Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

रामसुन्दरको मन खोतल्दा

प्रभातफेरी अनलाइन ३९१४ पटक पढिएको प्रकाशित मिति: २०७८ भाद्र २२, मंगलबार (४ साल अघि)
रामसुन्दरको मन खोतल्दा

प्रदीप सापकोटा
पनौती–१, रयाले, काभ्रे

साहित्यको एक स्वतन्त्र विधा मानिन्छ मुक्तकलाई । मुक्तकलाई मान्छेको मनभित्र उब्जिएका भावहरुलाई अभिव्यक्त गर्ने स्वतन्त्र र शक्तिशाली माध्यम मानिन्छ । मुक्तकलाई साहित्यको चटनी मान्नेहरु धेरै छन् । चार हरफमा एउटा पूर्ण भाव प्रकट गर्दछ मुक्तकले । थोरै शब्दहरुवाट धेरै अथ्र्याउन सफल हुन्छ मुक्तक । मुक्तकले सुन्दर शव्दहरुको सानो माला गुथेर भन्न खोजेको कुरा प्रष्ट्याउँछ । नेपाली भाषाको लघुतम काव्यात्मक संरचना मुक्तक हो । नेपाली साहित्यमा तीसको दशकवाट मुक्तकको लोकप्रियता वढेको देखिन्छ । समकालिन नेपाली साहित्यमा एउटा आकर्षक विधाको रुपमा अघि वढेको छ मुक्तक विधा । अहिले नेपाली मुक्तकले फड्को मारिसकेको छ।
काभ्रे ,पनौतिका रामसुन्दर देउजा एक इमान्दार अक्षरहरुको खेति गर्ने असल कवि,सम्पादक,शिक्षक,सामाजिक कार्यकर्ता समेत हुन् । उनको भाँचिएको मन कविता संग्रह प्रकाशित छ । मनका तरंगहरुले वयली खेल्छन् देउजा । सौन्दर्यको संगितमा रमाउँछन् उनी । फुलहरुको वासनाको रस्वादान गराँउछन् पाठकहरुलाई । मनको माली देउजाले राम्ररी गोडेका छन् ह्रदयका फूलहरुरुपी वगैंचा । उनका सृजनाको मनोरमतामा जो कोहि रम्न सक्छ । कुनैपनि मानेमा उनका रचना कमजोर छैनन् ।
१०८ थान मुक्तकहरु उनिएको सुन्दर मुक्तकमाला हो मन । यसमा रामसुन्दर देउजाले आफुलाई मुक्तक विधामा माथिल्लो तहमै स्थापित गराउने मुक्तककारिताको प्रयास गरेका छन् । उनका प्राय सवैजसो मुक्तकहरु उच्चकोटीका छन् । सहज रुपमा आम पाठकले बुझ्न सक्ने सरल भाषामा छन् । प्राय सवैजसो मुक्तकहरु पाठकहरुलाई वोझ लाग्ने,झिँझो लाग्ने छैनन् । समाजको यथार्थतालाई अभिव्यक्त गर्न मुक्तकहरु सफल भएका छन् । अनि कतिपय मुक्तकहरुले माया प्रेमलाई आफ्नो विषयवस्तु वनाएका छन् । मनमा समाजका अध्याँरो विरुद्ध धावा वोल्ने मुक्तकहरु प्नि छन् । अर्थवोध,लक्ष्यवोध र दृष्टिवोधका हिसावले पनि देउजाका मुक्तकहरु भरिपूर्ण लाग्छन् । उनका मुक्तकहरुमा समाजको प्रतिविम्ब उतारिएको छ । मुक्तककारका जीवन्त भोगाइ र अनुभूतीहरुलाई वडो सटिक ढंगले सास भरिएर रचिएका छन् मुक्तकहरु । यथार्थ विषयवस्तुहरुको चयन मुक्तकहरुमा भेटिएको सवल पक्ष हो । समाजको यथार्थतालाई व्यापक र अर्थपूर्ण रुपमा केलाउने उनको प्रयत्न देखिन्छ । समसामयिकताका विविधपूर्ण विषयहरु समावेश गरिएका उनका मुक्तकहरुले समाजका भए गरेका कुराहरुको सारलाई टपक्कै टिपेका छन् । सामाजिक सेरोफेरो,वर्तमान समयको सन्दर्भको प्रतिविम्बलाई आफ्ना मुक्तक सृजना मार्फत उतार्न मन सफल देखिन्छ । आफू र आफुजस्तै मान्छेहरुका मनभित्रका कथाव्यथा मुक्तकका विषयवस्तु देखिन्छन् । जीवनका झेलिएका भोगाइहरुको संहिता देखिन्छ उनको मुक्तक संग्रह । भोगिएका वर्तमानका सार खिच्छन् उनी । विचारका उच्चाट भावले सम्पन्न देखिएका छन् उनका मुक्तकहरु ।
भाषिक शव्दालंकार पनि मजवुद र सुसज्जित देखिएका छन् मुक्तकहरुमा । भाषा सरल छ । सुमुधुर छ । सुगठित भाषा,शैलिगत विशिष्टता, लयात्मकताले भरिपूर्ण छन् मुक्तकहरु । भाषिक सरलता प्रयुक्त मुक्तकहरुले पाठकहरुको ध्यान खिच्न सक्छ ।
प्रेम, श्रृगाररसमा मात्र नभएर मुक्तक संग्रहमा समावेश गरिएका मुक्तकहरुमा युवाशक्तिहरु रोजगारको खोजीमा विदेशिएकाहरुको अवस्था,उनीहरुलाई स्वदेशमै फर्केर सुन फलाउन गरिएको अनुरोध,देशप्रेमका भावना,राष्ट्रप्रतिको अगाध आस्था,मातृभूमीको सौन्दर्यको वर्णन,मायाप्रेम,मायालु मन, जिन्दगी र मनका भावना,राजनीति,राजनीतिमा मौलाएका विकृति र विसंगती ,वेथितिहरु प्रतिको चिन्ता,जीवनप्रतिको आशा, जनताको मर्का आदि विषयगत प्रवृद्दिहरुले मुखरित भएका छन् उनका मुक्तकहरु ।
रामसुन्दर देशप्रेमी छन् । त्यसैले देशप्रेम समेटिएका मुक्तकहरुमा देशप्रेमको भावना मुखरित भएका छन । हराएको स्वाभिमान प्रति चिन्ता गर्छन उनी । त्यसैगरि मातृभूमीको सौन्दर्यले मोहित छन् उनी । र त गजवले वर्णन गर्छन् सौन्दर्यको । उनी आफ्नो माटोलाई श्रद्धाले छातीमा सजाँउछन् । विभिन्न जाति,भाषा र भेषभुषाले वहुरंगी फुलवारी वनेको नेपाल विभिन्न कला,संस्कृतिक विविधतामा झनै सुन्दर देखिएको छ । यस्तो सुन्दरतामा मोहित देउजा भन्छन् (
कति राम्रो देश यो अति राम्रो भेष
यहि नेपाली पहिरन साह्रै राम्रो वेश
संस्कृति छन् भिन्न भिन्न जाति अनेक
मिलेका छन् हिमाल र पहाड मधेश ।
छिमेकी मूलुकहरुवाट नेपालको राजनीति प्रभावित वनाइएको उनलाई पटक्कै मन परेको छैन् । उनी खुलेर यसको खिलाफमा छन् । आफ्नो देशको शासन संचालनमा विदेशी हस्तक्षेप उनलाई सह्य छैन् । नेपाली राजनीतिमा अस्वस्थ चलखेल र आर्थिक प्रलोभन हुने गरेको प्रति उनी तिव्र रोष व्यक्त गर्दछन् । यस्ता कुराहरु तत्काल वन्द भएन भने देश पछि पर्ने प्रति उनले शासकहरुलाई सचेत गराएका छन् । जनताहरुको सुख सुविस्ताप्रति शासकहरुको ध्यान नपुगेको गुनासो गर्छन् उनी । जनताहरु अभावै अभाव झेलिरहेका छन् त्यो अभाववाट अव जनताले त्राण पाउनुपर्ने तर्फ पनि उनका मुक्तक वोल्छन् । राजनीतिमा देखिएको वेथितिको विरुद्ध धावा वोलेका छन् उनले आफ्ना मुक्तक मार्फत । देश र जनताप्रति जिम्मेवार हुन सत्ताधारीलार्इृ मुक्तक मार्फत आग्रह गरेका छन् ।
जिन्दगी वारेमा सवैको वुझाई आआफ्नो हुन्छ । जीवन सुख दुखको चौतारी हो । त्यसैले जीवनमा हार मान्नु नहुने उनको आग्रह छ । कहररुपी जीन्दगीलाई जीउन सक्नुपर्छ । आइपर्ने सवै विध्नवाधाहरु,जस्तोसुकै पिर पर्दा पनि हरेश खान नहुने प्रेरणा दिएका छन् उनले मुक्तक मार्फत ।
दुनियाँमा सवैभन्दा वलशाली हतियार भनेको विचार हो भन्ने कुरामा उनको वकालत छ । विचारको सामु सवैकुरा कमजोर हुने,हतियार भन्दा विचार कैयन गुना वलशाली भएकोले विचार वन्दुकवाट झुक्न सक्दैन भन्ने उनको ठहर छ ।
विचार झुकेन
वोली चुकेन
वन्दुक अगाडि
शिर झुकेन् ।
देउजा हामीमा नेपालीपन हराँउदै गएको प्रति चिन्ता व्यक्त गर्दछन् । हिजो वाउवाजेका पालका राडिपाखीहरु विस्थापित हुँदै गएको, वैदेशिक रोजगारको नाममा अरवका खाडीको प्रचुर धुपमा दुखगरि भौतारिरहेका नेपाल आमाका सन्तानहरुको दुख र पिडा देखेर उनलाई टिठ लाग्छ । उनको अनुरोध छ यहिं आफ्नै माटोमा पसिना वगाउनुपर्छ । आफ्नै धर्तिमा मिहेनत गर्नुपर्छ ,पाखुरा वजार्नुपर्छ । यहि माटोमा सुन फलाउन सकिन्छ ।
हराए जस्ता छन् पाखी र राडीका यामहरु
कति भौतारिन्छौ ए खाडीमा लामहरु
रोप्नु त सिर्जना हो आफ्नै माटोमा रोप
यहाँ पनि त झुल्छन् प्रशस्तै सुवर्ण र दामहरु ।
मनप्रतिको आफ्ना भावनाहरु प्रकट गरेका छन् केहि मुक्तकहरुमा रामसुन्दरले । दुँनियामा धन,वैभव र दौलतले मात्र केहि हुँदैन । मायाभन्दा ठूलो चिज दुँनियामा अरु नभएको उनको विचार छ । प्रेम विनाको जीवन कल्पना गर्न सक्दैनन् उनी । मन छ भने सवकुछ सम्.भव छ मन छैन भने केहि छैन् भन्दै धन हैन मनको प्रधानतामा उनको जोड छ ।
मानवको जिन्दगी असाध्यै छोटो भएकोले कसैले पनि घमण्ड गर्नु नहुने उनको भावना छ । दुँनियामा आएपछि केहि असल काम गरेर मात्र विदा हुनपर्छ मानव जीवनको सार्थकता त्यसमै छ भन्ने तर्फ उनको दृष्टिगोचर छ । मानिसको जिन्दगी फूलहरुको ओछ्यानमा रम्ने मात्र हैन् काँडा र भिरको संघर्षपूर्ण जिन्दगी पनि जीउन पर्छ । हण्डर र ठक्करवीचको जीवनले नै सार्थकता पाउँछ । जिन्दगीमा अभिमानी भएर हैन स्वाभिमानी भएर समाजसेवा गर्न आग्रह छ उनका मुक्तकहरुमा । सवैले एकअर्कामा आत्मियभाव प्रकट गर्नुपर्छ भन्ने सकारात्मक सन्देश वोकेका मुक्तकहरु पनि यो संग्रहमा लामवद्ध छन् ।
यसरी हेर्दा समाजका यथार्थतालाई टपक्क जस्ताको तस्तै उतार्न सक्नु देउजाको मुक्तकको विशेषता हो । समाजका सत्यतथ्यको प्रभावशाली प्रस्तुती रहेका मुक्तकहरु उत्तिकै रोचक रहेका छन् । वतासिएका शासकहरु प्रति उनको तिखो प्रहार पनि छ मुक्तकमा । रामसुन्दर देउजाले एउटा सचेत नागरिक हुनुको धर्मलाई राम्ररी निभाएका छन् । जीवनका भोगाइ र अनुभूतिहरुलाई आत्मसात गरेका छन् मुक्तकहरुले । एउटा राम्रो मुक्तकले सामाजिक सचेतनतामा गहिरो प्रभाव छाप छोड्न सक्छ ,जुन उनका मुक्तकहरुले छोडेका छन् । उनले आफ्ना अनुभूतिको राम्ररी सम्प्रेषण गर्न सकेका छन् । विषयको विविधता र प्रस्तुतीमा गंम्भिरताले मुक्तकहरु मनोरम बनेका छन् ।
मुक्तककार कतै कतै चिप्लेका झैं लाग्छन् । कतिपय मुक्तकमा शिल्प शैलीको अभाव खट्किन्छ । कुनैमा कला कम भएजस्तो लाग्छ । कतै विषयवस्तुको प्रासाँगिकतामा कमि देखिन्छ । भावलाई आलंकारिक र अझै लयात्मक वनाउने ठाँउ प्रशस्तै छन् । र पनि भन्न सकिन्छ सरल ,सहज र सुवोध्य लाग्छन् मुक्तकहरु । पानी झैं सलल वगेका छन् । क्लिष्ट भाषाशैली छैन् । सामाजिक सचेतनताका एक अभियान्ता वनेका छन् मुक्तक मार्फत मुक्तककार । मुक्तक विधालाई उभो लगाउने एक सार्थक प्रयास हो मन । मुक्तक विधा मन पराउने पाठकहरुको भोक मार्न सक्छ यसले । उनी मुक्तक श्रृजनाको यात्रामा छन् । मुक्तकहरुले नै धेरै कुरा वोलेका छन् । रामगोपालका सागर जस्ता गहिरा आँखाहरुले नियालेका छन् समाजलाई राम्ररी । र यसैको उपज हो मन । जनमत प्रकाशनवाट प्रकाशित यो मुक्तक संग्रह मनको मूल्य रु.१५०। रहेको छ । मुक्तकको विकास र सम्वृद्दिमा उनले एउटा पाको इटा थपेका छन् । मुक्तककारलाई अझै लेखनीमा पाइला वढ्दै जाउन हार्दिक सुभकामना ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
पुस्तक समिक्ष्या सम्बन्धि थप
  • कवितामा अनन्त

    कवितामा अनन्त

  • मोति शोभा श्रेष्ठको अक्षर मोह र अल्झेका धागाहरु

    मोति शोभा श्रेष्ठको अक्षर मोह र अल्झेका धागाहरु

  • सूर्यका कविताको प्रवृत्तिगत विश्लेषण लोकार्पण

    सूर्यका कविताको प्रवृत्तिगत विश्लेषण लोकार्पण

  • ‘ओ पेङ्दोर्जे’ कवितासङ्ग्रहमा राजु स्याङ्तान

    ‘ओ पेङ्दोर्जे’ कवितासङ्ग्रहमा राजु स्याङ्तान

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0