Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ जेष्ठ १, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

भूँइमान्छेको गीत

प्रभातफेरी अनलाइन २१९८ पटक पढिएको प्रकाशित मिति: २०७८ कार्तिक २३, मंगलबार (४ साल अघि)
भूँइमान्छेको गीत

आस्था कोपिला, खोटाङ

प्रिय भाई,
म यतिबेला बिनायो र मुर्चुङ्गाको मीठो धुन बजाउन छाडेकी छु
न त लेख्न सक्छु कविताका हरफहरु नै
न सुसेल्न सक्छु जीवनको लय
न त सुनिन्छ गाउँमानै कुनै मङल धुन ।

खै !कसरी एक्कासी उडाइ लग्यो ?
यो महामारीले यो दुनियाँको रङ
हिजो मात्र मुलघरे साइला रुँदै आएको थियो
उतै कतारमा छोरो यहि महामारीले बित्यो रे
माथ्लो घर जेठी आमाको बेथा उस्तै छ
छोरो मलेसियामा भेन्टिलेटरमा छ रे ।

यता हाम्रो कुरै नगरौ !
एउटा माक्स किन्न सक्ने स्थिति छैन
सेनिटाइजर त हाम्रो हैसियत बाहिरको कुरो हो
कठै ! हामी भूईमान्छ्े !
राजधानीको सडक पेटीमा हिड्दा हिड्दै धनबहादुर
कहिले नउठ्ने गरी ढले !
एउटा सिटामोल समेत खान नपाई
महिनौंको लकडाउनले मजदुरी गर्न नपाउँदा
सिरानघरे काकाको छोराछोरी कुपोषण भएको छ ।

तैपनि हाम्रा शासकहरु मौन छन्
सत्ताको खेल र भ्रष्टाचारमा लिप्त छन्
यी सब देख्दा दिक्क लाग्छ भाइ !
उबेला हामीले क्रान्ति किन गर्याै ? ?
आखिर जनताको तक्दिर बदलिंदैन थियो भने
किन लडियो रणमैदानमा र बगायौं रगत
हाम्रा साथीसंगीले किन दिए जीवन ??
संकटको बेला टाउकोमा हात राख्दैन भने
किन चाहियो देश ??
आज लाग्दैछ मलाई
शासकको अनुहार मात्र फेरियो
शासन फेरिएन
नत्र !लाखौं पाखुरी बेचिन विदेशी मरुभूमी किन पुग्न पथ्र्याे ! ?

कति भो ! कति राम्ररी निदाएको रात छैन
हरेक साँझ आपा तिम्रो खबर सोध्नु हुन्छ
मन बुझाउनै सहि म ठीकै छ भनेर उत्तर दिन्छु
तर चुपचाप सिरानी भिजेको हुन्छ
स्लाई इच्छा हँुदैन होला र ! ?
जताततै मृत्यूको साइरन बजेको बेला
आफ्ना सन्तानलाई आखैनिर हेर्ने ?

तर यति हो
यो आक्रान्त समयमा पनि एउटा दियो निभेको छैन
तिमीले जाँदा एक मुठ्ठी माटो आफुसंगै लादै भनेको थियौ
म यो दुनियाँको जुन भूगोलमा पुगेपनि
यो माटोको जस्तौ मीठो सुगन्ध कतै भेटिने छैन
तिमीले जाँदा एक मुठ्ठी माटो आफुसंगै लादै भनेका थियौ
म यो दुनियाँको जुनै भूगोलमा पुगेपनि
यो माटोको जस्तो मीठो सुगन्ध कतै भेटिने छैन
त्यसैले यो मधौरो समयलाई जितेर एकदिन तिमी आउने छौ
अनि यहि आँगनीमा हामी सगरमाथा मुस्कुराउने छौ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
साताको कविता सम्बन्धि थप
  • मुक्तक

    मुक्तक

  • मलाई गाउनु छैन स्वर्णयुगको गीत

    मलाई गाउनु छैन स्वर्णयुगको गीत

  • मुक्तक

    मुक्तक

  • जीवनवृत्त छन्दःझ्याउरे (असारे)

    जीवनवृत्त छन्दःझ्याउरे (असारे)

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख ३० गते बुधबार

    २०८३ साल वैशाख ३० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0