logo
२०८३ अषाढ २, मंगलबार |
📰
🔍

ऊ हाँसेर गयो

प्रभातफेरी अनलाइन३८१३ पटक पढिएको प्रकाशित मिति: २०७८ पौष ११, आईतबार(४ साल अघि)
ऊ हाँसेर गयो

रमिला योञ्जन
ललितपुर

जसलाइ बाटो छोड्दा

म लडेँ ऊ हाँसेर गयो ।

अचम्मको कालो बादल

छाय झैं अन्धकार भयो।

 

महोदय, अरुको भलो

चिताउने त जमना छैन ।

स्वार्थी छ दुनियाँ इमान्दारलाई

एन बैमानीलाई चैन।

 

फुटपाथ बरु सत्यहरुको

घर बन्छ बैमानीले भरिएको

घरमा अब दिउँसै काहली

लाग्दो डर बन्छ ।

 

मोहदय दुनियाँ यस्तै छ

सहिलाइ गलत भन्छ।

जसलाई बाटो छोड्दा

म लडेँ ऊ हाँसेर गयो ।

 

अचम्मको कालो बादल

छाय झैं अन्धकार भयो।

दुष्ट पनि माहान मान्छे बन्छ

जब ऊ सँग कालो धन हुन्छ।

 

निर्दोष लुटिन्छ समाज

उनकै बिरुद्ध हुन्छ तब मन रुन्छ।

जसलाई बाटो छोड्दा

म लडेँ ऊ हाँसेर गयो ।

 

अचम्मको कालो बादल

छाय झैं अन्धकार भयो।

यो मनमा अनयासै तिम्रो

आवज मात्र सुन्छ।

 

तिम्रो यादमा तड्पिदा

आशु प्रिय मित्र हुन्छ

जसलाई बाटो छोड्दा

म लडेँ ऊ हाँसेर गयो

 

अचम्मको कालो बादल

छाय झैं अन्धकार भयो।