Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ जेष्ठ १, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

दमाईँ भई सकेको छैन

प्रभातफेरी अनलाइन ३२३४ पटक पढिएको प्रकाशित मिति: २०७८ आश्विन १२, मंगलबार (४ साल अघि)
दमाईँ भई सकेको छैन

परिविक्रम
नौडाँडा, कास्की

मलाई दमाईँ नभन
म अझै दमाईँ भई सकेको छैन
र मलाई दलित त भन्दै नभन
जुन म हिजो पनि थिईनँ
आज त झन हुने कुरै हैन ।

एउटी ब्राहमण मातरीको
भरिएको त्यो कोखले ब्राहमण जन्माउँछ
अनि
तन्त्र मन्त्रको जनैले
मात्रै पनि ऊ ब्राहमण बन्दछ
तर,
फरक यहाँ छ कि
एउटी दमिनी आमाको
भरिलो कोखबाट दमाईँ जन्मदैन
जन्मन्छ,
एउटा नवजात शिशु मात्र ।

हो,
म त्यही शिशु बनेर जन्मिएको हुँ ।
मेरि दमिनी आमाले जन्माइन्
तर,
मलाई दमाईँ नभन किनकी
म अझै दमाईँ भई सकेको छैन ।

बडा साप’को छोराको बिबाह
यही मंसिरमा धुमधामले आटिरहँदा
म
मेरा बा’को बाजा लिएर जान सक्दिनँ
अनि
बडा साप’को कोट पाइन्ट
उनैका श्रीमतिको चोला साडी
बेहुला राजाको दौरा, सुरुवाल
मेरो सिउने क्षमता छैन ।

कहाँ सक्छु र?
बडा सापकै बेँसी खेतमा
मेरा बाले झैँ आफैँ हलो बनाएर
बाली लगाउन कहाँ सक्छु र?
अनि सक्दिनँ
जोत्दा जोत्दै अनौ फुस्किदा
कता कताबाट खोजेर
ठोक्न पनि सक्दिन ।
दिन रात बाली भनी
बुलबुले मूल हेरि वरि
पानी लगाउन पनि सक्दिन
झन्,
मंसिरमा फलाएर
थन्काउन सक्ने त सोचेकै छैन
हो के, म दमाईँ भई सकेको छैन ।

नवदुर्गाको नौ दिन भरि
तिम्रो त्यो घर घर चहारी
बिहान बिहान झिस्मिसेमा
सिया लाउन सक्ने भएकै छैन ।
अनि,
तिम्रो घरको भैंसी मर्दा
लैजा!
काटेर खा भन्दा
मेरा बाले झैँ चोक्टा चोक्टा
बनाउन सक्ने भएकै छैन ।

साँच्चै,
धेरै गाह्रो हुन्छ यार दमाईँ बन्न
मेरा कयौ पुस्ता दमाईँ बने
धेरै दुः ख गरे
तर,
म मा
त्यस्तो दमाईँ बन्न लायक कुनै लक्षण छैन
साथी हो!
मलाई दमाईँ नभन
म अझै दमाईँ भई सकेको छैन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
साताको कविता सम्बन्धि थप
  • मुक्तक

    मुक्तक

  • मलाई गाउनु छैन स्वर्णयुगको गीत

    मलाई गाउनु छैन स्वर्णयुगको गीत

  • मुक्तक

    मुक्तक

  • जीवनवृत्त छन्दःझ्याउरे (असारे)

    जीवनवृत्त छन्दःझ्याउरे (असारे)

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख ३० गते बुधबार

    २०८३ साल वैशाख ३० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0