रचना मोक्तान यात्री
अहिलेसम्म आएको हुँ
अन्याय र उत्पीडनका
गह्रुंगो पहाडहरू बोक्दै
कहिले दलानमा रोक्दै
कहिले मन्दिरमा रोक्दै
कहिले देवलमा रोक्दै
तर पनि बिसाउन पाईँन
आरामसँग विभेदको भारी
उत्पीडनको भारी ।
नाघ्न सकिन छुवाछूतको पर्खाल
आकाशले थिचे झैं
थिचिरह्यो यो क्रूर व्यवस्थाले
कोलले पिना च्यापे झैँ
च्यापिरह्यो यो कूसँस्कारले
मेरो जातिको लागि
मेरो वर्गको लागि
नचलेका होइनन
आँधी, तूफान र हुन्डरीहरू
नउरालिएका होइनन
विभेदमुक्तिको चर्को नारा
नबगेका होइनन रगतका नदीहरू
अहिले आएर हेर्दा त
वर्णब्यबस्था उस्तै रहेछ ।।
कथित उच्च जातका भनाउँदाहरूले
मनुवादी पूरातन डोरी
हाम्रो घाँटीमा पासो लगाएर
झुण्ड्याईरहेछन अभिजात वर्गको
दलिनहरूमा
के मैले प्रेम गर्नु पाप हो ?
के मैले बिबाह गर्नु पाप हो ?
यसको परिणाम मैले मृत्यु भोग्नु पर्ने ?
यसको परिणाम मैले भेरिमा बग्नु पर्ने ?
मेरो यो अधूरै रहेको
प्रेमको निशानी
चिच्याउँदै गरेको प्रेमालाप
म मरेर गए पनि
म झरेर गए पनि
मेरो आरनमा पग्लीएको
रातो–रातो फलाम झैं
कूसँस्कारको संसारमा
डढेउलो सल्काउन
मेरो हत्याराहरूलाई खरानी पार्न
झन भर्भराउँदो भएर आउनेछ
विभेदका विशाल पर्खालहरू भत्काउन
सुनामी बनेर आउनेछ
म नवराजको आगो जस्तै आत्मा !!
प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित
प्रभातफेरी डट कम
बनेपा नपा-५,राजदास मार्ग
९७५१०२८४५०,९८४१४२८४५०
उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७
जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२
सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
प्रबन्धक : | ईश्वरी राजकुमार मैनाली सम्पर्क: ९८५११६८४५६ |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |