्य सम्पन्न गर्न जरुरी रहन्छ । विकराल अवस्थामा सम्म्यम रहेर महामारी फैलन नदीनु हामी सवैको कर्तव्य हो, सरकारले कडाई नगरेको भन्दै स्वास्थ्य मापदण्ड पुर्ण नगर्नु हामी सवैको कमजोरी रहन्छ । आफ्नो परिवार,टोल छरछिमेक, गाउं, नातागोता साथै नेपालमा कोरोना फैलन नदिनको लागि हामी आफैले भुमिका निर्वाह गर्न जरुरी रहन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख ३० गते बुधबार

    २०८३ साल वैशाख ३० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

    पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0