Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ जेष्ठ २, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

फुर्सद

प्रभातफेरी अनलाइन २१२९ पटक पढिएको प्रकाशित मिति: २०७८ कार्तिक २३, मंगलबार (४ साल अघि)
फुर्सद

हिरा माया घिसिङ्ग

हरेक बिहान मेरी आमा
भैँसीको भकारो सोहोरिरहँदा
म भने कविता कोरिरहेको हुन्छु
किन कि त्यो फुर्सदले मलाई
बिहान मात्र साथ दिइरहेकै बेला
फुरिदिन्छन् कविताहरु ।

पारी गाउँको सालिम भीरमा
घामको किरण झुल्किंदै गर्दा
बुढेसकालका बुवा आमा
धर्सा बसेको सुख्खा निधारबाट
तप्प तप्प पसिना चुहाउँदै
घाँसको भारी बिसाएर
गारो गोठकको कुलेसोमा तेस्र्याइरहँदा
म भने दिनभरीको लागि
निलेको गाँस सँगै
हतारको सास नबिसाउँदै
आफ््नो बाटोतिर
आँखा तेस्र्याइरहेको हुन्छु ।

साँझ गाडिदै गइरहँदा
बुढी आमा भोकको झोंकमा
बासी भात खाएपछि
ढाडिएको पेटमा
बाँधिएको पसिनाले भिजेको पटुकी
अगेनाको आगोमा सेकिरहँदा
म भने बसालिंदै गरेको
भतको धैर्यता भुलेर
कविता लेखिरहेको हुन्छु ।
किनकीे
विहान पछिको दोस्रो आहारा
मैले पनि त्यहि बासी भात खाएर
अघाइसकेको हुन्छु ।

रात छिप्पिंदै गइरहँदा बुवा
दिनभरिको थकानले
गाढा निन्द्रामा डुबेर घुरिरहँदा
म भने मनको कन्दराबाट
ओर्लिंदै गरेको बिम्ब कुरिरहेको हुन्छु ।

शनिवारको प्यारो फुर्सद पनि
बाख्राले खोसिदिन्छन र निलिदिन्छन्
खोलाको किनारको छेउछाउ
पलाइएको ल्याफ्रो घाँसको
मीठो गाँससँगै ।

त्यसैले त म खोज्दैछु
आफैभित्र अपरिचित फुर्सद
घरको खाँबमा झुण्डिएर
मलाई नियालिरहेको
पुख्र्याैली डम्फुसँग मन साटेर
टुङ्नाको धूनसित प्रेम गर्ने समय
आपाको मस्तिष्क भरी रहेको
ताम्बा दर्शन अनि मारुनी हृाइ
र आमाको ओठमा कण्ठ फापरे हृाइ
श्रवण गर्ने समय
अनि ह्रुइ ठुङ्सा र बाप्साको ग्युइ
सुन्ने बुझ्ने र लेख्ने समय ।

दराजमा थन्किएको
म्हेमे र मामको कुतेन
साङ्ग्ये च्योम्दनदे र च्यनरेस्हिगलाई
जल चढाउने समय
सिरानी मुनि थिचिएको
बुद्धचित्त माला जप्ने समय
अनि रिवोतला छयुमिग्याजलिङ गुम्बा
ताक्मो ल्हुइजिन सिङकुन
र ज्यारुङ खासोर दर्शन गरेर
सचेतनालाई सन्तुष्टि पार्दै
माग्ने मन छ
मेख मर्नेगरी कविता लेख्ने समय ।

तर आधा दर्जन समय निलिसकेँ
भेटिएको छैन चिन्न सकेको छैन
अपरिचित पृय समय
लाग्छ लुक्दै हिँडेको छ उ
मैले नचिनोस भनेर
मलाई साथ नदिने त्यो निष्ठुरी समय ।

कञ्जुस बनिदियो उ
बुझेन उसले विगतमा मैले
बाध्यताको पटुकी बाँधेर
भकारो सोहोरेकै उसँग बिताएको पल ।

अभ्यस्त थिएँ पहिले म
र अज्ञात छु म अझै
खै कस्तो हो समयको स्वभाव
कि हुनपर्छ उ फारोमा
पछिको लागि साँचेर
होइन भने उसले मलाई सधैँ
झुक्याइरहेको छ
सबै चीजको पूर्णता भएर पनि
अभाव छ उही फुर्सदको ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
साताको कविता सम्बन्धि थप
  • मुक्तक

    मुक्तक

  • मलाई गाउनु छैन स्वर्णयुगको गीत

    मलाई गाउनु छैन स्वर्णयुगको गीत

  • मुक्तक

    मुक्तक

  • जीवनवृत्त छन्दःझ्याउरे (असारे)

    जीवनवृत्त छन्दःझ्याउरे (असारे)

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख ३० गते बुधबार

    २०८३ साल वैशाख ३० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

    पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0