Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० जेष्ठ २२, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

हरसिद्धि जात्रा अवधिभर मासु, मक्सत र लसुन निषेध हुने

प्रभातफेरी अनलाइन ४८२ पटक पढिएको प्रकाशित मिति: २०७८ चैत्र २२, मंगलबार (१ साल अघि)
हरसिद्धि जात्रा अवधिभर मासु, मक्सत र लसुन निषेध हुने

काभ्रे । हरसिद्धि मूल व्यवस्थापन समितिले यसको पहिचानका बारेमा जानकारी दिने उद्देश्यले आयोजित पत्रकार सम्मेलनमा प्रेसित विज्ञप्तिअनुसार यही चैत्र २८ गतेदेखि वैशाख १ गतेसम्म हरसिद्धि जात्रा पनौतीमा लाग्ने भएको छ ।
प्रत्येक १२ वर्षमा हुनुपर्ने यो जात्रा विशेष कारण ६० वर्षसम्म कुनै गतिविधि हुन नसकी ओझेलमा पर्न पुगेको यो संस्कार, संस्कृतिलाई स्व. विष्णुदास स्याउलाको नेतृत्वमा २०६६ सालमा ल्याई मनाइएको थियो । रोलक्रमअनुसार २०७८ सालभित्र यो पर्व मनाउनुपर्ने संस्कारअनुसार आगामी चैत २८ बाट यो जात्रा लाग्ने भएको छ । विज्ञप्तिमा उल्लेख गरिएअनुसार ललितपुरस्थित विशेष तान्त्रिक विधिबाट चल्दै आएको यो हरसिद्धि देवगणहरुमा २२ जना पात्रहरुको भूमिकामा हुने यो जात्रा हरसद्धि गाउँबाट बाहिर भने १२ वर्षमा एकपटक मात्र लगिने गर्छ । यो जात्रा संचालनार्थ यसका विधि पुरा गर्नका लागि रकम खर्च गनुपर्ने हुन्छ ।
यो जात्रा अरुको जात्राको तुलनामा खर्चालु भएकै कारण निरन्तरता गर्न कठिनाइ भएको पत्रकार सम्मेलनमा आयोजकहरुले जानकारी गराउँदै यसका लागि जनसमुदायमा अनेकौं आग्रह अनुग्रह गरेर रकम उठाउन परेको समेत उल्लेख गरिएको छ । यसपालिको यो जात्रा सञ्चालन गर्ने उद्धेश्यले एक कोष स्थापना गर्ने परिकल्पना गरेर आजिवन सदस्यता वितरण गर्ने अभियानको थालनी भएको छ । जसअनुसार आजिवन सदस्यता बापत रु. २ हजार ७४ शुल्क संकलन गरेर श्री इन्द्रेश्वर बचत तथा अण सहकारी संस्था लि.मा एक विशेष बचत खाता खोलेर कोष स्थापना कार्य यद्यपी चलिरहेको छ । शुरुमा आजिवन सदस्यता शुल्क रु १ सय १ मात्र अभ्यास चलेको थियो पछि चालिसौ सदस्यदेखि रु. २ हजार ८ र संस्थागत सदस्य रु. रु ५ हजार ७८ कायम गरिएको थियो । हालसम्ममा ३ सय २ जनाले व्यक्तिगत आजिवन सदस्यता ग्रहण गर्नु भएको छ भने संस्थागत तर्फ ६ वटा संस्थाले आजिवन सदस्यता ग्रहण गरेका छन् ।
यो जात्रा सहज ढंगले संचालन गर्न सकियोस् भन्ने उद्देश्यले अध्यक्ष सुरेश सैजूको मूल संयोजकत्वमा १६ विभिन्न संयोजकहरु रहेको समिति बनेको छ भने हरेक समितिमा अन्य २ जना सदस्यहरुको व्यवस्था गरिएको छ ।
२०६६ सालमा करिब ५ लाख रुपैयाको लागतमा सम्पन्न गरेको यो जात्रा सम्पन्न गर्न हाल करिव अनुमानित १६ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । आजिवन सदस्यहरुको रकमबाट मात्र खर्च नपुग्ने मनन् गरेर पनौती नगरपालिका वडा नं. ७ वडा समितिको विशेष पहलमा पनौती नगरपालिकाबाट रु १५ लाख अनुदान रकमका लागि वडा कार्यालय र नगरपालिका कार्यालयले सदासयता प्रस्तुत गरी रकम उपलब्ध गराएकोमा मूल आयोजक समिति यसै पत्रकार सम्मेलनमार्फत् सम्बन्धित निकायप्रति आभार व्यक्त गर्दछ भनिएको छ ।
पूजा विधिको बारेमा जानकारी दिँदै २९ गते र ३० गते २ दिन नै हरसिद्धि डबली, पनौती बजारमा नाच प्रर्दशन गरिनेछ । उक्त नाच प्रर्दशन गर्दागर्दै पनि घर घरबाट श्रद्धाले ल्याइएको पुजा ग्रहण गर्ने कार्य पनि चल्दै जानेछ भने बैशाख १ गतेको दिन हरसिद्धि देवघरमा एक चतुर्थी पुजा पश्चात प्रस्थान हुनेछ । विशक्ति हरसिद्धिको पनौतीमा बास रहुन्जेल अन्य बाजा बज्नु बजाउनु हँुदैन भने पूजामा कुखुराको मासु, अण्डा र लसुन मनाही गरिएको सम्पूर्ण श्रद्धालु भक्तजन लगायत सबैमा जानकारी समेत गराएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • एमालेलाई पराजय स्वीकार्न कठिन, कर्मचारीतन्त्रले सहयोग गर्नेमा शंका, चुनौतीका बिचबाट अघि बढ्न सहज छैन

    एमालेलाई पराजय स्वीकार्न कठिन, कर्मचारीतन्त्रले सहयोग गर्नेमा शंका, चुनौतीका बिचबाट अघि बढ्न सहज छैन

  • वडावासीलाई कृषिमा आत्मनिर्भर बनाउनेछौं ः अध्यक्ष दाहाल

    वडावासीलाई कृषिमा आत्मनिर्भर बनाउनेछौं ः अध्यक्ष दाहाल

  • जिल्लामै पहिलो महिला वडा अध्यक्ष बनेपामा

    जिल्लामै पहिलो महिला वडा अध्यक्ष बनेपामा

  • प्रभातफेरी ई-पेपरथप

    २०८० जेठ १७ गते

    २०८० जेठ १७ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    Post Thumbnail

    खानीखोला गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    Post Thumbnail

    यस्तो छ रोशी गाउंपालिकाको नीति तथा कार्यक्रम

    तेमाल गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    तेमाल गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0