Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन ७, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

प्रदेश सञ्चार विधेयक फिर्ता लिन माग

प्रभातफेरी अनलाइन ३६९४ पटक पढिएको प्रकाशित मिति: २०७८ आश्विन १९, मंगलबार (४ साल अघि)
प्रदेश सञ्चार विधेयक फिर्ता लिन माग

प्रेस काउन्सिल नेपालद्धारा आज यहाँ आयोजित कार्यक्रममा लुम्बिनी र गण्डकी प्रदेश सरकारले सञ्चारमाध्यम व्यवस्था गर्न बनेको विधेयक र्फिता लिनुपर्ने विषयमा जोड दिइएको छ । कार्यक्रममा काउन्सिलका पूर्व कार्यवाहक अध्यक्ष एवं सदस्य गोपाल बुढाथोकीले उक्क्त विधेयकमा प्रेस स्वतन्त्रता विरोधी प्रावधान सच्याइनुपर्ने बताउनुभयो । उहाँले विधेयकमा प्रस्तावित प्रेस स्वतन्त्रताविरोधी र प्रेससम्बन्धी अन्तर्राष्ट्रिय मान्यता प्रतिकूलका प्रावधानप्रति काउन्सिलको असहमति रहेको जनाउनुभयो ।

 

काउन्सिलका सदस्य ठाकुरप्रसाद बेलबासेले संविधान विपरीत प्रदेश सरकारले कानुन बनाउनु गलत भएकाले प्रेस स्वतन्त्रता हनन् गर्ने विधेयक स्वीकार्य नहुने बताउनु्भयो । उहाँले अनलाइन सूचीकरण र प्रेस कार्ड वितरणलाई सहज वनाउने दृष्टिकोणकै आधारमा यस्ता विधेयक ल्याएर प्रेस स्वतन्त्रता हनन् गर्न नपाइने धारणा राख्नुभयो ।

वरिष्ठ पत्रकार बद्री बिनोद खनाल (प्रतिक) ले प्रदेश सरकारहरूले कुन कानुन र संविधानलाई टेकेर विधेयक बनाएको भन्नेमा आफैँ अन्यौलमा रहेको बताउनुभयो । उहाँले संविधानले ज्ञारेन्टी गरेको प्रेस स्वतन्त्रतालाई कसैले हस्तक्षप गर्न नसक्ने बताउनुभयो ।

वरिष्ठ पत्रकार डा.केशव देवकोटाले काउन्सिलले स्थानिय पालिकामा काउन्सिलको सूचना कार्यालय खोल्नसम्म सक्ने सुझाव दिनुभयो ।

काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले सबै प्रदेशमा काउन्सिलको सम्पर्क कार्यालय खोल्न बोर्डले निर्णय गरिसकेको भन्दै आवश्यक प्रक्रिया अगाडि बढाउने बताउनुभयो । उहाँले कार्यक्षेत्रमाथि नै विवाद आउने र अन्यौलता सिर्जना गर्ने विधेयकप्रति काउन्सिलको असहमति रहँदै आएको स्पष्ट पार्नुभयो ।

वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालले काउन्सिलको ऐनमा नै प्रेस स्वतन्त्रताको संरक्षण उल्लेख भएको भन्दै अल्पकालीन र दीर्घकालीन रणनीति बनाएर यस्ता विधेयकविरुद्ध प्रतिवाद गर्नुपर्ने बताउनुभयो । यस्ता विधेयक खारेज गरी प्रत्यक प्रदेशमा काउन्सिल गठन गर्न नहुनेतर्फ बहस हुनुपर्ने भन्दै सातवटै प्रदेशमा काउन्सिलको सम्पर्क कार्यालय राखेर अगाडि बढ्न सकिने धारणा राख्नुभयो ।

पत्रकार डक्टप्रसाद धितालले यस्ता विधेयकबारे आम नागरिक र पत्रकारलाई समेत जानकारी गराउन अभियान नै चलाउनुपर्ने विचार राख्नुभयो ।

मिडिया नेपालका अध्यक्ष गोपाल पौडेलले प्रत्यक प्रदेशमा प्रेस काउन्सिल गठन गर्न नहुने बताउनुभयो ।

श्रमजीवी पत्रकार सङ्घका महासचिव धनञ्जय बुढाले प्रेस स्वतन्त्रताको संरक्षण, आचारसंहिताको निर्माण र कार्यान्वयन, पत्रकार तथा कर्मचारीको दक्षता अभिवृद्धि लगायतको काम काउन्सिलले गर्दै आएको भन्दै विधेयक तत्काल फिर्ता लिनुपर्ने माग गर्नुभयो ।

प्रेस स्वतन्त्रता अनुगमन उपसमितिद्धारा आयोजित कार्यक्रममा सहप्रशासकीय अधिकृत रामप्रसाद पोखरेल, उपप्रशासकीय अधिकृत रामशरण बोहरा, अधिकृत गिता पराजुली लगायतको सहभागिता थियोे ।

श्रोत : प्रेस काउन्सिल

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन ६ गते बुधबार

    २०८२ साल फागुन ६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    बहुप्राविधिक शिक्षालय स्थानान्तरणमा जनअसन्तुष्टि

    बहुप्राविधिक शिक्षालय स्थानान्तरणमा जनअसन्तुष्टि

    काभ्रे–२ मा बसुन्धरा हुमागाईको समाजवादी संकल्प कृषि, पूर्वाधार र रोजगारीमार्फत् समृद्धिको एजेण्डा

    काभ्रे–२ मा बसुन्धरा हुमागाईको समाजवादी संकल्प कृषि, पूर्वाधार र रोजगारीमार्फत् समृद्धिको एजेण्डा

    नेकपाको सरकार बने डेढ बर्षभित्र देश पूर्ण रुपमा विद्युतीकरण हुन्छ

    नेकपाको सरकार बने डेढ बर्षभित्र देश पूर्ण रुपमा विद्युतीकरण हुन्छ

    दुप्चेश्वरमा कांग्रेस र एमाले परित्याग गरी सयौं नेता-कार्यकर्ता कम्युनिस्ट पार्टीमा प्रवेश

    दुप्चेश्वरमा कांग्रेस र एमाले परित्याग गरी सयौं नेता-कार्यकर्ता कम्युनिस्ट पार्टीमा प्रवेश

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0