Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Support by: Namuna Computer
Logo
२०८३ अषाढ १, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सकारात्मक आलोचनाले प्राधिकरणलाई सही मार्ग निर्देशन गर्ने अवसर प्राप्त हुन्छ ः इ. लोहनी

प्रभातफेरी अनलाइन५१२९ पटक पढिएको प्रकाशित मिति: २०७८ श्रावण १२, मंगलबार(४ साल अघि)
सकारात्मक आलोचनाले प्राधिकरणलाई सही मार्ग निर्देशन गर्ने अवसर प्राप्त हुन्छ ः इ. लोहनी

बनेपा । गत हप्ता नेपाल विद्युत् प्राधिकरण काभ्रे वितरण केन्द्र काभ्रे शाखासँग जोडिएर समाचार आएकोमा सकारात्मक टिप्पणी राख्नुहुँदै सूचना अधिकृत एवं इन्जिनियर अशोक लोहनीले संघसंस्थाभित्र हुने गतिविधिका बारेमा सञ्चार चनाखो रहनुपर्ने प्रतिक्रिया दिनुहुँदै प्रकाशित समाचारले नेपाल विद्युत् प्राधिकरण काभ्रे वितरण केन्द्र सजग भएको बताउनुभएको छ ।
बाढी पहिरोजस्ता प्राकृतिक कारण तथा अन्य प्राविधिक कारणहरु जस्तै तार जुध्ने समस्या, लामो दुरीमा गाडिएका पोलहरुको सुधार गर्ने क्रममा त्यहाँको भूगोलले समेत असर गर्ने हुँदा कार्यविधि अनुसार नमिल्दो देखिने अवस्था पनि आउँछ । त्यस्ता सुधारका कुराहरुलाई पनि प्राथमिकतामा राखी तत्काल सेवा दिनुपर्ने अवस्थालाई कार्यविधि अनुसार भएन भनि खबरदारी गर्नु प्राक्टिकल नहुने लाग्छ तर यस किसिमको खबरदारीले जहाँ कार्य विधि लागु गर्नुपर्ने हो त्यहाँ कार्य बिधि मिच्न नमिल्ने कुरालाई थप सजग चाहिँ पक्कै यस्ता समाचारहरुले बनाउँछ । यो अवस्थामा मिडियाले खबरदारी गरिदियो भने अप्रिय घटना घट्नबाट सम्बन्धित पक्ष जोगिनुको साथै सकारात्मक पाटोतर्फ अग्रसर हुने अवसर प्राप्त गर्दछ । जसबाट राज्यले अपेक्षा गरेअनुसारको लक्ष्य प्राप्तिका लागि बाटो प्रशस्त गर्न सकिन्छ भन्ने ठम्याई नै हो ।
जति पनि पछिल्लो समय प्राधिकरणबाट सकारात्मक गतिविधिहरु भएका छन् त्यसलाई सार्वजनिक गर्ने परिपाटी नहुँदा एकतर्फी रुपमा यस्ता कुराहरु बाहिरिनु नौलो होइन । त्यसैले यस घटनापछि सूचना अधिकारीको हैसियतले मैले निर्वाह गर्नुपर्ने जिम्मेवारीलाई अझ गहन रुपमा लिएको छु । जसलाई यस आर्थिक वर्षभित्र भएका सकारात्मक पक्षलाई बुँदागत रुपमा राख्ने जमर्काे गरेको छु भन्नुहुन्छ इ. लोहनी ।
उहाँका अनुसार नेपाल विद्युत् प्राधिकरण काभ्रे वितरण केन्द्र बनेपा शाखाले यस आर्थिक वर्षभित्र गरेका गतिविधिलाई बुँदागत रुपमा सम्बोधन गर्ने जमर्काे गरिएको छ ।
आ.व. २०७७।०७८ मा नयाँ ग्राहक थपिएको संख्या २ हजार २ सय २३ (आउने आ.व.मा नयाँ मिटर वितरण अझ सहज बनाइने), बक्यौता असुलीतर्फ लाइन काट्नेको संख्या ३ सय ११ मध्ये १ करोड ७१ लाख ४७ हजार ४ सय ८७ रुपैयाँ १० पैसा बक्यौता असुली भएको छ भने हाल बाँकी बक्यौता ३ करोड ३० लाख ३ हजार १ सय १६ रुपैयाँ १० पैसा रहेको तथ्यांकले देखाउँछ ।
त्यस्तै कालोपाटी असुली रकम ५ लाख ९२ हजार ६ सय ३७ रुपैयाँ ७८ पैसा (संख्या १२ जनाबाट), हाल कालोपाटीमा रहेको ग्राहक संख्या ६ सय २० जना रहेका छन् । कालोपाटीमा उल्लेखित ग्राहकहरुमध्येबाट उठ्नुपर्ने बाँकी रकम ७५ लाख १३ हजार २ सय ८२ रुपैयाँ ५ पैसा रहेको जानकारी गराएको छ ।
त्यसैगरी विद्युत चुहावटतर्फ १४.५२ प्रतिशत (लकडाउन तथा कर्मचारी अभावको कारण चुहावट प्रतिशत लक्ष्य हासिल गर्न नसकेको साथै यो आ.व. ०७८।०७९ मा विभिन्न कार्यक्रम मार्फत चुहावट प्रतिशत घटाइने) घटाउने लक्ष्य लिएको इन्जिनियर लोहनीले जानकारी गराएका छन् । चुहावट कारबाहीबाट असुली रकम रु. १ लाख २८ हजार ९ सय ६७ रुपैयाँ ०७ पैसा जुन रकम ६० जना ग्राहकबाट असुल उपर गरेको देखिन्छ ।
जिल्लालाई काठको पोलमुक्त बनाउने अभियान अन्तर्गत एल्.टि.(२३०÷४०० भोल्ट) को करिव ३ हजार काठको पोल बदली गरी स्टील पोल गाडी लाइन सुधार गरेको, एल्.टि. को सम्पूर्ण काठको पोल बदली गराउनमा करिव ५ हजार स्टील पोल आवश्यक सो एकमुष्ट बदलीको प्रयास भइरहेको जानकारी गराउनुभएको छ । साथै एच्.टि.को करिव ४ सय काठको पोल बदली गरी स्टील पोल गाडी लाइन सुधार गरिएको र करिव ७० किलोमिटर एच्.टि. लाइनमा नाङ्गो तारलाई कभर तार गरिएको, प्रायः जंगल एरियामा कभर गरिएको हुंदा गत आ.व.को तुलनामा यो आ.व.मा लाइनको अवरोधमा कमी आएको छ । एच्.टि. (११ हजार भोल्ट) लाइनमा बदली गराउन बांकी रहेको काठको पोलहरु यो आ.व. ०७८÷७९ को नियमित बजेटबाट बदली कार्य हुने पनि इ. लोहनीले खुलासा गर्नुभएको थियो ।
आ.व. २०७७।०७८ मा थप गरिएका सुधारोन्मुख कार्यहरुमा ५० केभिए नयाँ ट्रान्सफर्मर जडान थान ९, १ सय केभिए नयाँ ट्रान्सफर्मर जडान थान १०, २ सय केभिए नयाँ ट्रान्सफर्मर जडान थान ९, ३ सय केभिए नयाँ ट्रान्सफर्मर जडान थान १ गरि लोड सेन्टर बढाउने अर्थात भोल्टेजको सुधार गर्ने कार्य भएको छ ।
बनेपा–खोपासी सडकखण्ड अन्तर्गत सडकको पोल स्थानान्तरण गर्ने कार्य लकडाउन बेला अक्सिजन प्लान्ट तथा अनलाइन कक्षा सञ्चालनमा समस्या हुने भएकोले रोकिएकोमा हाल उक्त पोल स्थानान्तरण गर्ने कार्य दु्रत गतिमा अघि बढेको र केहि दिनमा सम्पन्न हुने पनि इ. लोहनीले जानकारी गराउनुभएको छ ।
नेपाल विद्युत् प्राधिकरण काभ्रे वितरण केन्द्र अन्तर्गत मंगलटार विद्युत सहकारी संस्थाको क्षेत्रमा विद्युतिकरणको लागि करिव ६ सय पोल तथा ट्रान्सफर्मर जडानको ठेक्का सम्झौता सम्पन्न भई निर्माण कार्य अघि बढिसकेको जानकारी संवादको क्रममा इ. लोहनीले जोड्न पछि पर्नुभएन ।
यसरी यस वर्ष नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र बनेपा शाखाले गरेका गतिविधि राख्ने अवसर दिएकोमा प्रभातफेरी साप्ताहिकप्रति आभार व्यक्त समेत गर्न पछि पर्नुभएन इ. लोहनी ।

अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ २७ गते बुधबार

    २०८३ साल जेठ २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    मानसरोवर–कैलास यात्राको चाप बढ्यो, ६ महिनामै रसुवागढी नाकाबाट १७ हजारभन्दा बढी यात्रु चीनतर्फ

    मानसरोवर–कैलास यात्राको चाप बढ्यो, ६ महिनामै रसुवागढी नाकाबाट १७ हजारभन्दा बढी यात्रु चीनतर्फ

    काठमाडौँलाई ‘खुला संग्रहालय’ बनाउने महानगरको योजना, अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल पनि आयोजना हुने

    काठमाडौँलाई ‘खुला संग्रहालय’ बनाउने महानगरको योजना, अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल पनि आयोजना हुने

    अमेरिका–इरान प्रारम्भिक सम्झौतामा सहमत, शुक्रबार स्विजरल्याण्डमा हस्ताक्षर हुने

    अमेरिका–इरान प्रारम्भिक सम्झौतामा सहमत, शुक्रबार स्विजरल्याण्डमा हस्ताक्षर हुने

    आज केही स्थानमा मध्यम वर्षाको सम्भावना

    आज केही स्थानमा मध्यम वर्षाको सम्भावना

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    ppkavre@gmail.com

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Support by: Namuna Computer