Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पत्तैया यात्राका केहि अविष्मरणिय पलहरु

प्रभातफेरी अनलाइन ५८९५ पटक पढिएको प्रकाशित मिति: २०७८ भाद्र २०, आईतबार (४ साल अघि)
पत्तैया यात्राका केहि अविष्मरणिय पलहरु

प्रदीप सापकोटा
पनौती–१, रयाले, काभ्रे

एकदम छोटो समयको घुम्ने निर्णय । उस्तै छोटो समयको तयारी । कौतुहलता धेरै,घवराहट अलिअलि । लहडै लहडमा भिसाको लागि प्रेम भाईलाई पासपोर्ट थम्याइदिएका थियौं । उनले केहि दिन पछि नै थाइल्याण्ड र मलेसियाको भिसा लगाएर टिकट र होटल समेत कन्फ्रम गरिदिएको जानकारी दिए । यात्रा तय भएको एक हप्तामै हामी थाइल्याण्ड हानिएका थियौं । वि.सं.२०७५ साउन ३० गते साइत जुर्र्याे ।
मज्जाले हुस्सु र बादलभित्र बेरिएर हाम्रो ल्पेन आकासमा उड्दै थियो । सायद एयर ट्राफिक जामले पो हो कि करिव पन्ध्र मिनेट आकासमा घुमाइ पछि बैंककको सुवर्णभूमी अन्तराष्ट्रिय हवाइमैदानमा अवतरण भयो । भारी वर्षाले पनि सितलता दिंदै हाम्रो स्वागत गरेजस्तो भान पथ्र्याे । मनमा उत्साह र कौतुहलले विभिन्न प्रकारका घरहरु बनाइरहेका थिए । साँझ ढलिसकेको थियो । अध्यारोमा रम्ने बानी परेका हामीहरुको लागि हवाइजहाजको भित्रवाट देखिएको बैंककको झिलिमिली दृष्यले मनलाई तान्दै थियो । केदार दाइले ब्याग झिकेर झर्न इशारा गर्नुभयो । हामी बाहिर निस्कन लामवद्ध भयौं ।
मनका रहरहरु बल्ग्रेन्ती थिए । मेरो ध्यान त्यहाँको दृष्यले तानिरहेको थियो । हामी त्यहाँको अध्यागमनमा प्रवेश गरेका थियौं । आमामा म त्यहाँको भब्यता र विशालताले चकित परें । अनि त्यहाँको ब्यवस्थापन । अहा । सम्झिंए हाम्रो त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल । अहँ कुनैपनि मानेमा मैले तुलना गर्न सकिन् हाम्रो त्रिभुवन अन्तर्राष्टिय विमानस्थलसँग । मानिसको लर्काे कति लामो । मानिस ब्यस्त छन् । हतारोमा उत्तिक्कै । हामी सोधखोज गरेर बल्लबल्ल पत्ता लगायौं । लाइनमा लाग्यौ । थाहा थिएन फर्म भर्नुपर्छ भनेर । ल्पेनमै परिचारिकाले वितरण गरेकी रहिछन् फारम । हामीले ख्याल गरेनौं । त्यहाँ लाइनमै बसेर मैले दुबैको फारम भरें । सजिलै अध्यागमन पार गर्यौं हामीले । अलिकति भाट सटही गरर्यांै । नयाँ ठाँउ,नयाँ परिवेश मात्र नभएर यो पहिलो यात्रा थियो भारत वाहिर । हामीमा उत्सुकता धेरै तथा अलिअलि असहजता त हुने नै भयो ।
हामी एयरपोर्टवाट पतैया सिधै जाने कार्यक्रम थियो । हामीलाई त्यहाँ लिन कोहि आएर बसेको हुन्छ भनेर पहिल्यै जानकारी गराइएको थियो । तर निर्धारित समयभन्दा हामी एकघण्टा ढिलो भएका थियौं । त्यहि भएर मनमा आशंकाले घर गर्ने नै भयो कतै लिन आएका फर्किसके कि भनेर । यताउति भौतारिरहेउ हामी । हामी यात्राको पाठशालामा थियौं । त्यहि भएर जे हुन्छ सहज लिनु बाहेक विकल्प पनि त हुन्थेन हाम्रो सामु । बल्लबल्ल पि.एण्ड के.सापकोटा भनेर नाम लेखिएको ल्पेकार्ड बोकेर एक सज्जन थाई उभिएको देखें मैले । सोधपुछ गरें, उनी हामीलाई नै कुरेर बसेका रहेछन् । दुई मिनेट त्यहिं बस्न आग्रह गरे सज्जनले । दाईलाई चुरोटको तलतलले गाँजेको रहेछ । उहाँले एक खिल्ली चुरोट पिउनुभयो । हाम्रो कार आइपुग्यो । ति सज्जनको नाम रहेछ दोखा । उनले हाम्रो ब्याग कारभित्र हालिदिए र विदा भए । युवा रहेछन् कार चालक नाउ । सडक प्रायः सुनसान थियो । उनको कार हँकाई कम्तीमा प्रति घण्टा एकसय दश किमी थियो । नाउसँग मैले त्यताको बारेमा थुप्रै जिज्ञासा राख्ने यत्न गरें । तर उनी र हामीमा भएको भाषागत समस्याले ति सब थाति रहे । उनी अग्रेजी जान्दैनथे,थाइ भाषा हाम्रो वशमा थिएन । करिव डेढ घण्टाको कारको सफर पछि हामी पतैयास्थित होटल क्राउन पतैया पुग्छौं । होटलमा हुने नामदर्ताको औपचारिकता पछि रुममा प्रवेश गर्छाैं । फ्रेस भए लगत्तै हामी बाहिरिन्छौं ।
रात अलिक बाक्लिन थालिसकेको थियो । केहि खानेकुराको खोजीमा निस्किएका थियौं हामी ।आँखा झिमिक्क नहुने रहेछ त्यहाँ त । रात नै पर्दैन जस्तो । मानिसको आउजाउ उत्तिकै । रात्री जीवन रमाइलो रहेछ । हामी भने त्यस्ता कुराको वास्ता नगरि केहि ड्राइफुड खरिद गरेर होटल फर्कियौं र छिट्टै सुत्यौं ।
विहानको नास्तासँगै हामी पतैया वीचमा पुग्छौ । जुत्ता लगाएर गएका थियौं विनापूर्व तयारी । मैले दुई जोर चप्पल किने । केदार दाई दृश्यापान गर्दै हुनुहुन्थ्यो । त्यहाँवाट सानो पानीजहाज चढेर हामी कोरल आइल्याण्ड पुग्छौं । त्यहाँ पुग्नु अघि विचविचमा प्याराग्लाइडिंग गरिरहेको दृष्य देखिन्छ । पतैयालार्ई देख्दै समुन्द्र हुनु र हामी भुपरिवेष्ठित मुलुक हुनुको पीडा मनमनै तौलन्छु म । मन खिन्न हुन्छ । मालसामान ढुवानी मात्र हैन्, समुन्द्रमा मनोरञ्जन दिएर पनि विदेशी मुद्रा आर्जन गर्न सकिन्छ ।तर हामी त भुपरिवेष्ठित देशका बासिन्दा यो अहोभाग्य नै कहाँ हाम्रोमा । हामी दाजुभाई यहि कुरामा दुःख मान्छौं । धेरैबेर समयसँगै समुन्द्रको किनारमा विचरण गर्छौं हामी दुई । हाम्रो समिपमा खडा छ समुन्द्र र त्यसको नजिक सुन्दर जंगल ,अहा जंगलको माथिल्लो भागमा बुद्धका गोल्डेन कलरका अर्धकदका प्रतिमाले अझै मनमोहक बनाएको छ आफ्नो सौन्दर्य । विश्वभरिका पर्यटकहरुको लर्काे देखिन्छ । तिनमा भारतियहरु वढी नै देख्छु म । सुन्दर दृष्यहरुले मन खिच्छ । अनि मेरो क्यामेराले त्यहाँका दृष्यहरु कैद गर्छ । क्यामरामा जस्तै टाँसिएको छ मेरो मनको भित्तामा त्यहाँको स्पष्ट तस्विर । आहा क्या सुन्दर छ दृष्य,मेरा जाग्रत आँखाहरु खिचिन्छन।
त्यहाँवाट फर्किएर आएपछि हामी लन्च खान्छौं । एउटा ट्याक्सी समातेर पतैयाको फ्लटिंग मार्केट जान्छौं । यहाँ सजिलै डेढ घण्टा विताउन सकिने रहेछ । यसको स्थापना सन् २००८ मा भएको रहेछ । स्थानीय उत्पादन प्रदर्शनी,साँस्कृतिक र कलाको अवलोकन, विभिन्न मनोरन्जनका खेलहरु,थाइ खानाहरु,डुंगा सफर,विभिन्न उपहार र कपडा लगायतका सामाग्रीहरुको विक्रि आदि रहेछन् त्यहाँ । तर हरेक कुरा महंगो महसुस गर्छु म । प्रवेश टिकट मात्र थाइ भाट आठसय । तर त्यहाँको ब्यवस्थापन असाध्यै राम्रो थियो । हामी नेपालमा यस्ता थुपै ठाँउहरु बनाउन सक्छौं तर हाम्रोे देश त गरिव हुँदै हो,इच्छाशक्ति पनि अति गरिव छ हाम्रो । यस्तो सोचाइले मन विदिर्ण भयो मेरो । हामी त्यहाँवाट अलिकवेर पैदलै जाने सल्लाह गरेर निस्क्यौं । करिव एक किलोमिटर पैदल हिड्दा पनि कोही भेटेनौं सडकपेटीमा । अचम्भित भयौं हामी । पैदलयात्रु नहिड्ने रहेछन । गर्मी पनि छ उच्चाटलाग्दो । मध्यान्हपछिको तातो धुपले हाम्रो यात्रामा जति डाहा गरेपनि वास्ता गर्दैनौं हामी । चिप्ला सडकको पेटीवाट हामीले करिव तीन किलोमिटर पैदल यात्रा गरेंउ पत्तैयाको वरपरको दृश्यावलोकन गर्दै । त्यहाँको अर्काे कुरा भनेको पुरुषको तुलनामा महिलाहरु सार्वजनिक जीवनमा वढी नै देखिएका थिए । यहाँको ट्राफिक व्यवस्थापन पनि डिजिटल छ । एउटा ट्राफिक प्रहरी देख्न पाइन मैले । सडकहरु पनि चौंडा छन् ।
हामीले वेलुकीको खाना खाने विचार गरेर वाहिरतिर निस्कियौं । पतैयामा रात्रिकालिन समयमा गजव हुने रहेछ । रंगीनवत्तिले जताततै सिंगारिएको छ । मसाज पार्लरहरु जतिपनि छन् । डान्सवारहरुका ढोकावरिपरिको सडकमा मोटी,पातली,भ्यान्टी,काली,गोरी,केटी,महिलाहरु आप्mना थोपडाहरुमा क्रिम पाउडर पोतेर अर्धनग्न अवस्थामा ग्राहकहरुलाई आकर्षक गर्न को भन्दा को कमको प्रतिष्पर्धामा लामवद्ध छन् । मानौ त्यहाँ सौन्दर्य लिलाम हुन लागेको छ । हामी यस्ता कुराहरुमा अभ्यस्त छैनौं र यिनले हामीलाई तान्न पनि त सकेनन् । र त वाटो मोड्छौं ।
हल्का थाकेका छौं र पनि थकाइको पटक्कै अनुभुति छै्रन् । एकहुल वादलका टुक्राहरु आकाशमा चारैतिरवाट एक भएर जुट्ने तयारीमा देखिन्छन् । तर त्यसको पनि रत्तिभर पर्वाह गर्दैनौं हामी । वजारमा टहलिंदै डुलिरहेछौं । अनेक थरी चिजविजहरु र विशेषगरी विविध भेराइटीका समुन्द्री जीवहरु कलात्मक रुपमा सोकेसमा सजाइएको छ । सायद हामी यसको वासनामा अभ्यस्त छैनौं त्यहि भएर होला नमिठो गन्धको अनुभूति गर्छ नाक । तर एउटा साथीले थाइल्याण्ड गएर सी फुडको टेस्ट नलिनु भनेको पोखरा गएर फेवाताल नघुम्नु जस्तै हो भनेर सुझाएको थियो । त्यसैले जे भएपनि नयाँ स्वादको आस्वान गर्न एउटा सानो रेष्टुरेन्टको बाहिर लगाईएको टेवुलमा बसेर दुइवटा वियर र केहि सामुन्द्रिक खाना अर्डर गर्छौं ।
बादल जुधेर होला मौसम हल्का शितल भएसँगै सिमसिमे पानी वर्सन थाल्छ । अनि फर्किन्छौं होटल अर्काे चोकवाट । ठमेललाई कार्यक्षेत्र बनाएर बसेको करिव १३ बर्ष भयो । त्यहाँ मैले थाइ मसाजको बारेमा धेरै सुनेको थिंए तर गरेको भने थिइन । वाटोमा मैले दाजुलाई मसाज गरँौ भन्छु । तर उहाँले रुची देखाउनु भएन ।
मैले नजिकको मसाज पार्लरमा दररेट हेरे । र बसें, एक घण्टाको फुट मसाज गरें । फुुट मसाज गर्ने ठाँउ खुला हुँदोरहेछ । मेरो फुट मसाज गर्ने करिव तीन दसक पार गरेकी महिला यउ । उनको अँगे्रजी एकदम राम्रो थियो । उनीसँग गफिंदै पनि छु म । उनी त्यहाँवाट करिव एकसय पचास किमी दुरीको गाँउवाट आएकी । उनको पतिको तीन वर्ष अघि एउटा सडक दुर्घटनामा मृत्यू भएको रहेछ । उनकी एक छोरी छन् आना । जो अहिले कक्षा वाह्रमा अध्ययन गर्छिन् । छोरीको लागि यो नरकमा छिन् । उनकी आमाले अर्काे विवाह गर्न सुझाएकी थिइन् । तर छोरीको मायाले यउलाई त्यो वाटो रोज्न दिएन । उनी चाहान्नन् कि आफ्नै जस्तो जीवन होस छोरीको । यउले आफ्नो कहानी सविस्तार सुनाई । उसको कुरामा एउटी आमाको सन्तान प्रतिको स्नेह र ममताको न्यानो अगेनाको तातो सुगन्धको वासना आउँथ्यो । कतै ठग्ने तानावाना त होइन यो उसको, मेरो मनले आफैंलाई सोध्छ । तर म त्यस्तो भेउ पाउँदिन् । उ भन्छे ुम मेरी आनालाई आकास जस्तै फैलिएको माया गर्छु । ु घरीघरी म उत्सुक भएर उसलाई प्रश्नहरुले प्रहार गरिरहन्छु । तर उ शालिन भएर छोरीको सुमुधुर भविष्य तेस्र्याउँथि मेरो सामु । म उसको जवाफमा नतमस्तक बनें । र उ प्रति श्रद्धाभाव जागृत भयो मनमा । म उसको हरकुरा नियालीरहेछु । तर उसको मुहारमा कुनै उतारचढाव पढ्न पाँउदिन म । जे सोधेपनि फगतः मुस्कुराएर उत्तर दिन्छे उ । उसमा विनयशिलता उत्तिक्कै थियो । यउलाई देखेर मसाज पार्लरहरुमा काम गर्ने सवै केटीहरु उस्तै हुन्छन् भन्ने मेरो मनले बनाएको धारणा परिवर्तन गर्न बाध्य भएँ म । उसको कथाले मेरो मन स्तव्ध बन्यो एकछिन् । उसको ह्रदयको ममतामयी गमलामा छोरी आनाको सुमुधुर सुखद भविष्यको फुल फक्रिरहेको पाएँ मैले ।उ परिस्थितीसँग सम्झौता गर्न अभ्यस्त भइसकेकी थिइ । मेरो चेतनाको पुल्ठो नै परिवर्तन गरि उसले । आश्चर्यमा छु म । उसले उसको ओठ परपुरुषको निम्ति सुम्पिदिएकी छ सैयौंपटक । अरुभित्र समाहित भएर इज्जत बेचिदिएकी छ कैयनपटक विना हिचकिचाहट । छोरी आनाको निम्ति पलपल किस्ताकिस्तामा बेचिदिन्छे उ आफुलाई । उसले शारीरिक सम्पर्क गर्ने भए आफु तयार भएको कुरा गरि ।मैले रुची नभएको कुरा भनें । तर अचम्भित भई उ मेरो कुराले । अभावपूर्ति गर्ने उसको सुत्र मसाज रहेछ । उ विवश पनि देखिन मैले । उसमा त सुख सौन्दर्य झल्किएको आभाष पाएँ ।उ आफ्नो पेशाप्रति पश्चाताप पनि गर्दिन रे । किनकी उसले धेरै अभावका हुरीहरु झेलेर अहिले बलियो बनेकी छ रे ।
जव आनाको निर्दाष मुहार मेरो आँखामा झल्कन्छ,त्यतिवेला मेरो मनोवलमा जादुमय ढंगले बढोत्तरी हुन्छ । जीवनप्रतिको आशावादीतामा वोल्छे यउ ।
दुइसय भाट फुट मसाज शुल्क सहित एक सय थप टिप्स दिएर म आफनो होटलमा फर्किन्छु । चुक घोप्ट्याए जस्तै बन्छ मेरो मनको परिेबेश । आप्mनो छोरीको विराट समस्या हल गर्न एउटी आमाले के सम्म गर्न सक्छे भन्ने एउटा आमाको उदाहरण हो यउ । सायद सँसारभरीका आमा यस्तै हुन्छन् होला आफ्ना सन्ततीको सुखद भविष्यको निम्ती जे सुकै गर्न तयार । यउको अनुहार मेरो मष्तिष्कको अन्तरकुनामा नमेटिने घाउ बनेर बसिरह्यो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
पुस्तक समिक्ष्या सम्बन्धि थप
  • कवितामा अनन्त

    कवितामा अनन्त

  • मोति शोभा श्रेष्ठको अक्षर मोह र अल्झेका धागाहरु

    मोति शोभा श्रेष्ठको अक्षर मोह र अल्झेका धागाहरु

  • सूर्यका कविताको प्रवृत्तिगत विश्लेषण लोकार्पण

    सूर्यका कविताको प्रवृत्तिगत विश्लेषण लोकार्पण

  • ‘ओ पेङ्दोर्जे’ कवितासङ्ग्रहमा राजु स्याङ्तान

    ‘ओ पेङ्दोर्जे’ कवितासङ्ग्रहमा राजु स्याङ्तान

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0