Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० जेष्ठ २७, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

निजी शैक्षिक संस्थाहरुका मनोमानी विरुद्ध समाचार आउनुपर्छ ः महासंघ

प्रभातफेरी अनलाइन ५५२९ पटक पढिएको प्रकाशित मिति: २०७८ अषाढ २२, मंगलबार (१ साल अघि)
निजी शैक्षिक संस्थाहरुका मनोमानी विरुद्ध समाचार आउनुपर्छ ः महासंघ

काभ्रे । कोभिडको दोस्रो लहरले थिलथिलाएको घाउमा निजी शैक्षिक संस्थाका सञ्चालकहरुले नुनचुक लगाउने काम गरेको पिडित अभिभावकहरुको गुनासो छ । अनलाइन शिक्षाका नाममा अभिभावकहरुमाथि निजी शैक्षिक संस्थाका सञ्चालकहरुले ज्यादती नै गरेको अभिभावकहरु बताउँछन् ।
आफ्नो नाम सार्वजनिक नगरिदिन आग्रह गर्दै अभिभावकहरुको गुनासो छ, कोरोनाका नाममा लुट्ने काम भएको छ । यस किसिमका उत्श्रृंखल गतिविधिका बारेमा सरोकारवाला निकायले चासो नदिएकोमा आक्रोश पोख्न पछि पर्दैनन् अभिभावकहरु । उहाँहरुको गुनासो कसले सुनिदिने ? वर्षदिनमा एक पटक पनि कति किताबका पानाहरु पल्टिन्नन् तर हामीले उनीहरुले भनेको पुस्तक पसलबाट किताब खरिद गरिदिनुपर्छ । यस किसिमका ध्रुत गतिविधिका बारेमा बोलिदिने कोहि भएन भन्दै गुनासो राख्न पछि पदैनन् । पाठ्यक्रम विकास केन्द्रले प्रतिबन्ध लगाएका पुस्तकहरु किन्नुपर्ने बाध्यता छ । यस किसिमको मनोमानीका विरुद्ध कसले बोलिदिन्छ ? पाठ्यक्रम विकास केन्द्र भन्छ, सरकारले स्वीकृति नदिएका पाठ्यपुस्तकहरु नबेच्नुस्, अनि प्रयोग नगर्नुस् भनेर सार्वजनिक सूचना जारी गर्छ तर प्रकाशन गृह र वितरकहरुको मिलेमतोमा निजी शैक्षिक संस्थाहरुलाई मोटो रकम कमिशन दिएर राज्यद्वारा जारी नीति नियमलाई लत्याउने काम भएको छ ।
यस किसिम गतिविधिका विरुद्ध आजसम्म कसैले आवाज नउठाउनुले सरोकारवाला निकायको मौन समर्थन त होइन ! भन्ने शंका उठ्नु स्वभाविक हो । प्रतिबन्धित पाठ्यपुस्तक छ्याप्छ्याप्ती बजारमा बिक्रि हुनु र उक्त किताब किन्नका लागि दबाब दिने शैक्षिक संस्थाहरुप्रति नियमन कार्य निकायको ध्यान जाओस् भन्ने गुनासो अभिभावकको छ ।
पछिल्लो समय निजी शैक्षिक संस्था सञ्चालकहरुले अभिभावकहरुको कमजोरीको फाइदा उठाउँदै अनलाइन शिक्षाका नाममा मनोमानी शुल्क उठाएको यथार्थ भएको बताउँछन् शैक्षिक धरोहर टिकाराम गैरे । उहाँको कथन छ– शैक्षिक संस्था सञ्चालकहरुले विद्यार्थीहरुलाई हतियार बनाएर अभिभावकमाथि ज्यादती गरेको पाइन्छ । किनकी आफ्ना बालबालिकाको खुशीका लागि अभिभावकहरु जुनसुकै जोखिम पनि उठाउन तयार भएको मनोवैज्ञानिक प्रभावकै कारण निजी शैक्षिक संस्थाका सञ्चालकहरुले मनोमानी ढंगले शुल्क उठाउनुको साथै गुणस्तररहिन पाठ्यपुस्तकप्रति अभिभावकहरुलाई बाध्यात्मक अवस्था पारी खरिद गराएका छन् । जसबाट विद्यालय सञ्चालकहरुलाई ५५ प्रतिशतसम्म कमिशन आउने स्रोतको दाबी रहेको प्राज्ञ गैरेकोे टिप्पणी छ ।
यिनै विषयलाई लिएर अभिभावकहरुद्वारा उठाइएका आवाजहरुको समाचार संकलन गर्न सम्बन्धित स्थानमा पुगेका सञ्चारकर्मीहरुमाथि भएको दुव्र्यवहारको नेपाल पत्रकार महासंघले गम्भीर आपत्ति प्रकट गरेको छ । कुनै पनि सञ्चारकर्मीलाई समाचार लेखेकै भरमा धम्क्याउँदै, दुव्र्यवहार हुँदैमा सत्यतथ्य, निष्पक्ष समाचार कोर्नमा नरोकिने नेपाल पत्रकार महासंघले जनाएको छ । समाचार संकलनका क्रममा एभिन्युज टेलिभिजन र प्राइम टेलिभिजनमा कार्यरत पत्रकारमाथि पिंगलास्थानस्थित प्यारागन पब्लिक स्कुलको व्यवस्थापनबाट भएको आततायित व्यवहारबाट सञ्चारकर्मी माथि पुगेको क्षतिलाई लिएर विज्ञप्ति जारी गर्दै आक्रमण र सञ्चार सामग्री तोडफोड गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । निजी शैक्षिक संस्थाहरुका गलत गतिविधि र मनोमानी क्रियाकलापका विरुद्ध खुलेर समाचार लेख्न महासंघद्वारा सञ्चारकर्मीहरुलाई आग्रह गरेको छ ।
प्यारागन स्कुलले लकडाउनको अवस्थामा पनि विद्यार्थीबाट मनोमानी हिसावले शुल्क लिन खोजेपछि सोको विरोधमा यतिखेर अभिभावकहरु आन्दोलनमा छन् । सोही विषयमा सोमबार विहान ११ः३० बजे समाचार संकलनका लागि स्कुल पुगेका एभिन्यूज टेलिभिजनका पत्रकार सरोज पौडेल, सुरेश रजक र शीतल रिजाल तथा प्राइम टेलिभिजनका दीपक अर्याल र सुन्दरबहादुर गुरुङमाथि स्कुल प्रशासनमा कार्यरत साहिर उदिन भन्ने व्यक्तिले आक्रमण गर्नुका साथै दुवै टेलिभिजनको क्यामेरा र बुममा क्षति पु¥याइएको पीडित पत्रकारहरुले महासंघलाई जानकारी गराइएको थियो ।
नागरिकलाई सुसूचित गराउने पेशागत कर्ममा जुटिरहेका पत्रकारमाथि भएको आक्रमण र सञ्चार सामग्री तोडफोडको घटनाले पत्रकारको संवैधानिक अधिकार र स्वतन्त्रतामा हस्तक्षेप भएको महासंघको ठहर छ । महासंघ पत्रकारको संवैधानिक अधिकारमाथि आघात पु¥याउने यो घटनाको कडा शब्दमा भत्र्सना गर्दछ भनी विज्ञप्तिमा उल्लेख छ । घटनामा संलग्न व्यक्तिलाई तत्काल कानुनी दायरामा ल्याउन र क्षति पुगेका सञ्चार सामग्रीको क्षतिपूर्ति दिलाउन सम्बन्धित निकायसँग माग गर्दै महासंघ पत्रकारको संवैधानिक अधिकारको सम्मान गर्न स्कुल प्रशासनको पनि गम्भीर ध्यानाकर्षण गराउँदछ भनिएको छ । यसरी उक्त घटनालाई लिएर पत्रकार महासंघ र सम्बन्धित सञ्चारगृहहरुले उक्त घटनाका बारेमा आपत्ति जनाएका छन् भने सम्बन्धित सरोकारवालाहरु यो विषयलाई सम्बोधन गर्ने पक्षमा छैनन् र आफ्ना कमी कमजोरी सच्याएर जानुकोे सट्टा उल्टो धम्कीपूर्ण भाषा प्रयोग गर्न पछि नपरेको पाइन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
मनोरञ्जन सम्बन्धि थप
  • प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

    प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

  • निर्वाचन सम्बन्धी सम्पूर्ण कार्य पूरा भएका छन् ः प्रमुख पाण्डे

    निर्वाचन सम्बन्धी सम्पूर्ण कार्य पूरा भएका छन् ः प्रमुख पाण्डे

  • दलका गतिविधिले निर्वाचन आयोगको ध्यान खिच्यो, आचारसंहिता उल्लंघन भए उम्मेदवारी समेत रद्द हुन सक्ने चेतावनी

    दलका गतिविधिले निर्वाचन आयोगको ध्यान खिच्यो, आचारसंहिता उल्लंघन भए उम्मेदवारी समेत रद्द हुन सक्ने चेतावनी

  • हचुवाका भरमा कोरिएका योजनाले निम्त्याएको अभाव, सरोकारवाला बेखबर

    हचुवाका भरमा कोरिएका योजनाले निम्त्याएको अभाव, सरोकारवाला बेखबर

  • प्रभातफेरी ई-पेपरथप

    २०८० जेठ १७ गते

    २०८० जेठ १७ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    बनेपामा भोलिबाट दुई दिने रोजगार मेला

    बनेपामा भोलिबाट दुई दिने रोजगार मेला

    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    Post Thumbnail

    खानीखोला गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    Post Thumbnail

    यस्तो छ रोशी गाउंपालिकाको नीति तथा कार्यक्रम

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0