रमिला योञ्जन
फूलकै दुनियाँ रमाइलो छ
काँडा बन्न चाहिन म
मुटु भरि माया हुँदा हुँदै
पनि उनको हुन पाईन म
बाध्यतामा बिबश भई
टाढा हुन मेरो कहर थियो
फुलकै दुनियाँ रमाइलो छ
काँडा बन्न चाहिन म
हाम्रो सम्बन्धलाई दुनियाँले
औंल्याला भन्ने डर थियो
अर्कैको माया र खुसि
माथि पिडा बन्न चाईन म
मुटु भरि माया हुँदा हुँदै
पनि उनको हुन पाईन म
फुलकै दुनियाँ रमाइलो छ
काँडा बन्न चाहिन म
अमर कोहि छैन एक दिन
मरी जाने चोला न हो
जिन्दगी यस्तै रहेछ अन्नत
बगी जाने खोला न हो
फुलकै दुनियाँ रमाइलो छ
काँडा बन्न चाहिन म
सफल र खुसी भई जिवन जिउनु
अर्कैको खुसीमा आँसु बन्न चाहिन म
फुलकै दुनियाँ रमाइलो छ
काँडा बन्न चाहिन म
काँडा बन्न चाहिन म
पनि उनको हुन पाईन म ।
प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित
प्रभातफेरी डट कम
बनेपा नपा-५,राजदास मार्ग
९७५१०२८४५०,९८४१४२८४५०
उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७
जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२
सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |