Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०७९ चैत्र १६, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

म गोरू

प्रभातफेरी अनलाइन ५५५ पटक पढिएको प्रकाशित मिति: २०७९ श्रावण ३१, मंगलबार (७ महिना अघि)
म गोरू

भरत आचार्य
पोखरा

हजुर म गोरू
मेरो यो तेश्रो पहिचान हो
जन्मँदा म गोरू थिइनँ
प्यारो बाच्छो थिएँ
आमाले असाध्यै माया गर्थिन्
लपलपी चाट्थिन्
कहिले काहीँ
मेरो कलिलो घाँस तानेर खाए तापनि
बद्लामा मालिकको आँखा छलेर दूध ख्वाउँथिन्
आमाको कचौंडो झोल्लिन्जेल
निर्विवाद खाइ रहें
मालिक पनि निकै दयालु
पिँडा घाँस खोले
रुचिन्जेल दिन्थे
बेलाबेलामा मुसार्थे
खास गरि मेरो गर्दन जुरो फिला
मालिकलाई निकै प्यारो लागेको देख्दा
म आफैलाई भाग्यमानी ठान्थें
बदलामा मालिकलाई चाटी दिन्थें पनि
मालिक्नी मेरो नजिक पर्न डराउँथिन्
मेरा दिन सुखका साथ कटिरहेका थिए

एक दिनको कुरा हो
मालिकको घर नौला नौला
भुसतिंग्रेहरू आएका थिए
आँगनमा चिया पिउँदै
बहर त स्वादे बनाउनु भएछ
सुमर्ने ठिक्क बेला भएको छ
भनेर यस्तै यस्तै सल्लाह चल्दै थियो
उनीहरूको सम्वाद सुनेर
आमा बर्बरी आँसु झारी रहेकी थिइन्
घाँस खान छोडेर मलाई लप्लपी चाटिन्
मैले कुरो बुझी रहेको थिइनँ
म भने आमाको घाँस तान्दै खाइरहेको थिएँ
मेरो बाच्छोबाट बहरमा परिचय फेरिएको
पत्तै भएन
सायद सुखका दिन हेक्का नै नहुने भएर होला ।
अर्को दिन
त्यसै गरि मालिकको घरमा भुसतिंग्रेहरू जम्मा भए
आमाको मुख उज्यालो थिएन
आसुँ बर्बरी झारी रहेकै थिइन
मेरा गर्दन पिठ्यूँमा चाटी रहन्थिन्

मालिक आएर
मेरो किलाको दाम्लो खोलेर
अर्को बलियो दाम्लो घाँटीमा लाए
आमा बाँ ! बाँ !! गरेरे डाँकै छोडेर
रुन थालिन्
भुसतिंग्रेहरू बलियो दाम्लो डोरो
गाँठा पार्दै थिए ।
मालिकले हरियो घाँस देखाउँदै डो¥याए
भुसतिंग्रेहरू पछि पछि ।
पर गह्रामा
मलाई बाँध्ने अस्थायी ठाउँ बनाइएको रहेछ
बल्ल मलाई केही अनिष्ट हुँदै छ
भन्ने शंका लाग्यो
निकै बल गरें
तर, भुसतिंग्रेहरू म भन्दा बलिया थिए
कराएँ उफ्रें थाकें
उता आमा गोठमा बाँ ! बाँ कराई रहेकै थिइन्
म बेहोस् भएँ

जब म होसमा आएँ
मेरो पुरुषत्व गुमी सकेको थियो
मेरा सुखका दिन गुमी सकेका थिए
मेरो परिचय फेरि सकेको थियो
यसरी म गोरु बनेको हुँ
र
जोतिई रहेछु
जोतिई रहेछु
बस् !

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
८%१%१%२%
प्रतिक्रिया दिनुहोस
साताको कविता सम्बन्धि थप
  • टुक्का कविता

    टुक्का कविता

  • अर्थान्तर

    अर्थान्तर

  • होली विशेष

    होली विशेष

  • हाम्रो तेमाल

    हाम्रो तेमाल

  • प्रभातफेरी ई-पेपरथप

    २०७९ चैत ८ गते

    २०७९ चैत ८ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    भयानक बमबाडिङ भएको ठोकर्पालाई सम्झँदा !

    भयानक बमबाडिङ भएको ठोकर्पालाई सम्झँदा !

    मुक्तक

    मुक्तक

    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    प्रबन्धक : ईश्वरी राजकुमार मैनाली
    सम्पर्क: ९८५११६८४५६
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0