Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ जेष्ठ १, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

भ्रुणको हत्या

प्रभातफेरी अनलाइन २८१३ पटक पढिएको प्रकाशित मिति: २०७८ पौष २७, मंगलबार (४ साल अघि)
भ्रुणको हत्या

सिर्जना पोखरेल
मन्थली नपा – १, रामेछाप

यो सुन्दर नगरी नेपालमा जन्मिएर
विश्वमा सगरमाथा जस्तै ठडिएको मेरो शीर
आजकल हरेक दिन देशका समाचार नियालिरहँदा
गिरेको महसुस भईरहेछ
हत्या, हिंसा र बलात्कारका घटनाहरूले
देश सजिईरहेछ
निर्मलाको न्यायको लागि लडिरहँदा
आडम्बरीको खोल ओडेको प्रशासनसँग
लिप्त निला आँखाहरू हेरेर
न्यायको सास फेर्न नपाउँदै
आफ्नै बाबुबाट बलात्कृत छोरीको
पिडाले रगत उम्लिएको छ
मुटुमा आगोका ज्वालाहरू दन्किएका छन्
खै,
मानवको संवेदनशीलता कहाँ मर्याे
आफैँले सृष्टि गरेको सुन्दर कोपिला
कसरी निमोठ्यो
छोरीको चित्कारले,
शरीर भरी रगतका टाटाहरूले
उसको हृदय काँपेन ?
विश्वास अब कहाँ बाँकी छ
अनि,
आफैँलाई प्रश्न गर्छु
के शान्तिका अग्रदुत गौतमबुद्ध
यही देशमा जन्मिएका हुन्
बुद्दका वाणीहरू कहाँ गए
शान्ति र स्नेहका फूलहरू
ओईलाएर झरिसके
आँसुका दह र रगतका भेलहरू
बग्दै महासागर बन्दैछन्
एक –एक फूल गरेर बनेको सुन्दर बगैँचा
एक आपसमा निमोठिँदै छन्
अब,
मान्छेले, मान्छे काट्न थालेपछि
यी पिडादायी क्षप्यास्त्रहरूको प्रहारले
हरेक आँखाहरूमा अविश्वास छल्किएको छ
मनहरू भत्किएका छन्
विश्वासका महलहरू छरपष्ट भएका छन्
ती कोपिलाहरूको चित्कारले
मेरो निन्द्रालाई गिज्याईरहेछन्
सपनाहरूले पोलिरहेका छन्
चरपटे बेचेर छोरीको सपना किनिरहेकी एक आमा
भावविह्वल भएर अदालतको ढोका ढक्ढक्याईरहँदा
आकांक्षाको फुलबारी ध्वस्त बनाएको छ
जीवनमा शुन्यता छाएको छ
गिद्दे दृष्टिले पल–पलमा आक्रमण गर्दा
विद्यालय गएका नानीहरू सुरक्षित नफर्कदा
त्रसित भएर
छोरी, बुहारीको जीवन सुरक्षित नभएपछि
निरीह भई, मैले भ्रुणको हत्या गरेको हुँ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
साताको कविता सम्बन्धि थप
  • मुक्तक

    मुक्तक

  • मलाई गाउनु छैन स्वर्णयुगको गीत

    मलाई गाउनु छैन स्वर्णयुगको गीत

  • मुक्तक

    मुक्तक

  • जीवनवृत्त छन्दःझ्याउरे (असारे)

    जीवनवृत्त छन्दःझ्याउरे (असारे)

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख ३० गते बुधबार

    २०८३ साल वैशाख ३० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0