Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख ३०, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

मनकारी जंगम परिवारको अनुकरणीय कार्य

प्रभातफेरी अनलाइन ४४१ पटक पढिएको प्रकाशित मिति: २०७९ श्रावण १७, मंगलबार (३ साल अघि)
मनकारी जंगम परिवारको अनुकरणीय कार्य

काभ्रे । विगत १७ वर्षदेखि वेपत्ता भएको आफ्नो छोराको पर्खाइमा रहेकी कुशादेबी निवासी ७५ वर्षिया आमालाई १ वर्षको लागि खाद्य समाग्री उपलब्ध हुनेभएको छ ।
पनौती उद्योग वणिज्य संघको उपाध्यक्ष पुनम लामा जंगम उहाँको पति जंगवहादुर जंगम र छोरा पुजन जंगमले शुक्रवार ती वृद्धाआमाको घरमै पुगेर खाद्यान्न उपलब्ध गराउने वचनबद्धता व्यक्त गर्दै अहिलेलाई ३ महिना धान्ने खाद्यान्न दिनुभएको छ ।
जंगम परिवारले आफुलाई चामल, दाल, नुन, तेल, गेडागुडी, पिठो, चिनि लगाएतका खाद्य सामाग्री उपलब्ध गराएपछि पनौती नगरपालिका–३ कुशादेवीकी ७५ वर्षिया आमा मैया सापकोटा निकै खुशी देखिनु हुन्थ्यो ।
वर्षौसम्म पनि छोरा नभेटिए पछि विक्षिप्त भएकी वृद्धा आमा कुशादेवी ३ घिमिरेगाउमा बसिरहनु भएको छ । उहाँले आफ्नो छोरालाई नभेटेको १७ वर्ष भैसक्यो भने विवाह गरेर दिएको एक छोरीको मृत्यु भएको पनि १२ वर्ष पुगिसक्यो। उहाँलाई वुढेसकाल लागेसंगै विभिन्न रोगले च्याप्दै ल्याएको छ । दमको रोगले अझ बढी सताउदै छ । डाक्टरले उहाँलाई पत्थरी पनि भएको बताएको छ ।
यी वृद्ध आमा छोरा हराएको र एक्लै जिवनयापन गर्न समस्या भईरहेको खवर विभिन्न सञ्चार माध्यममा आएपछि आफुलाई सहयोग गर्ने भाव जागेको भन्दै पनौती उद्योग वाणिज्य संघकी उपाध्यक्ष जंगम भन्नुहुन्छ– ‘उहाँलाई आवश्यक सबै रासन अब निरन्तर उपलब्ध गराउन छौं, अहिलेलाई करिब ३ महिनालाई पुग्ने गरि खाद्यान्न उपलब्ध गराएका छौं, भन्दै उहाँले यो सकिने बेला भएपछि पुनः खवर गर्न अनुरोध समेत गर्नु भएको छ ।
स्थानिय महेश थापाका अनुसार एकै पटक एक वर्षलाई गुग्ने गरि रासन दिँदा घुन पुतली लागेर रासन विग्रने अवस्थालाई ध्यानमा राखि ३÷३ महिनालाई पुग्ने गरि जंगम परिवारले राशन ल्याइदिएको बताउनु भएको हो ।
पनौतीका सामाजिक अभियान्ता रामकुमार बस्नेतका अनुसार जंगम परिवारको यो सहयोगले सबैलाई मानवीयताप्रति संवेदनशिल हुन शिक्षा मिलेको भन्दै सबै मिलेर उहाँको छोराको खोजि गर्नु पर्ने बताउनुभयो । जंगम परिवारले यी वद्ध आमालाई औषधि खरिद गर्न केहि रकम समेत दिएका छन् । भोको पेटले खाना खोजिहाल्छ, विहान वेलुकी छाक टार्न चुल्लो बाल्नै पर्यो सकि–नसकि भएपनि एक गिलास पानि तताएर खानै पर्यो । चुल्ला माथि हरेक दिन साझ दियो बाल्दा चहखिलो भएर बल्छ । हरेक दिन साझवत्ति चहकिलो हुदा यी बुढी आमालाई वेपत्ता भएको छोरा एकदिन आमा भन्दै आउने आशा जाग्छ । आफ्नो छोरा भेट्ने अन्तिम इच्छा राखेर बाचेको बताउने आमा मैया भन्नुहुन्छ– “भगवानले मेरो इच्छा पुरा गरिदिने छन् ।”
पनौती–३ कुशादेवी बाझचौर बस्ने मैया सापकोटाका श्रीमान विष्णुप्रसाद सापकोटाको मृत्यु भएको पनि २० वर्ष भयो । केहि वर्ष बनेपामा बसोबास गर्नुभएको मैयाको छोरा हरिप्रसाद सापकोटा २०३५ सालमा जन्मेका थिए । पिताको मृत्युपछि काजकिरिया गरेका छोरा हरिप्रसाद दुईतीन वर्ष कर्मकाण्ड पनि गरेको बताउदै मैया भन्नुहुन्छ– ‘त्यसपछि हेटौडामा काम गर्न जान्छु भनेर गएको छोरा अहिले सम्म फर्केको छैन ।’ ‘यहि पुसका २० गते छोरा हिँडेको १७ वर्ष पुग्छ’ गहभरी आँशु झार्दै यी वुढीआमा भन्नुहुन्छ– छोरा आउछ भन्ने आशाले कत्ति दुःख गरेर बाँचिरहेको छु ।
माइतीको सहयोगमा कुशादेवी ३ घिमिरे गाउँमा १ रोपनी २ आना भित्रको जग्गामा छाप्रो बनाएर बसिरहनु भएको वुढी आमा मैया सापकोटालाई भेट्न सञ्चारकर्मीहरु पुग्दा ढिडो पकाउन पानी उमाल्नको लागि आगो फुक्दै हुनुहुन्थ्यो । ‘बाबु बिरामी छु, अस्पताल जान सक्दिनँ, छोरासंगै भएको भए अस्पतालमा जचाउन लैजान्थ्यो होला भावुक हुदै उहाँले भन्नुभयो– मेरो दुःख बुझ्ने एउटा छोरी थिई, त्यसलाई पनि दैवले प्यारो सम्झियो, ग्यास पड्केर मृत्यु भयो, भकानिँदै सुनाउनु भयो ।
उहाँको छोरी अनिताको १२ वर्ष अघि बनेपा कोठाको भान्सामा ग्यास पड्किँदा मृत्यु भएको थियो । आमाको छोराको खोजिको लागि सञ्चारकर्मीहरुलाई आग्रह गर्दै उहाँको जिवन यापनको लागि सक्दो सहयोग गर्ने बताउनुहुन्छ सामाजिक अभियन्ता महेश थापा ! छोरा हरिप्रसाद सापकोटा आउने आशामा एक्लै बाँचिरहुनु भएकी यी वृद्धा आमाको दैनिकी सहज बनाउन सकेसम्म सबैले सहयोग गरौं भन्दै थापाले आफ्नो तर्फबाट निरन्तर सहयोग गरिरहने बताउनुभयो ।
“आफै खेति किसानी गर्न सक्नुहुन्न । भएको जग्गाको उब्जनीले खान पुग्दैन । विरामी भएको कारण सरकारले उपलब्ध गराउने वृद्धभत्ता लिन जान समेत धौ धौ हुने यी आमालाई दैनिक चाहिने खाद्यान्न र पानी ल्याउन पनि समस्या छ ।”
आमाको एउटै घिड्को छ –‘छोरा आइदिए हुन्थ्यो, हरेक दिन साँझ बत्ति बाल्छु, उज्यालो देखिन्छ’ ति वृद्ध आमा भन्नुहुन्छ– अनि म विन्ति गर्दै भन्छु मेरो छोरा आइदियोस् भगवान !

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
पनौती सम्बन्धि थप
  • लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

  • सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

  • जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

  • नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख ३० गते बुधबार

    २०८३ साल वैशाख ३० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0