Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ जेष्ठ २, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

एमाले भन्ने जन्तु अब च्वाँटी बालेर खोज्नुपर्ने अवस्थामा हुनेछ ः नेता लालध्वज

प्रभातफेरी अनलाइन ६५१३ पटक पढिएको प्रकाशित मिति: २०७८ श्रावण १९, मंगलबार (४ साल अघि)
एमाले भन्ने जन्तु अब च्वाँटी बालेर खोज्नुपर्ने अवस्थामा हुनेछ ः नेता लालध्वज

कार्यकर्ताहरुको मनोबल उच्च राख्ने ध्येयका साथ आयोजना गरिएको भेटघाट तथा प्रशिक्षण कार्यक्रममा बोल्दै पूर्व राज्यमन्त्री एवं माओवादी केन्द्रका प्रखर नेता सूर्यमान दोङ (लालध्वज) ले प्रतिगमनको नायक बिसर्जनवादी एमाले भन्ने जन्तु अब च्वाँटी बालेर खोज्नुपर्ने बताउनुभएको छ ।
छलछाम र जालझेलको मतियारले कुर्सी गुम्ला भनेर कम्युनिष्ट धरोहर योद्धाहरुलाई नै हलो बोकाउने काम मात्र गरेर हलोमा भोट हाल्न बाध्यकारी अवस्थामा समेत पु¥याएको इतिहास हाम्रा सामु छ । त्यसो गर्नुको पछाडि आफ्नो विरासत टेकोको लागि थियो तर त्यो विरासत तासको महल ढलेझैं ध्वस्त हुँदै छ । राप्रपासँगको त्यो साँठगाँठले मुक्तिकामी योद्धामा परेको चोट त ताजै छ । जबजब प्रतिगमनको मतियारलाई अप्ठ्यारो पथ्र्याे, तब तब कमल थापाहरु डुक्रने गर्थे । सबैमा सर्वविदितै भएको विषय हो । आज जनताको बलिदानबाट प्राप्त अधिकार खोसिन लाग्यो भनेर खबरदारी गर्न खोज्नेहरु ओलिको नजरमा गणतन्त्र विरोधी भए । ओलिका झुटका विरुद्ध गोलबन्द हुनु अपराध सावित भयो । एक्काइसौं शताब्दीका जनता मुर्ख छैनन्, सधैं झुट र छलछामकै पछि लाग्छन् भन्ने छैन । कनकाइ नदीमा धेरै पानी बगिसकेको छ । जसको एजेण्डामा मुलुक चलेको छ, उही पराधिन भन्ने गरिन्छ । यसले यो उक्तिलाई चरितार्थ गर्छ । जसको बिहे उसैलाई देख्न नदिए भनेजस्तै अब माओवादीले जनयुद्धमा कबुल गरेका वाचा पूरा गर्ने दिन आएको छ । माओवादी संस्कृति हो, विकृति विरुद्ध बस्तीलाई सुसूचित गराउनुको माओवादीसँग विकल्प छैन । अब प्रतिगमनकारीसँग एक÷एक गरेर हिसाबकिताब लिनेछ । साइबर स्यालहरुले नसोचे हुन्छ, अब यिनीहरुका दिन गए ।
नेपाली जनतामाझ कबुल गरेका वाचाहरु पूरा गरेरै छाड्ने प्रतिबद्धता कार्यकर्ता माझ नेता लालध्वजले राख्नुभएको छ । माओवादीलाई एकताको नाममा कुण्ठित बनाउने काम भएकै कारण आज यो अवस्था सिर्जना हुन पुग्यो । कम्युनिष्टका नाममा झस्केलाबाट छिरेका नकाबधारीको अन्त्य टाढा नभएको नेता लालध्वजले चर्चा गर्नुहुँदै आसन्न स्थानीय निर्वाचनले प्रतिगमनकारीहरुलाई पाठ सिकाउने छ । नेपाली जनताले अहंकारीको हिसाबकिताब गर्नेछन् । आजैबाट प्रतिगमनका नायकका विरुद्ध अग्रगमनकारीहरु गोलबन्द हुँदै प्रतिकारमा उत्रन कार्यक्रममा आग्रह गर्नुभएको थियो ।

कम्युनिष्ट पार्टीमा हुर्किएको बेथिति अन्त्य गर्ने दायित्व माओवादीको हो ः नेता छिन्ताङ


नेपालमा पछिल्लो समय कम्युनिष्टको नाममा कमाउनिष्टहरु हाबी भएको स्मरण गराउनुहुँदै कम्युनिष्ट पार्टीमा हुर्किएको बेथिति अन्त्य गर्ने दायित्व माओवादीको काँधमा आएको नेता इन्द्रबहादुर छिन्ताङले बताउनुभएको छ ।
काभ्रेको बनेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता छिन्ताङले उक्त भनाइ राख्नुभएको हो । गरिखाने वर्गका नाममा सत्तामा पुगेकाहरुबाट आशा लाग्दो कुनै उपलब्धी नभएकै कारण आज राष्ट्रिय राजनीतिले कोल्टे फेर्न बाध्य भए । कम्युनिष्ट आस्थाका लागि यो विषयवस्तु किमार्थ पाच्य हुने विषय होइन तर परिस्थिति र परिवेशले सिर्जना गरिदिएको आवश्यकतालाई आत्मसाथ गर्नुको विकल्प माओवादीमा नरहेको स्मरण गराउनुहुँदै नेपाल कम्युनिष्ट पार्टीलाई फुटाउने जुन किसिमको प्रपञ्च भयो, त्यसबाट अग्रगामी यात्रा चाहने तपाई हामी कार्यकर्तामाथि बज्रपात हुन पुग्यो । यो हामीले बुझ्न जरुरी छ । त्यसले पनि आन्दोलन गर्न अझै बाँकी छ भन्ने सन्देश दिएको छ ।
प्रतिगमन मतियारकै डिजाइनमा पार्टी फुटाइयो । न्यायालयले त्यतिबेला गरेको फैसला मनासिव भन्दै रम्नेहरु आजको फैसला सेटिङमा भन्दै बर्बराउनुको कुनै तुक छैन । यसबाट पनि के स्पष्ट हुन्छ भने कम्युनिष्टहरुलाई एउटै मोर्चामा देख्न नचाहने को हुन् भन्न अब माओवादीलाई गाह्रो छैन । अहंकार र स्वार्थका कारण नेपालमा मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमा समेत कम्युनिष्टहरुको बारेमा नराम्रो धक्का पुगेको छ । अहिले जुन किसिमको भ्रम प्रतिगमनकारीहरुलाई छर्दै हिँडेका छन्, त्यसका विरुद्ध तमाम परिवर्तनकामी युवाहरुले प्रतिवाद गर्नुको विकल्प छैन । पछिल्लो समय युवापंक्तिमा देखिएको विकृति, विसंगति बारेमा पार्टी गम्भीर भएको चर्चा गर्नुहुँदै नेता छिन्ताङको कथन छ– यदि मुलुकमा देखिएका पछिल्ला घटनाक्रमका बारेमा युवाहरुलाई सुसूचित गराउन सकिएन भने निश्चित रुपमा मुलुक बर्बादी तर्फ धकेलिने छ । त्यसैले पनि नेतृत्व पंक्ति यो विषयमा गम्भीर भएर समिक्षा गर्न बाध्य हुनेछ भन्ने विश्वास आफूले लिएको बताउनुभएको छ ।
विगतकै चर्चा गर्ने हो भने मुलुकमा परिवर्तन ल्याउनका लागि काभ्रेका खानीखोलाले मात्रै १६ जनाको जीवन आहुति दिएको छ । ति १६ जना सपुतका बारेमा आजका युवाहरुलाई सुसूचित गराउने कि नगराउने ? यो गम्भीर विषय होइन ? भन्दै नेता छिन्ताङले कार्यकर्ता माझमा प्रतिप्रश्न राख्नुभएको थियो । त्यसैले पनि यो मुलुकको परिवर्तनमा खानीखोलाको एउटा हिस्सा रहेको छ, त्यो भनेको माओवादीको एजेण्डा स्थापना भन्ने बुझ्नुपर्छ । आफ्नै लगानी, आफ्नै उत्पादनमा जगेर्ना गर्ने दायित्व पनि उसैको हुन्छ, त्यो माओवादीको हो । यो परिस्थितिमा आफ्नो आस्था र धरोहर ढल्न दिने छैनौं भन्ने प्रणका साथ सशक्त संगठन निर्माणमा समर्पित हुन नेता छिन्ताङले सहभागी कार्यकर्तालाई आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा माओवादी जिल्ला अध्यक्ष रेणु चौलागाईं, नेता दिनानाथ गौतम, रत्न ढकाल, रेणुका चौलागाईं, होमबहादुर खुलाल, तारा घिसिङ, मनिता थिङ, वासुदेव उपाध्याय, दावा घिसिङ, दैवलाल घिसिङ (अनुशील) र गाउँपालिका अध्यक्ष मिना पाख्रिनले समसामयिक राजनीतिक विषयमा कार्यकर्ताहरुलाई प्रशिक्षित गराउनुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
मनोरञ्जन सम्बन्धि थप
  • अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

    अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

  • पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

    पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

  • मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

    मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

  • प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

    प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख ३० गते बुधबार

    २०८३ साल वैशाख ३० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

    पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0