Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८३ जेष्ठ २८, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

भोक–पर्व

प्रभातफेरी अनलाइन २५५२ पटक पढिएको प्रकाशित मिति: २०७८ कार्तिक ९, मंगलबार (४ साल अघि)
भोक–पर्व

विजय सापकोटा

भोकले प्राण जोतिरहेको
चिसो साँझ,
संसारै च्यातुँला झैं
आँगनभरी वर्सिएका
सेता,गोला दानाहरुको पहाड देखाउँदै
सोध्छ भोको छोरो–
‘आमा !
कथाको फुलौरा पनि यस्तै हुन्छ ?’

आमाको आँखामा आँसु मात्रै छ
उत्तर छैन
आँखाको दहमा
सर्वनाशको हुण्डरीले जन्माएको आँधी मात्रै छ
खुशी छैन
जाडोले लुगलुग काँपेको छोरोलाई
अर्धानो ओढ्नेले छोप्ने प्रयत्न गर्दागर्दै
छाती चसक्क दुख्छ आमाको–
सहरतिर कतै भौतारिरहेको
एउटा दुःखी आकृति सम्झेर

सानो आफ्नै संसार छैन
मायालाई पीडाले जितेको
लड्नै आँटेको झुप्रोमा बाँचेको छ
रित्तो बिझाउने उपस्थिति
उमेर भरिको कमाई
अभाव बनेर
मझेरीभरि पोखिएको छ
भग्नावशेष जस्तो नियति बोकेको घर
थर्थराउँछ सधैं
आँगनको भत्किएको डीलबाट
चोर बिरालो झैं चिहाउँदा–
शोषणको कालो अनुहार

मुसाले समेत छाडिसकेको सन्नाटा
सारुङले समेत बास छाडेको भयावहता
मेटिन त मेटिन्छ आमाको कथाले
तर
भोकको सारंगी रेटेर
गुन्जिरहेको नमीठो गीत
अहँ मेट्न सक्दैन
कथाका फुलौराहरुले त अचेल
भोक जगाउँछन् मात्रै

‘कति जाति हुन्थ्यो होला हगि
आँगनभरिका असिना बराबर
मकैका दाना भए !’
दुखेका आमाको आँखै मुन्तिर
थामिनसक्नु भएपछि भोकको आँधी
कोमल अँजुलीले
उठाएर भूइँभरिका पग्लँदै गरेका असिना दाना
क्वाप्प मुखमा हालेर
सइन झैं तीखो तर चिसो अनुभवले
आँखाभरि आँसु पार्दै
भन्छ भोको छोरो –
‘त्यसै बिलाएर जाने
यति धेरै फुलौराहरुले पनि
मेरो भोक मेटिएन किन आमा ?’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
साताको कविता सम्बन्धि थप
  • मुक्तक

    मुक्तक

  • मलाई गाउनु छैन स्वर्णयुगको गीत

    मलाई गाउनु छैन स्वर्णयुगको गीत

  • मुक्तक

    मुक्तक

  • जीवनवृत्त छन्दःझ्याउरे (असारे)

    जीवनवृत्त छन्दःझ्याउरे (असारे)

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ २७ गते बुधबार

    २०८३ साल जेठ २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0