Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ जेष्ठ १, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

दुई कमरेड

प्रभातफेरी अनलाइन ४०० पटक पढिएको प्रकाशित मिति: २०७९ श्रावण १०, मंगलबार (३ साल अघि)
दुई कमरेड

टक गुरुङ

एउटा कमरेड
कपाल
जुँगा र
दाह्रीको चारकोसे झाडी
अनुहारमा उमारेर
मार्क्स जस्तै
हुबहु
दुरूस्तै
ठ्याक्कै
ठ्याम्मै
काटिकुटी
हुलिया बनाएर
अरमानीको सूट
गुचीको चस्मा
रोलेक्स घडी
लुइ भेटोनको जुत्ता लगाएर भन्दैछन्
संसारका मजदूर एक हौं ।
उसले बुझेको छ ।
यी सामान कतै न कतैको मजदुरले बनाएको हो
यी सामान बनाउने मेसिन कुनै न कुनै मजदुरले बनाएको हो
यी सामान बनाउने मेसिन बनाउने औजार कोही न कोही मजदुरले बनाएको हो
र यी सामान बनाउने मेसिन बनाउने औजार पनि मजदूरले नै बनाएको हो
त्यही कमरेडले द्वन्द्वात्मक भौतिकवाद पढेर
जनतालाई शिर्षासन गराईरहेछ
किनकी उसले यो पनि पढेको थियो कि ।
मार्क्स टर्नण्ड हेगेल अप साइड डाउन !
अर्थात
मार्क्सले हेगेललाई टाउकोको बलमा उभ्याए !
अर्को कमरेड
गृहस्थीको डुंगा
जिम्मेवारीको नदीमा डुबेको बेला
उद्दारका लागि
बैंकको क्लाइन्टको सूचिमा पर्न
असफल भए पछि
साहुको संघारमा साष्टाङग गरेर
प्रवासीए पछि
आजै थापेको
महिनावारी ज्याला
हुण्डीबाट घर पठाएर
बुर्ज खलिफाको फेदामा बसेर
दुष्चक्रको चक्रबाट
मुक्ति
आजादी
स्वतन्त्रता
निर्वाण
प्राप्त गर्ने शुत्रको खोजमा
अतिरिक्त मुल्यको सिध्दान्तमा
घत्लिरहेको छ र
सामाजिक संजालको भित्तामा टाँसेको
नेताको ठूलो दरबारलाई
आफ्नो झुप्रो संग दाँजेर
चिन्तन गर्दैछ
गम्भीर आत्मसमिक्षा गर्दैछ
त्यही दास क्यापिटल पढेर
किन आफू
हुँदा खानेबाट हुने खानेमा
रुपान्तरण हुन सकेन
नेपथ्यमा सरकार फलाक्दैछ
फ्रि भिजा फ्रि टिकेट
अबैधानिक ब्रिप्रेषणले देश डुब्न लाग्यो आदि आदि
पर्दा पछाडि अंकल साम
बिप्रेषणको कमिसनले किनेको इष्टकोटमा
मार्क्सले जस्तै दाहिने हात
घुसारेर
नेपोलियन बोनापार्टको जस्तै पोजमा
पोट्रेट खिचाउँदै छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
साताको कविता सम्बन्धि थप
  • मुक्तक

    मुक्तक

  • मलाई गाउनु छैन स्वर्णयुगको गीत

    मलाई गाउनु छैन स्वर्णयुगको गीत

  • मुक्तक

    मुक्तक

  • जीवनवृत्त छन्दःझ्याउरे (असारे)

    जीवनवृत्त छन्दःझ्याउरे (असारे)

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख ३० गते बुधबार

    २०८३ साल वैशाख ३० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0