Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८३ जेष्ठ २८, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

स्वस्थ जीवनको लागि योग

प्रभातफेरी अनलाइन २३६५ पटक पढिएको प्रकाशित मिति: २०७८ कार्तिक ३०, मंगलबार (४ साल अघि)
स्वस्थ जीवनको लागि योग

काभ्रे । २१औं शताब्दीमा मौलाएको आधुनिकताको नाममा पश्चिमा शैलीलाई पछ्याउँदै जीवनशैलीसँग जोडिएका अस्वस्थ गतिविधि, अस्वभाविक खानपान र उपचार पद्धतिलाई विस्थापित गरेको छ भने त्यो पतंजलि योगबाट भएको छ ।
जसले प्राकृतिक रुपमा आफ्नै पाखा पखेरामा उम्रिएका जैविक जडिबुटीलाई आधुनिकता दिँदै मानवलाई नयाँ जीवन दिने काम गरेको छ । त्यसलाई मूर्त रुपमा जीवनोपयोगी गराउने काम गरेको छ त पतंजलि योगले गरेको छ । सोही पतंजलि समितिले आफ्ना भावनाहरुलाई विश्वव्यापी बनाउने क्रममा काभ्रे पनि अछूतो रहन सकेन । जसको श्रेय काभ्रे पतंजलि पीठलाई जान्छ । पतंजलि योग समितिले यस क्षेत्रमा भए गरेका कार्यहरुलाई संस्थागत गर्न जुन किसिमको योजनाहरु सार्वजनिक गरेको छ, त्यो मानवीय क्षेत्रमा अनुकरणीय रहनेमा दुई मत नरहला । यसैको सेरोफेरोमा रहेर पतंजलि योग भवन काभ्रेको बारेमा आजसम्मका गतिविधिलाई सार्वजनिक गर्ने जमर्काे गरेको छ । जसलाई विश्व विख्यात योग ऋषि स्वामी रामदेव महाराज तथा आयुर्वेद शिरोमणी आचार्य बालकृष्ण महाराजबाट संयुक्त रुपमा सार्वजनिक हुन गईरहेको यो सुखद अवसरमा योग र योग भवन सम्बन्धि केही जानकारी राख्ने जमर्काे समितिले गरेको छ ।
जसअनुसार मिती २०६१ साल श्रावण महिनामा बनेपाको अरनिको सभा भवनबाट शुरु भएको यो अभ्यासलाई निरन्तरता दिँदै पतंजलि योग पीठमा आबद्ध पश्चात योग साधकहरुले आफ्नै भवन निर्माण गरि सोहि भवनमा योग अभ्यास गर्न पाए निकै सहज हुने महसुस गरि तत्कालिन योग साधक स्व. चक्रमान बैदार, राम प्रसाद बैदार, राम बैदार, तुल्सीदास बैदार, घनानन्द बैदार, गणेश लाल रंजित तथा बनेपा नगरपालिकाबाट प्राप्त जग्गामा भवन निर्माण गर्न भवन निर्माण समिति गठन गरेको जानकारी गराएको छ ।
त्यस्तै जग्गा प्राप्त पश्चात काभ्रे जिल्लामा योग साधकको क्षेत्रमा एउटा ठुलो परिवर्तन आई योग अभ्यास गर्ने हेतुले जिल्लाको बनेपा, पनौती, धुलिखेल, मण्डन देउपुर र सिन्धुपाल्चोकको चौतारा, मेलम्ची तथा भक्तपुरमा गरि २५ भन्दा बढी योग साधना केन्द्र संचालन गरि दैनिक हजारौं जनाले योग कक्षा तथा योग शिविर संचालनमा योग स्वस्थ शरिर, स्वस्थ समाजको निर्माणमा राष्ट्रप्रति नै योगदान पु¥याउँदै आइरहेको तथ्य सार्वजनिक गरेको छ ।
सोही क्रममा काभ्रेको मुटु व्यापारिक नगरी बनेपामा निर्माण भएको योग भवन जन सहभागितामा निर्माण भएको नेपालभरकै पहिलो योग भवन भएको यही २०७८ मंसिर ४ गतेका दिन स्वामी तथा आचार्यबाट समुद्घाटन हुन गईरहेको जानकारी गराउन पाउँदा हामी अत्यन्तै गौरवान्वित भएका छौं भनिएको छ । योग भवन निर्माणमा ५ सयभन्दा बढी शुभचिन्तक, संघसंस्था तथा महानुभावहरुले रु. ४२ नगददेखि लाखौं–लाख नगद एवं भौतिक सहयोगसम्म स्वतः स्फुर्त रुपमा सहयोग प्रदान गर्नुभएको तथ्यले यस क्षेत्रमा नागरिकहरुको उत्साहका बारेमा जति नै चर्चा गरेपनि अपूरो रहने ठम्याई हाम्रो छ ।
जसमध्ये सो अभियानमा बनेपा नगरपालिकाबाट १३ लाख ८ हजार ८ सय ३८, ॐ बचत (योग साधकहरुको समूह) बाट १३ लाख, सामाजिक व्यक्तित्व ग्रुवेन तौजलेबाट १० लाख, अरनिको योग केन्द्रबाट ८ लाख ९६ हजार ७ सय ५०, गणेश दास उलकबाट ४ लाख ४९ हजार १ सय ७६, सरिता शाक्य ३ लाख ६० हजार, उद्धव तिमिल्सिनाबाट ३ लाख १ हजार १ सय ११, दमन कुमार श्रेष्ठबाट २ लाख ३२ हजार १ सय ११, पुर्ण देवी कायष्ठबाट २ लाख १० हजार, सुरकृष्ण बैद्यबाट २ लाख ६ हजार ५, शम्भू दाहालबाट २ लाख १ हजार, पुर्ण देवी कायष्ठबाट २ लाख १० हजार, अमृत लाल पलांचोकेबाट १ लाख १० हजार २ सय, अशोक भडेलबाट १ लाख, भक्ति देवी श्रेष्ठबाट १ लाख ४५ हजार ५ सय ११, बैजन्ती तौजलेबाट १ लाख, स्व. बद्रि रत्न शाक्यबाट १ लाख २० हजार, बनेपा क्षेत्र विकास कोष (कंचन चन्द्र वादे) बाट १ लाख १० हजार १ सय ६७ रुपैयाँ २० पैसा, हरि शरण श्रेष्ठबाट १ लाख ५५ हजार ५ सय ५५, हिटलर शाक्यबाट १ लाख २९ हजार, हिमानी शाहबाट १ लाख, जिल्ला विकास समिति, काभ्रेबाट १ लाख ७० हजार, कान्छा कुमार श्रेष्ठबाट १ लाख २० हजार १ सय २१, प्रकाश मान शाक्यबाट १ लाख १५ हजार ७ सय २०, मोहन बैद्यबाट १ लाख २१ हजार १ सय १२, पतंजलि आयुर्वेद केन्द्र प्रा.लि.बाट १ लाख ५० हजार, राम गोपाल कायस्थबाट १ लाख, डा. सुरेन्द्र बहादुर वादेबाट १ लाख ३२ हजार २ सय ३३, श्याम कुमार श्रेष्ठबाट १ लाख २१ हजार १ सय ११ र सुर्य रत्न शाक्य १ लाख लगायत विभिन्न महानुभावहरु तथा संघ÷संस्थाहरुको उत्साहजनक सहयोगबाट हालसम्म संकलित कुल रकम १ करोड ४३ लाख ५० हजार २ सय ५ आर्थिक सहयोग प्राप्त भई सो योग भवन निर्माण गर्न कुल रकम १ करोड ५६ लाख ८० हजार २ सय ५३ लागतमा निर्माण भएको जानकारी समितिले सार्वजनिक भएको छ । सो अभियानमा नपुग रकम विभिन्न सामाजिक व्यक्तित्वद्वारा सम्बोधन भएको पनि उल्लेख छ ।
बनेपा नगरपालिका, जग्गा दाता, संघ संस्था तथा जन सहभागिताले भवन निर्माण सम्पन्न गर्न सक्नु काभ्रे जिल्ला तथा बनेपाको पहिचान हो भने योग भवनको लागि जग्गा दान गर्नु हुने जग्गा दाताहरु, बनेपा नगरपालिका, आर्थिक तथा जिन्सी सहयोग गर्नुहुने महानुभावहरु धन्यवादका पात्रहरु हुन् । वहाँहरुको नाम भवनको शिला पत्रमा सुन्दर अक्षरले लेखिने समितिले जनाएको छ । यस किसिमको मानव जीवनसँग प्रत्यक्ष सरोकार राख्ने योग प्रविधिले स्वस्थ जीवन जिउनका लागि खेलेको भूमिकाले पतंजलि योग काभ्रेको सफलताका सूचकहरु पार गर्न पु¥याउनुभएको योगदानहरुलाई अझ आगामी यात्रामा अपेक्षा राख्ने समितिले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ २७ गते बुधबार

    २०८३ साल जेठ २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0