Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख २०, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पाठक पत्र

झटारो

प्रभातफेरी अनलाइन १०७२ पटक पढिएको प्रकाशित मिति: २०७९ श्रावण १०, मंगलबार (३ साल अघि)
Post Thumbnail

जनवर्गीय संगठनहरुलाई खुल्ला पत्र

श्रीमान् तत् ज्यूहरु
अखिल नेपाल किसान संघ एमाले
अखिल नेपाल किसान संघ मा.के.
किसान संघ नेपाली कांग्रेस
अनेरास्ववियू एमाले
अ.ने.रा.स्व.वि.यु. मा.के.
नेवि संघ नेपाली कांग्रेस
रा.प्र.पा वि. संघ राप्रपा तत्….
संगठन निर्माणका क्रममा तपाईहरु गाउँ, घर, विद्यालय तथा क्याम्पसहरुमा आउँदा आफूमात्र नेपाली जनताको एकमात्र मुक्तिदाता किसानहरुको हकहित, अधिकारका लागि लड्ने हुनाले हाम्रो मन लोभ्याएर संगठनको धोक्रो भर्नुभयो ।
चुनावमा भोट पाएपछि फरार छौ किन ? धान, मकै रोप्ने समयमा मल छैन, बिउ छैन, सिँचाइ छैन, बल्ल बल्ल उत्पादन भयो, उत्पादनको लागत उठ्दैन तर पनि किसानका लागि केही बोल्दैनौ किन ? किसानहरुको हितमा न्यूनत्तम नैतिकता त देखाउ । आफूलाई वामपन्थी हुँ भन्ने हामपन्थीहरुले सरकार चलाउँदा र अरुले चलाउँदा आखिर भिन्नता के त ? चरित्र उही, चाल चलन उही, किन तपाईंहरु पूर्व पञ्चायतका मन्त्री र सरकार जतिको हुन नसकेको ?
के लोकतन्त्र भनेको नेताहरुले मिलिभगत गर्ने लुटतन्त्र मात्रै हो ? माधव नेपाल, प्रचण्ड, शेरबहादुर, ओलि, उपेन्द्र, बाबुराम, कमल थापा र तिनका भजन मण्डलीहरुले लुटेर खाने समय र सत्ता, शक्ति र सम्पत्ति पालैपालो लुट्न कार्य नै लोकतन्त्र हो त ?
चुनावको बेलामा तस्कर, माफिया र व्यापारीहरुसँग नोट लिई जनतालाई झुटको आश्वासन दिएर लिएको भोटको घृणित खेती अब कति दिन चल्ला प्रजातान्त्रिक तथा लालगद्धारहरु हो ? न्यूनत्तम नैतिकता त देखाउ । राजनीतिक पार्टीका पेशागत संगठनहरुलाई पेशागत मर्यादा, आचरण र आन्दोलनका रुपमा नचलाउने हो भने पार्टी संगठन अब प्राईभेट कम्पनीका रुपमा रुपान्तरण गर । जनवर्गीय संगठनका पदाधिकारीहरुलाई कम्पनीको वस्तुगत मेनेजर र शाखा प्रमुख बनाउ, होइन भने राजनीतिक संगठनको न्यूतत्तम आधारभूत सिद्धान्त सिकाउ ।
विगतमा सामान्य मूल्य वृद्धिमा नारा, जुलुस, बन्द, हड्ताल गर्ने, रेलिङ्ग भत्काउने, नेपाल बन्द गर्ने, अखिल र नेवि संघहरु आज कहाँ छन् ? र के कुरामा कमिसन र दलाली गर्दै छन् ? यति धेरै महँगी बढ्दा किन बोल्दैनन् ? आँखा भएर पनि अन्धा, कान भएर पनि बहिरो बनेका यिनै दलाल विद्यार्थीहरु नै भोलिको पार्टीको नेता हुनाले तिमीहरुबाट हामीले अब के आशा गरौं ? अब हाम्रा छोराछोरी तिमीहरुको संगठनमा किन लाग्ने ? जोसँग न्यूनत्तम नैतिकता र इमान्दारिता नै छैन भने ! सबैलाई चेतना भया ।

उही विर्ख बहादुर पुलामी
हाल ः दोहा, कतार

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समसामहिक सम्बन्धि थप
  • विद्यालयमा प्रजातन्त्रको अभ्यास जेष्ठ १५ सम्म

    विद्यालयमा प्रजातन्त्रको अभ्यास जेष्ठ १५ सम्म

  • स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

  • दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

  • Post Thumbnail

    भाषा जोगिनु भनेको इतिहास जोगिनु हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख १६ गते बुधबार

    २०८३ साल वैशाख १६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0