Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८३ जेष्ठ २८, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

मन लाग्दो गर

प्रभातफेरी अनलाइन १७९९ पटक पढिएको प्रकाशित मिति: २०७८ फागुन २४, मंगलबार (४ साल अघि)
मन लाग्दो गर

प्रकाश पाठक “योगी”

सिमा मिचेर पस्यो बैरी घरमा एक्लै देखी
सुरक्षा गरौं म एक्लै कसोरी कविता लेखी
लिम्पियाधुरा, सुस्ता, मेरो भन्छ कालापानि
छिमेकिले हेप्दैछ आज निर्धो दुब्लो ठानी ।।

किन मौनछन् मुखियाहरू देश रुँदा खेरी
लाचार भैँ हेर्छन् बैरीले आमा छुँदा खेरी
लुटी सके अस्तित्व छिमेकि घर घरमा पसि
समाधान खोज्छन् कोही सिंहदरबार बसि ।।

लुटी सके टिस्टा र काँगडा हामी मूक रहँदा
भयो के सोधेनौँ दाजु भाइको रगत बहँदा
मेरो आगन मेरो हो भनेर यहाँ भन्न नपाइने
किन हो मुखियाहरू “उनै” छिमेकी चाहिने ।।

गर्दछन् सम्झौता बैरिसँग आमालाई साट्ने
रच्दछन् षड्यन्त्र आफ्नै दाजु भाइ काट्ने
वंशज विनाश गरेर सबले लुट्नु लुटे देश
लुट्न पाए लुट् ‘बिरे’ दाइ लुट्ने छ परिवेश ।।

को भोको छ को नाङ्गो छ कस्ले पो हेरने
चिन्ता छ मात्रै कसरी सवारी साधन फेरने
हिलो छ बाटो यता उता हिन्न कार्पेट चाहिने
मन लाग्दो गर ‘मैसाप’ ‘लक्ष्मी’ छन् दाहिने ।।

मरे मरोस् जनता यहाँ कसलाई चासो छ र
आऊ छिमेकी तिमी पनि यतै मनलाग्दो गर
सहर बसेर देखिदैन हजुर बाढी अनि पहिरो
द्यौता उस्तै नेता उस्तै चोट मात्र दिने गहिरो ।।

ओत लाग्ने छत छैन न त खानलाई अनाज
अति भयो हाम्रो देशमा गुण्डाहरूको राज
अनेकौं बहाना बनाइ देशको ढुकुटी लुट्छन्
आइ रंगमंचमा उनै मीठा मीठा गफ चुट्छन् ।।

भरतपुर २३ जगतपुर चितवन नेपाल
हाल ः– दोहा कतार

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
साताको कविता सम्बन्धि थप
  • मुक्तक

    मुक्तक

  • मलाई गाउनु छैन स्वर्णयुगको गीत

    मलाई गाउनु छैन स्वर्णयुगको गीत

  • मुक्तक

    मुक्तक

  • जीवनवृत्त छन्दःझ्याउरे (असारे)

    जीवनवृत्त छन्दःझ्याउरे (असारे)

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ २७ गते बुधबार

    २०८३ साल जेठ २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0