सरस्वती कणेल
मेरो खुशी सँगै सँगै हाँस्ने ति वनपाखाहरू,
मेरो मुस्कान सँगै सँगै रमाउने ति दाेवाटाेहरू,
राेशी र पुण्यमाता छाल सँगै उर्लिएका लहर,
हजारौं चोटहरु सहेर पत्थर सँग ठाेकिएका,
जता ततै हरियाली छाएका मेरो सहर,
मलाई देख्यो कि मुस्काएर आत्मियता पोख्छ,
त्यसैले मलाई मेराे पनाैती प्यारो लाग्छ ।
मैले खेलेका घर अागनका धुलोहरु,
मेरो पैतालाले किचिएका ति बाटा र गोरेटाहरु,
म हिड्दा आफ्नो आँचल थापीदिन्छ,
काँढा बिझिहाल्ला कि भनी,
मेरै छेउमा अाई कानेखुसी गर्न आउँछ,
त्यसैले मलाई मेराे पनाैती प्यारो लाग्छ ।
धुलौटे र खरिले रङ्गिएको मेराे ठाउँ
मेरो शैशवावस्थाले भरिएको मेराे गाउँ
मलाई हिंड्न सिकाउने, हाँस्न र बोल्न सिकाउने
मलाई टाढैबाट बोलाउँछ
सँधै मेरो कुशलता र शुभकामना व्यक्त गर्छ
के छ हालखवर भनि सँधै मलाई सोध्दछ
त्यसैले मलाई मेराे पनाैती प्यारो लाग्छ ।
प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित
प्रभातफेरी डट कम
बनेपा नपा-५,राजदास मार्ग
९७५१०२८४५०,९८४१४२८४५०
उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७
जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२
सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |