माधव खतिवडा
पोखरा
हामीलाई माफ गर
तिम्रा जस्तै
हाम्रा तस्बिरका पछिल्ला लहरमा
कहिल्यै, बिदेशका समुन्द्र
गगनचुम्बि भवनहरूका दृष्य छैनन् ।
त के हामी नेपाली रहेनौँ, हामी नेपाली भएनौँ ?
हामी सन्तान हौँ, ति वीर सपुतका
हामीले पितापुर्खाका इतिहास त्याग्नु हुन्न ।
अझै सङ्घर्ष गर्नुपर्छ अझै आफ्नै माटो छ,
पसिना चुहाउनु पर्छ आफ्नै बारिको पाटो छ ।
हार मानेर नामर्द भई देश छोड्नु पर्छ र,
गरिब हुँदैमा ।
अरुका भुलभुलैयामा, जादु टुनामा
कसरी सक्छौ हे
यी मनभित्रबाट त्यो देश प्रेम पखाल्न ।
सक्छौ राख,
तस्बिरका पछिल्ला लहरमा
माछापुच्छ्रे, सगरमाथा राख
मेची कोसि कर्णाली राख
सक्दैनौ मर
देशभक्ति मारेर जिवित सार हुन्न !
छोड्देउ ति सब र आउ
माथिल्लो भञ्ज्याङको चौतारीमा बसेर
हिमाल पहाड तराई सर्लक्कै आउने गरी
तिमी हामी सबै अट्ने
एउटा बिशाल तस्बिर खिचौँ
मनको क्यानभासमा राख्न
केलाइ राख्छौ अरुका गगनचुम्बि भवन,
आफ्नै बा आमाले कुँदेका
खरका छाप्रामै स्वर्ग छ ।
आउ
आँगनको डिलमा बसेर
हिमाल, पहाड, तराई सबै देखिने
भित्रि मनले तस्बिर खिचौँ ।
सधैँसधैँ राख्न
तस्बिरका अन्तिम लहरमा
प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित
प्रभातफेरी डट कम
बनेपा नपा-५,राजदास मार्ग
९७५१०२८४५०,९८४१४२८४५०
उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७
जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२
सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
प्रबन्धक : | ईश्वरी राजकुमार मैनाली सम्पर्क: ९८५११६८४५६ |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |