Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०७९ चैत्र १३, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

वित्तीय साक्षरताप्रति गृहिणीको चासो

प्रभातफेरी अनलाइन २१६ पटक पढिएको प्रकाशित मिति: २०७९ कार्तिक १, मंगलबार (५ महिना अघि)
वित्तीय साक्षरताप्रति गृहिणीको चासो

काभ्रे । वित्तीय सेवामा किसानहरुको पहुँच र प्रयोग बढाउने उद्देश्यले कृषि विकास बैंकले जिल्लाका विभिन्न स्थानमा वित्तीय शिक्षा तथा व्यवसाय साक्षरता कार्यक्रम अगाडि बढाएको छ ।
विशेष किसानहरु लक्षित यस कार्यक्रममा जिल्लाका पाँचखाल, धुलिखेल, पनौती, नाला क्षेत्रका किसानहरुलाई वित्तीय साक्षरताले सुसूचित गराएको पाइन्छ । जसको कारण कृषकहरुको व्यवसायिक पहुँच वृद्धिमा आकर्षण बढेको छ । वित्तीय साक्षरता कक्षामा सहभागीहरुको एउटै आवाज छ, पहिल्यै आउनुपर्ने कार्यक्रम ढिलो गरी आयो तर पनि अत्यन्तै खुशी छौं । उमेरले ३ बिस सेरोफेरो पुग्नै लाग्दा कक्षाकोठामा बसेर आफ्नो दैनिकीसँग मेल खाने विषयवस्तुका बारेमा ज्ञान लिन पाउँदा एकपटक फेरि किशोरावस्थामा मै पुगेजस्तो अनुभूति मिलेको बताउनुहुन्छ प्रशिक्षार्थी किसान रमेश बस्नेत । यो उमेरमा आएर यस किसिमको शिक्षा लिन पाएकोमा कृषि विकास बैंकप्रति आभार व्यक्त गर्ने शब्द पनि नभएको बताउनुहुँदै अत्यन्तै राम्रो र दूरगामी प्रभाव छोड्ने कार्यक्रम भएको बस्नेतको टिप्पणी छ । समग्रमा सबै प्रशिक्षार्थीहरुमा एक किसिमको उर्जा अनुहारमा देखिन्थ्यो । घरधन्दा छोडेर बिहानै स्कूल आउने गरेका छौं, यसले राम्रै परिणाम प्राप्त गर्नेमा हामी एकमत रहेको एकै स्वरमा भन्न पछि पर्नु भएन सहभागीहरु ।
आइएफएडि को आर्थिक साझेदारीमा आरपिएसएफ–एपिआइए परियोजना अन्तर्गत कृषि विकास बैंकले यो कार्यक्रमलाई विगत वर्षदेखि नै अगाडि बढाउँदै आएको बि टु बि कार्यक्रम संयोजक सुदीप अधिकारी बताउनुहुन्छ । कृषि विकास बैंकले किसानहरुलाई अब्बल बनाउने मुख्य उद्देश्यका साथ वित्तीय शिक्षा तथा व्यवसायिक साक्षरता कार्यक्रम अगाडि बढाएको छ । जसको निरन्तरता काभे्र जिल्लाका केही शाखाहरुले गर्नुभएको छ । बागमती प्रदेशका १३ वटा जिल्लामध्ये ८ जिल्लामा यस किसिमको कार्यक्रम सुरु गरिएको छ । यसैको निन्तरता काभ्रे जिल्लाले गरेको छ । यसबाट किसानहरुमा एक किसिमको आत्म सन्तुष्टिसँगै आफ्नो व्यवसायको सुरक्षा समेत प्राप्त गरेका छन् । उत्पादन र बजारका लागि किसानहरुले चिन्ता जाहेर गर्नुपर्ने अवस्थाबाट मुक्त हुनुहुनेछ । जसका लागि कृषि विकास बैंकले किसान एप र किसान क्रेडिट कार्डको व्यवस्था गरेको छ । जसको माध्यमबाट कृषकको व्यवसायिक पहुँचमा उल्लेख्य वृद्धि हुँदै आएको महसुस कृषि विकास बैंकले गरेको छ भन्नुहुन्छ अधिकारी ।
जसले गर्दा पनि यस किसिमका कार्यक्रमहरु निरन्तर अगाडि लैजाने जानकारी समेत संयोजक अधिकारीले गराउनुभएको छ । अधिकारीका अनुसार एउटा समूहमा २५ जनाका दरले कृषकहरुको सहभागिता रहनेछ । विशेष आपूर्ति श्रृंखलामा संलग्न साना सीमान्तकृत कृषकहरु, संकलक तथा प्रशोधनकर्ता, उद्यमीहरु कम्तीमा ६० प्रतिशत महिलाहरु र ३० प्रतिशत युवा एवं दलित, जनजाति लगायत पिछडिएका वर्गलाई लक्षित गरेर यो कार्यक्रम समुदायमा लगिएको बताउनुभएको छ ।
काभ्रे जिल्लामा यो कार्यक्रमबाट झण्डै ५ सयको हाराहारीमा किसानहरु लाभान्वित हुने तथ्यांकले देखाएको अधिकारीले बताउनुभएको छ । उक्त कार्यक्रमसँगै यस परियोजनाले जिल्लाका उत्पादक र व्यापारी, व्यापारी र सेवा प्रदायक, संस्थाबिच व्यवसायिक वृद्धि सम्बन्धी अन्तरक्रिया लगायतका कार्यक्रमहरु पनि अगाडि बढाएको छ । यस्ता किसिमका कार्यक्रमले किसानहरुलाई कृषि डिजिटल प्रणालीका बारेमा समेत ज्ञान प्राप्त हुनेछ । जसबाट आफ्नो उत्पादनलाई सबल, सक्षम बनाउनका लागि स्वयं किसानहरु दक्ष हुनेछन् ।
उक्त वित्तीय साक्षरता कक्षामा भेट हुनुभएका प्रशिक्षक नविना दाहालको कथन छ– किसानहरुका लागि अत्यन्तै लाभदायिक कार्यक्रमभित्र पर्छ । समय अनुसार राज्यले किसानहरुका लागि अनुकरणीय कार्य ल्याएको आफूले पाएको बताउनुहुँदै यस कक्षामा सहभागिताका लागि प्रतिस्पर्धा नै भएको छ । कक्षाकोठामा एक पटक प्रवेश गरेको प्रशिक्षार्थीले कक्षा छोड्ने भन्ने सवालै देखिएको छैन । यो आकर्षणले बैंकको लगानी सुनिश्चित र सही ठाउँमा प्रयोग भएको महसुस मैले गरेको छु । यस किसिमका कार्यक्रमले किसानहरुलाई वित्तीय ज्ञानसँगै कृषि उत्पादनका लागि खेल्नुपर्ने भुमिका जिम्मेवारी र दायित्व समेत प्रष्ट्याउने भएकोले पनि कृषि पेशामै जीवन खोज्नेहरुले यो कक्षा नछोड्ने संकेत आफूले पाएको प्रशिक्षक दाहालको कथन छ । प्रशिक्षक दाहालका अनुसार सहभागी किसानहरुका लागि दैनिक ७० रुपैयाँ खाजा भत्ता छ भने हामी प्रशिक्षकका लागि दैनिक ६ सय रुपैयाँ श्रमको मूल्य दिएको छ । २२ दिनसम्म चल्ने यो कक्षामा सम्पूर्ण सहभागीहरुमा उर्जा पाएको प्रशिक्षक दाहालेको अनुभव छ ।
सोही कक्षामा भेटिएका पशुपालक कृषक दिनेश बजगाईं बताउँछन्– कृषि विकास बैंकले जुन कार्यक्रम ल्याएको छ, यो अत्यन्तै अनुकरणीय छ । यो तालिमपश्चात् किसानहरुले आफ्नो कृषि पेशालाई अझै मजबुत र व्यवसायिकरण गर्नसक्ने सन्देश दिएको छ । काभ्रेका विभिन्न स्थानहरुमा सञ्चालन भएको यस किसिमको कक्षाले किसानहरुलाई आकर्षित गरेको छ । जब तालिम पश्चात् प्राप्त हुने किसान एप र किसान क्रेडिट कार्ड त किसानको लागि सञ्जीवनी बुटि नै हुन् । बिना झन्झट देवनागरिक लिपीमा प्रष्ट रुपमा आउने सन्देश र समाधानहरुले एउटा दक्ष जनशक्तिको अभाव पूरा गरिदिएको छ । यो तालिम प्राप्त किसानहरु यो पेशामा आफैं दक्ष जनशक्तिका रुपमा स्थापित हुनेछन् । त्यसैले पनि यस किसिमका कार्यक्रममा किसानहरुको चासो बढेको बताउँछन् मल्टी भैंसी फर्मका सञ्चालक कृषक बजगाईं ।
कृषक बजगाईंका अनुसार अहिले यो कार्यक्रम पनौती नगरपालिका अन्तर्गत पनौती–४, ठाडोबाटोका ५० जना किसान २ ग्रुपमा सहभागिता जनाइरहेका छन् भने कुशादेवीमा २५ जना १ ग्रुप र सामुदायिक आमा समूहमा २५ जनाले सहभागिता जनाइरहेका छन् । सहभागी किसानहरुले आफ्ना साथीसंगतीलाई जानकारी गराएपश्चात् कार्यक्रमको माग बढेको छ ।
यसतर्फ सम्बन्धित निकायले ध्यान पु¥याउनेछ भन्ने विश्वास हामी किसानको रहेको बजगाईंले बताउनुभएको छ । यस अघि नै काभ्रेका विभिन्न क्षेत्रमा वित्तीय साक्षरता कक्षा सञ्चालन भईसकेको जानकारी समेत गराइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%
प्रतिक्रिया दिनुहोस
पनौती सम्बन्धि थप
  • गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

    गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

  • नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

    नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

  • सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

    सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

  • पनौती नगरको नगर सभा सम्पन्न, नगरको बिकासको लागि सभासद्हरूको चासो

    पनौती नगरको नगर सभा सम्पन्न, नगरको बिकासको लागि सभासद्हरूको चासो

  • प्रभातफेरी ई-पेपरथप

    २०७९ चैत ८ गते

    २०७९ चैत ८ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    अर्थान्तर

    अर्थान्तर

    मुक्तक

    मुक्तक

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    प्रबन्धक : ईश्वरी राजकुमार मैनाली
    सम्पर्क: ९८५११६८४५६
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0