Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ जेष्ठ १, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

गगन दाइ आराम हुनुहुन्छ ?

प्रभातफेरी अनलाइन १४३४ पटक पढिएको प्रकाशित मिति: २०७८ फागुन २४, मंगलबार (४ साल अघि)
गगन दाइ आराम हुनुहुन्छ ?

प्रज्वल अधिकारी
(लमजुङ)

दाइ,
तपाईंले अस्ति ढुंगा हानेर फोर्नुभएको
त्रिचन्द्रको झ्याल अझै मर्मत भएको रैनछ…

अस्ति तपाईंले– उनीहरू विरुद्ध हान्दा फुटेको झ्याल
र आज– तपाईं विरुद्ध मैले हान्दा फुटेको झ्याल
अब कहिले मर्मत गर्ने गगन दाइ ?
यसको लागि कोसँग हात फिँजाउने हो ?

खान त तपाईंले पनि खानुभयो होला– लाठीहरू
त्यही लाठीले आज तपाईंलाई
लाठी ठोक् ! भन्ने ठाउँमा पु¥यायो
तपाईंले हानेको इट्टा लागेर घाइते भएको सिपाही
जिन्दगीको भिख मागिरहेछ
उसको जिन्दगीमा खुशीयाली तपाईं दिन सक्नुहुन्छ कि
छिमेकिसँग नै माग्नुपर्ने हो ?

माग्नु भनेको पनि त कला रहेछ
कस्तो राम्रो कला सिकाइदिनुभयो
अब त हामी मागेरै धनी हुने भयौं
हजुरलाई आभार !
यो बाहेक मसँग दिन सक्ने केही छैन
हजुर माग्ने, म थाङ्ने….

यसपटक पनि चुनाव आउदैछ क्यार
आकास चुम्ने घोषणापत्र बनाउनु होला
के फरक पर्छ र–
कलम अर्कैको, मसी अर्कैको, कपि अर्कैको, बिचार अर्कैको

यसपटक गाउँ आउँदा मिल्छ भने
त्यो गाउँगाउँको सिंहदरबार फिर्ता ल्याउनु ल
गाउँमा बिगबिगी मच्चिएको छ
हजुरसँग यत्ती चाहिँ मागें !
कि यो पनि छिमेकीसँगै याचना गर्नुपर्ने हो ?

पत्रिकामा छापिएको त्यो गगन थापा के गर्दै होला है दाइ ?
आजभोलि– त्यो गगन थापासँग भेट हुन्छ कि नाइ ?
भेट भयो भने उसलाई नियालेर हेर्नू र आफुलाई पनि हेर्नू !
आफै गरेर खानुपर्छ भन्ने गगन
जो ख्याउटे छ, तर हिम्मतिलो छ– त्यो आजको नेपाली जनता हो
यो गगन – हजुरले बुझिसक्नु भयो होला !

आजभोलि–
स्वदेशगान सुन्छु– मुर्मुरिन्छु
ईतिहास पढ्छु– बर्बराउछु
मागेको रोटीले मेरो पेट भरिन्न !
बूढो भक्ति थापा झुकेनन् अंग्रेजसँग !
हैट !
एउटा जवानले संसद भवनबाट
मागेर देशको पेट भर्ने कुरा गर्दा
यो जवानको शिर झुक्यो

मगन्ते बनेर–
छिमेकीकोमा जान तयार हजुर
के साँच्चै आराम हुनुहुन्छ ?

अल्लौक निरञ्जन !

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
साताको कविता सम्बन्धि थप
  • मुक्तक

    मुक्तक

  • मलाई गाउनु छैन स्वर्णयुगको गीत

    मलाई गाउनु छैन स्वर्णयुगको गीत

  • मुक्तक

    मुक्तक

  • जीवनवृत्त छन्दःझ्याउरे (असारे)

    जीवनवृत्त छन्दःझ्याउरे (असारे)

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख ३० गते बुधबार

    २०८३ साल वैशाख ३० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0