प्रभातफेरी अनलाइन२९३३ पटक पढिएको प्रकाशित मिति: २०७८ भाद्र २०, आईतबार(४ साल अघि)
बिपशना शाक्य
काभ्रे । परिचय पत्र स्थलमा भेटिएका सामाजिक अगुवा एवं मोडेल भिलेज चिफ लायन पवन थापाको तर्क छ– सरकारले सुरु गरेको यो अभियानलाई स्थानीय सरकार मात्र नभई नागरिक स्तरबाट देखाइएको ऐक्यबद्धतालाई हेर्दा राष्ट्रिय परिचय पत्र अभियानले सार्थकता पाउनेमा दुविधा छैन भन्दै लायन थापा थप्नुहुन्छ– अब हिजोको सोच लिएर हिँड्ने दिन सकिए । अब नागरिक सचेत छन् भन्ने सन्देश यो उपस्थितिले दिएको छ । हिजोको जस्तो सामन्ती संस्कारले अब केही हुन्न । यो सहभागिताले राज्यलाई मात्र खबरदारी गरेको छैन कि तपाईं हामी जस्ता सामाजिक अभियान्तालाई पनि सचेतनातर्फ घच्घच्याएको अनुभूति मैले पाएको छु । यसले अर्को के सन्देश दिन्छ भने सत्ताधारीहरुले सत्ताको दुरुपयोग गरेर जे पायो त्यही निर्णय मनोमानी ढंगबाट थोपर्न खोज्नेहरुलाई एकपटक सोच्न बाध्य बनाएको छ । तसर्थ अब नीति नियम बन्दा नागरिकलाई प्राथमिकतामा राखेर मात्र बनाउ है, नत्र… ! भन्ने सन्देश पनि यो उपस्थितिले संकेत गर्दछ ।
त्यसैले अब नागरिकस्तरबाट पनि यो अभियानको साथै सामाजिक दायित्वका लागि केही त गर्नैपर्छ, हामीले नगरे कसले गर्ने, अहिले नगरे कहिले गर्ने ? त्यसैले यो राज्यको महान् अभियानमा हामी लायनहरु पनि होस्टेमा हैंसे गर्दै राज्यको यो अभियानलाई आफ्नो अभियान सम्झेर सफल बनाऔं । यसका साथै लायन्स क्लबले अगाडि सारेका अभियानहरुलाई आत्मसाथ गर्दै डिष्ट्रिक गभर्नरले ल्याउनुभएको योजनालाई निरन्तरता दिन नमूना बस्ती र वेलफेयर बैंकको योजनालाई सफल बनाउन समर्पित भएका छौं । हाम्रो सानो सहयोगले कसैको जीविकोपार्जन हुन्छ, कसैमा खुशी ल्याउँछ भने किन नगर्ने भन्ने भावनालाई अगाडि बढाउनुपर्नेमा लायन थापाको धारणा आएको थियो ।