logo
२०८३ श्रावण १९, मंगलबार |
📰
🔍

जनता समाजवादी पाटिले गर्यो उम्मेदवार चयन

प्रभातफेरी अनलाइन१४१६ पटक पढिएको | २०७८ चैत्र १९, शनिबार
जनता समाजवादी पाटिले गर्यो उम्मेदवार चयन

काभ्रे / सत्तागठबन्धन भित्रको एउटा शक्ति जनता समाजवादी पार्टीले आसन्न स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार टुङ्ग्याको छ । यत्ता आफुलाइ उदारवादी भनेर नथाक्ने राजनैतिक शक्तिमा उम्मेदवार छनोट चोटिलो बन्दै गएको बेलामा जसपाको यो कदम चर्चा गर्न लायक रहेको स्थानीय युवा स्याम सेवाचार्यको छ ।

जसपाको यो कदमले पार्टी सुदृढीकरणमा अनुकरणीय फड्को पारगर्दैछ भन्ने सन्देश दिएको बताउनु हुन्छ केन्द्रिय सदस्य सबर कुमार प्रजापति ! शनिबार साझ बसेको बैठकले उम्मेदवारि टुङ्ग्याएको नेत्ता प्रजापतिले बताउनु भएको छ । उहाँका अनुसार जिल्लाका १३वटै स्थानीय तह मध्य अधिकांश पालिकामा सर्वसहमत उम्मेदवार चयन भएको उहाँको दाबी छ । बैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई अधिकतम उपयोग गर्ने नीति अनुरुप अगाडि बढ्ने बताउनु हुँदै सत्ता साझेदारी दलहरुको गठबन्धनलाई पहिलो प्राथमिकतामा राख्दै उम्मेदवार चयन गरेको नेता प्रजापतिले बताउनु भएको छ । नेता प्रजापतिका अनुसार आवश्यक परे बनेपा नगरको ७२ सिट मै उम्मेदवार दर्ता गर्ने गरि तयारी रहेको जानकारी दिनु भएको छ । गठबन्धनले आवश्यकता महसुस गरे आफू प्रमुख – उपप्रमुख कुनै पनि पदका लागि तयार रहेको बताउनु भएको छ ।