Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० जेष्ठ २५, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

दलका कार्यकर्तामा देखिएको नैराश्यता साथै द्वन्द्व

प्रभातफेरी अनलाइन ६२४ पटक पढिएको प्रकाशित मिति: २०७८ मंसिर २८, मंगलबार (१ साल अघि)
Post Thumbnail

मुलुकमा एकै पटक प्रमुख तीन दल महांधिवेशनको दौडधुपमा होमियो । जसमध्य नेपाली कांगे्रसले लोकतान्त्रिक बिधि र पद्धतिलाई प्राथमिकता दियो । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले लोकतान्त्रिक बिधिको वास्ता नगरी आशिर्वादको आधारमा नेतृत्व चुन्ने बिषयलाई प्राथमिकता दिइएको छ । जसको कारण नेपाली कांगे्रसका नेताहरुले कार्यकर्ताको संरक्षण गर्नुपर्ने अवस्था निम्तिएको छ भने कम्युनिष्टहरुमा कार्यकर्ताले नेताहरुको संरक्षण गर्दै नेताहरुको चाकडी गरीरहनु पर्ने अवस्था आएको छ । कांगे्रस पाटीमा नेता बन्नका लागि कार्यकर्ताको आवस्यक रहने भएको छ भने कम्युनिष्ट पार्टीमा नेता बन्न कार्यकर्ताको आवस्यक नहुने नेतालाई मनलागेको व्यक्तीलाई जिम्मेवारी दिन सक्ने खालको सुरुवात भएको छ । कार्यएकर्ताको योगदान र क्षमता भन्दा पनि चाकडी र चाप्लुसी गर्न जान्नेले अवसर पाउनेछन्् कम्युनिष्ट पार्टीहरुमा । उता कांगे्रस पार्टीमा भने नेताले कार्यकर्तासंग चाप्लुसि गर्न सक्ने क्षमता भएकाले मत पाई जिम्मेवारी पाउने अवस्था आएको छ ।
महांधिवेशनको चपेटा चलिई रहंदा दलका नेताहरुका कारण कार्यकर्तामा नैराश्यता आउने क्रम बढेको छ । अधिवेशनमा भएको गुटगत व्यवहारले गर्दा कार्यकर्ताहरुमा तिक्तता रहीरहनु र नेताहरुमा भने अवसरको अवस्थालाई मध्यनजर गर्दै जुट्ने र फुट्नेको कुनै समय नलाग्ने कारणले गर्दा कार्यकर्ता निरास भएका छन् त कतीपए कार्यकर्ताले पार्टी परित्याग गर्ने गरेका समेत धेरै उदाहरणहरु रहेका छन् । लामो समयदेखी पार्टीमा जिम्मेवारी सम्हाल्दै आएका दलका नेताहरु समेत जिम्मेवारीबाट हट्नासाथ अन्य पार्टी चाहर्ने काममा अगाडी बढ्दै गरेको कार्यले दलका कार्यकर्ताहरुलाई थप निराश छाएको छ । बिषेशगरी नेपाली कांगे्रसका कार्यकर्तामा निकै समस्या परेको छ । अधिवेशनको समयमा आफुुअनुकुल कार्य गर्नको लागि दलका नेताहरुले आफ्नो गुटमा तान्न निकै आश्वाशनहरु दिएकै हुन् ।
स्थानिय तहबाट सुरुभएको कांग्रेसको अधिवेशन केन्द्र सम्म सकिएको छ । स्थानिय तहबाटै आफ्नो गुटलाई मजवुत बनाउनको लागि कार्यकर्ताहरुलाई गुटको छातामा ओतलाग्न हौसलाहरु दिए । अधिवेशन सकिंदै गर्दा नेताहरुका विचमा समझदारी कायमहुदै गर्दा कार्यकर्तामा एक आपसमा तिक्तता कायमै रहेको छ । कार्यकर्ताहरु माझमा भएको तंछाड मछाडको अवस्थाले गर्दा बोलचाल बन्दको अवस्था निम्तनाको साथै सार्वजनिक स्थानहरुमा उछित्तो कट्ने क्रम जारी रहेको छ । कार्यकर्ता विचमा भएको यस्तो अस्वभाबिक गतिविधिको असर आगामी निर्वाचनसमेत पर्ने हुंदा मत परिणाम नेताको आंकलन भन्दा भिन्न हुन सक्छ । निष्ठाका राजनीतिमा निरन्तर अगाडी बढ्दै आएका कार्यकर्तालाई अवसरको पोखरीमा डुवुल्की मार्दै गरेका अर्का कार्यकर्ताले गरेको अपमान जनक शब्द शैय नहुन सक्छ । कुनैपनि दलका कार्यकर्ताहरुमा भएको द्वन्दले दललाई फाईदा नहुन सक्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • Post Thumbnail

    सांसद विकास कोषलाई पारदर्शिता गर

  • Post Thumbnail

    सम्पत्ति छानविनको विकल्प छैन

  • Post Thumbnail

    उपनिर्वाचनले दिएको सन्देश

  • Post Thumbnail

    हावा हुरीको समयमा आगलागी हुनबाट जोगाऔं

  • प्रभातफेरी ई-पेपरथप

    २०८० जेठ १७ गते

    २०८० जेठ १७ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    Post Thumbnail

    खानीखोला गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    Post Thumbnail

    यस्तो छ रोशी गाउंपालिकाको नीति तथा कार्यक्रम

    तेमाल गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    तेमाल गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0