Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन ५, मंगलबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पापाको अन्तिम बिदाइमा

प्रभातफेरी अनलाइन ४३८० पटक पढिएको प्रकाशित मिति: २०७८ मंसिर ७, मंगलबार (४ साल अघि)
पापाको अन्तिम बिदाइमा

शम्भु निशब्द

पापा ! हामी त्यही दोबाटोमा छौँ

जुन दोबाटोबाट

न तिमीले मलाई सँगै लान सक्छौ

न म तिमीसँगै जान सक्छु।

म जाडोले थरथरी कामिरहेको बालक

तिमी क्षितिजमा डुबिसकेको न्यानो घाम

मेरो मायाले फर्केर आउँदैनौ

यो साँझको बेला मेरो आगनसम्म तिमी।

 

म जीवनको उकालो चढेर लखतरान थाकेको बटुवा

तिमी पात,हाँगा,जरा सबै सुकेको चौतारीको वर

मेरो कुनै आवश्यकताले बनाउँन सक्दैन

तिमीलाई पहिलाझैँ हराबरा

मेरो कुनै चाहनाले लगाउँने छैनौं तिमीले नयाँ पालुवा।

 

पापा मलाई थाहा छैन यसपछि तिमी कहाँसम्म पुग्छौ?

 

जहाँसम्म पुग्छौ-

 

बिसाउँदै-बिसाउँदै जानू

तिम्रो नाममा बनाइदिउँला फँलैचा/चौतारा

पिउँदै-पिउँदै जानू

तिम्रो नाममा बनाइदिउँला जोरधारा

आरामले खाँदै-खाँदै जानू

तिम्रै हो यो बारीभरि पाकेको अन्नबाली/नयाँ फलफूल।

 

सक्छौ सँगै लैजाऊ-

तिम्रो शोकले

आँखाको छेउमा समुन्द्रको माछाझै खेलिरहेको तर

आँखाकै भित्रपट्टी कुरमा बस्न नमानीरहेको आँसु

आमाको अनुहारमा तिम्रो यादले लागिरहेको कुहिरो।

 

सम्झनामा नै छोडिदेऊ

तिमीले गोरु जोत्दा पनि

मलाई ढाडमा बोक्दा मलाई आएको चरम आनन्द

र तिमीले म माथि भरोसा गरेर देखेको आकाश जत्रो फराकिलो सपना

ढुंगा कुटेर चिनाएको चेतनाको वर्णमाला

जंगे आरा तानेर बनाइदिएको जिन्दगीको घर

र बहिनीको जिब्रोको टुप्पोमा झुन्डिरहने तिम्रो प्रिय नाम।

 

बस् पापा तिमी छैनौ तर छन् तिम्रो सम्झनाको सिंगै दस्तावेज

मसँग छन्-अनिकाल लाग्दा तिमी भोकै बसेको रात

खेतमा पानी लगाउन जाँदा मर्किएर सुन्निएको खुट्टा

भाइ सिकिस्त बिरामी हुँदा तिमीलाई परेको छट्पटी

बहिनीलाई कापी किन्ने रकम जुटाउन

डकर्मी गर्दा हतौडाले किच्चाएको नङ

आसियूमा तिमीले फेरिरहेको सासको अन्तिम सुस्केराहरू

भेन्टिलेटरमा चलिरहेको तिम्रो अन्तिम मुटुका चालहरू।

 

तर पापा हामी त्यही दोबाटोमा छौ

जुन दोबाटोमा

तिमीले न मलाई सँगै लान सक्छौं

न म तिमीसँगै जान सक्छु।

पापा यो कस्तो विडम्बना हो?

हिजो तिमीले स्वागत गर्यौ

आज म तिमीलाई सधाकालागि बिदाइ गर्दैछु।

 

आमालाई पनि नसोधी

कहिल्यै नफर्किनेगरि हिँडेको तिमीलाई

अन्तिममा बस् म यति भन्न सक्छु

तिमी जानू फूलैफूलको बाटो

र पुग्नु तिम्रो सुन्दर संसारमा।

 

म फर्किन्छु र पूरा गर्छु

तिमीले छाडेर गएका गर्न बाँकी कामहरू

सजाइराख्छु अनन्तसम्म तिमीलाई हृदयमा

र कुनैदिन पक्कै आउनेछु तिमी गएकै बाटो

अवश्य भेट्नेछु तिमीलाई

किनकि पापा भेटिनु छुट्टिनै लागि रहेछ

छुट्टिनु भेटिनकै लागि रहेछ

यो जीवन त भेटिने र छुट्टिनेहरूको शृङ्खला रहेछ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
साताको कविता सम्बन्धि थप
  • मुक्तक

    मुक्तक

  • मलाई गाउनु छैन स्वर्णयुगको गीत

    मलाई गाउनु छैन स्वर्णयुगको गीत

  • मुक्तक

    मुक्तक

  • जीवनवृत्त छन्दःझ्याउरे (असारे)

    जीवनवृत्त छन्दःझ्याउरे (असारे)

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ २८ गते बुधबार

    २०८२ साल माघ २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    निर्वाचन प्रचारप्रसारका लागि जुलुस र आमसभा आयोजना गर्दा पालना गर्नुपर्ने आचारसंहिता

    निर्वाचन प्रचारप्रसारका लागि जुलुस र आमसभा आयोजना गर्दा पालना गर्नुपर्ने आचारसंहिता

    भरूवा बन्दुकसहित पनौतीबाट सुनिता श्रेष्ठ पक्राउ

    भरूवा बन्दुकसहित पनौतीबाट सुनिता श्रेष्ठ पक्राउ

    महाभारतका विभिन्न वडामा नेकपाका चुनावी सभा सम्पन्न

    महाभारतका विभिन्न वडामा नेकपाका चुनावी सभा सम्पन्न

    सुशासन र समृद्धिमा जोड दिदैं उज्यालो नेपालद्वारा प्रतिबद्धता पत्र सार्वजनिक

    सुशासन र समृद्धिमा जोड दिदैं उज्यालो नेपालद्वारा प्रतिबद्धता पत्र सार्वजनिक

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0