सजना गोले तामाङ
हरेक साँझ
उसले छोएर गएको थ्यो
एउटा मक्किदै गएको ह्र्दय
आज बेस्सरी चल्यो हुरि
साँझ रोएको छ
सुटुक्क बस्छ मेरै नजिक
थकानको एउटा पहाड
बिसाउछ मेरै अघिल्लातिर
र लेख्न बस्छ
काठको मक्किएको टेबुलमाथी
जहाँ आधा भरिएको एक कप
कालो चिया छ
निभाउन बिर्सिएको
सल्किदै गएको ठुटो चुरोट
धुवाँ नाचिरहेको छ
अनुहार च्यातिएको छ पिडाले
आफन्त उसलाई
फिरन्तेको उपमा भिराउछ्न
उसलाई चटारो छ
एउटा महोत्सवको लागि
कविता लेख्नु ।
प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित
प्रभातफेरी डट कम
बनेपा नपा-५,राजदास मार्ग
९७५१०२८४५०,९८४१४२८४५०
उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७
जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२
सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
प्रबन्धक : | ईश्वरी राजकुमार मैनाली सम्पर्क: ९८५११६८४५६ |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |