Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ जेष्ठ १, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

मन

प्रभातफेरी अनलाइन ४६३ पटक पढिएको प्रकाशित मिति: २०७९ आश्विन ५, बुधबार (३ साल अघि)
मन

राम योन्जन “गाउँले”

मन; दुख्छ नै–
मनको संरचना भनेकै दुखाइ हो ।

हिँडेछु–
अँध्यारोको फेर समातेर अन्जान बाटो
फूल चढाउनु जाँदा चिथोरेर
आफैले स्वीकारेको मन्दिरले दुखायो ।

काँढालाई फूल देख्नु
फूललाई काँढा देख्नु– ईश्वरको पक्षपात हो ।

घर मेरो थिएन
बस्न खोज्नु भूल हो मेरो
म आफ्नै पसिनाको बहावमा आँसु बोकेर बारबार बगेको छु ।

बिना अनुमति सायद
प्रेमको माला उनेर गीत लेखेँ तिम्रो नाउमा
र सम्झिएछु
तिम्रो दिलको आँगन मेरो निजि संसार जीवन झैं ।

आज पहिलोपटक हो फूलसँग दुखेको
र अन्तिमपटक हुने छ तिमीसँग दुखेको ।

कुनै बेला आकाश खोज्दा म आफैं हराएको थिएँ
फेरि लोभी आँखाले आकाश खोज्नु मेरै गल्ती थियो ।

सौन्दर्य खोजिहिँड्ने मन
फर्किएर आउँदा दुखेरै आउँदोरहेछ ।

सुन्दरता भन्ने त हिलोमा पनि हुन्छ

सुगन्ध लिन जाने गन्धहरूमा पनि पाइन्छ ।
आज म
मन निकालेर ढुंगामा राखेर पनि दुखेँ
सीमा पार भएको भरोसासँग दुखेँ
बिना मौसमी खहरे झैँ उर्लिएको आफ्नै प्रेमसँग दुखेँ ।

आज देखि म हिँड्दिन तिम्रो मुटुको बाटो
गएँ म धेरै टाढा–
अब फर्किंदिनँ कहिल्यै तिम्रो अनुहारको बाटो
तिम्रो समयसँग म कहिल्यै भेट गर्दिनँ ।

म सम्झिन्न कहिल्यै अब तिम्रो ओठको इन्द्रेणी गुलाव
दुख्नु भन्दा त्याग्नुपर्छ तिम्रो झिसमिसे परेली ।

किन कि
अब म यति दुखेर फेरि कहिले दुख्दिनँ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
साताको कविता सम्बन्धि थप
  • मुक्तक

    मुक्तक

  • मलाई गाउनु छैन स्वर्णयुगको गीत

    मलाई गाउनु छैन स्वर्णयुगको गीत

  • मुक्तक

    मुक्तक

  • जीवनवृत्त छन्दःझ्याउरे (असारे)

    जीवनवृत्त छन्दःझ्याउरे (असारे)

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख ३० गते बुधबार

    २०८३ साल वैशाख ३० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0