Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ जेष्ठ ११, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

दलका कार्यकर्तामा देखिएको नैराश्यता साथै द्वन्द्व

प्रभातफेरी अनलाइन ८९५ पटक पढिएको प्रकाशित मिति: २०७८ मंसिर २८, मंगलबार (४ साल अघि)
Post Thumbnail

मुलुकमा एकै पटक प्रमुख तीन दल महांधिवेशनको दौडधुपमा होमियो । जसमध्य नेपाली कांगे्रसले लोकतान्त्रिक बिधि र पद्धतिलाई प्राथमिकता दियो । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले लोकतान्त्रिक बिधिको वास्ता नगरी आशिर्वादको आधारमा नेतृत्व चुन्ने बिषयलाई प्राथमिकता दिइएको छ । जसको कारण नेपाली कांगे्रसका नेताहरुले कार्यकर्ताको संरक्षण गर्नुपर्ने अवस्था निम्तिएको छ भने कम्युनिष्टहरुमा कार्यकर्ताले नेताहरुको संरक्षण गर्दै नेताहरुको चाकडी गरीरहनु पर्ने अवस्था आएको छ । कांगे्रस पाटीमा नेता बन्नका लागि कार्यकर्ताको आवस्यक रहने भएको छ भने कम्युनिष्ट पार्टीमा नेता बन्न कार्यकर्ताको आवस्यक नहुने नेतालाई मनलागेको व्यक्तीलाई जिम्मेवारी दिन सक्ने खालको सुरुवात भएको छ । कार्यएकर्ताको योगदान र क्षमता भन्दा पनि चाकडी र चाप्लुसी गर्न जान्नेले अवसर पाउनेछन्् कम्युनिष्ट पार्टीहरुमा । उता कांगे्रस पार्टीमा भने नेताले कार्यकर्तासंग चाप्लुसि गर्न सक्ने क्षमता भएकाले मत पाई जिम्मेवारी पाउने अवस्था आएको छ ।
महांधिवेशनको चपेटा चलिई रहंदा दलका नेताहरुका कारण कार्यकर्तामा नैराश्यता आउने क्रम बढेको छ । अधिवेशनमा भएको गुटगत व्यवहारले गर्दा कार्यकर्ताहरुमा तिक्तता रहीरहनु र नेताहरुमा भने अवसरको अवस्थालाई मध्यनजर गर्दै जुट्ने र फुट्नेको कुनै समय नलाग्ने कारणले गर्दा कार्यकर्ता निरास भएका छन् त कतीपए कार्यकर्ताले पार्टी परित्याग गर्ने गरेका समेत धेरै उदाहरणहरु रहेका छन् । लामो समयदेखी पार्टीमा जिम्मेवारी सम्हाल्दै आएका दलका नेताहरु समेत जिम्मेवारीबाट हट्नासाथ अन्य पार्टी चाहर्ने काममा अगाडी बढ्दै गरेको कार्यले दलका कार्यकर्ताहरुलाई थप निराश छाएको छ । बिषेशगरी नेपाली कांगे्रसका कार्यकर्तामा निकै समस्या परेको छ । अधिवेशनको समयमा आफुुअनुकुल कार्य गर्नको लागि दलका नेताहरुले आफ्नो गुटमा तान्न निकै आश्वाशनहरु दिएकै हुन् ।
स्थानिय तहबाट सुरुभएको कांग्रेसको अधिवेशन केन्द्र सम्म सकिएको छ । स्थानिय तहबाटै आफ्नो गुटलाई मजवुत बनाउनको लागि कार्यकर्ताहरुलाई गुटको छातामा ओतलाग्न हौसलाहरु दिए । अधिवेशन सकिंदै गर्दा नेताहरुका विचमा समझदारी कायमहुदै गर्दा कार्यकर्तामा एक आपसमा तिक्तता कायमै रहेको छ । कार्यकर्ताहरु माझमा भएको तंछाड मछाडको अवस्थाले गर्दा बोलचाल बन्दको अवस्था निम्तनाको साथै सार्वजनिक स्थानहरुमा उछित्तो कट्ने क्रम जारी रहेको छ । कार्यकर्ता विचमा भएको यस्तो अस्वभाबिक गतिविधिको असर आगामी निर्वाचनसमेत पर्ने हुंदा मत परिणाम नेताको आंकलन भन्दा भिन्न हुन सक्छ । निष्ठाका राजनीतिमा निरन्तर अगाडी बढ्दै आएका कार्यकर्तालाई अवसरको पोखरीमा डुवुल्की मार्दै गरेका अर्का कार्यकर्ताले गरेको अपमान जनक शब्द शैय नहुन सक्छ । कुनैपनि दलका कार्यकर्ताहरुमा भएको द्वन्दले दललाई फाईदा नहुन सक्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ ६ गते बुधबार

    २०८३ साल जेठ ६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    आत्महत्या र मानसिक स्वास्थ्य न्यूनिकरणकालगि अन्तर्क्रिया

    आत्महत्या र मानसिक स्वास्थ्य न्यूनिकरणकालगि अन्तर्क्रिया

    दुईतिहाईको सरकारको संचार प्रती हेर्ने दृष्टिको सकारात्मक छैनः शर्मा

    दुईतिहाईको सरकारको संचार प्रती हेर्ने दृष्टिको सकारात्मक छैनः शर्मा

    पोल गाडेकोमा पैसा मग्यो बनले

    पोल गाडेकोमा पैसा मग्यो बनले

    आश्रम पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता

    आश्रम पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0