Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०७९ चैत्र १८, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

मन

प्रभातफेरी अनलाइन ८८ पटक पढिएको प्रकाशित मिति: २०७९ आश्विन ५, बुधबार (६ महिना अघि)
मन

राम योन्जन “गाउँले”

मन; दुख्छ नै–
मनको संरचना भनेकै दुखाइ हो ।

हिँडेछु–
अँध्यारोको फेर समातेर अन्जान बाटो
फूल चढाउनु जाँदा चिथोरेर
आफैले स्वीकारेको मन्दिरले दुखायो ।

काँढालाई फूल देख्नु
फूललाई काँढा देख्नु– ईश्वरको पक्षपात हो ।

घर मेरो थिएन
बस्न खोज्नु भूल हो मेरो
म आफ्नै पसिनाको बहावमा आँसु बोकेर बारबार बगेको छु ।

बिना अनुमति सायद
प्रेमको माला उनेर गीत लेखेँ तिम्रो नाउमा
र सम्झिएछु
तिम्रो दिलको आँगन मेरो निजि संसार जीवन झैं ।

आज पहिलोपटक हो फूलसँग दुखेको
र अन्तिमपटक हुने छ तिमीसँग दुखेको ।

कुनै बेला आकाश खोज्दा म आफैं हराएको थिएँ
फेरि लोभी आँखाले आकाश खोज्नु मेरै गल्ती थियो ।

सौन्दर्य खोजिहिँड्ने मन
फर्किएर आउँदा दुखेरै आउँदोरहेछ ।

सुन्दरता भन्ने त हिलोमा पनि हुन्छ

सुगन्ध लिन जाने गन्धहरूमा पनि पाइन्छ ।
आज म
मन निकालेर ढुंगामा राखेर पनि दुखेँ
सीमा पार भएको भरोसासँग दुखेँ
बिना मौसमी खहरे झैँ उर्लिएको आफ्नै प्रेमसँग दुखेँ ।

आज देखि म हिँड्दिन तिम्रो मुटुको बाटो
गएँ म धेरै टाढा–
अब फर्किंदिनँ कहिल्यै तिम्रो अनुहारको बाटो
तिम्रो समयसँग म कहिल्यै भेट गर्दिनँ ।

म सम्झिन्न कहिल्यै अब तिम्रो ओठको इन्द्रेणी गुलाव
दुख्नु भन्दा त्याग्नुपर्छ तिम्रो झिसमिसे परेली ।

किन कि
अब म यति दुखेर फेरि कहिले दुख्दिनँ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
साताको कविता सम्बन्धि थप
  • टुक्का कविता

    टुक्का कविता

  • अर्थान्तर

    अर्थान्तर

  • होली विशेष

    होली विशेष

  • हाम्रो तेमाल

    हाम्रो तेमाल

  • प्रभातफेरी ई-पेपरथप

    २०७९ चैत ८ गते

    २०७९ चैत ८ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    भयानक बमबाडिङ भएको ठोकर्पालाई सम्झँदा !

    भयानक बमबाडिङ भएको ठोकर्पालाई सम्झँदा !

    मुक्तक

    मुक्तक

    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    प्रबन्धक : ईश्वरी राजकुमार मैनाली
    सम्पर्क: ९८५११६८४५६
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0